
चौथो विश्वकप (२४ जुनदेखि १६ जुलाई, सन् १९५०, ब्राजिल)
तीन महादेशका १२ टिमको सहभागिता
विजेता :– उरुग्वे
काठमाडौं । विश्वकपको इतिहास पल्टाएर हेर्दा सन् १९४२ र १९४६ मा हुनुपर्ने विश्वकप दोस्रो विश्वयुद्धका कारण हुन सकेन ।
सन् १९५० मा भएको विश्वकप दोस्रो विश्वयुद्धपछिको यो पहिलो विश्वकप थियो । जुन ब्राजिलले आयोजना गरेको थियो ।
ब्राजिल त्यो देश थियो जुन विश्वयुद्धबाट बढी प्रभावित युरोपभन्दा धेरै टाढा पर्थ्यो । विश्वयुद्धका कारण जर्मनी र जापानलाई यस विश्वकपमा प्रतिबन्ध लगाइएको थियो ।
त्यस्तै राजनीतिक कारणले गर्दा सोभियत युनियन, हंगेरी र चेकोस्लोभाकिया पनि विश्वकपमा सहभागी भएन । ब्राजिल फुटबल संघसँगको मतभेदका कारण अर्जेन्टिनाले पनि छनोट प्रतियोगिता खेलेन ।
त्यस्तै फ्रान्स र भारत दुबैले ‘ड्र’ भइसकेपछि विश्वकपमा सहभागिता जनाएन । त्यसअघि टर्की र स्कटल्यान्डले पनि प्रतियोगितामा सहभागिता जनाएन ।
यतिबेलासम्म इङ्ल्यान्ड फिफाको सदस्य भइसकेको थियो । र, पहिलोपटक विश्वकप खेल्यो ।
अन्ततः तीन महादेशका १२ राष्ट्रले यस विश्वकपमा प्रतिस्पर्धा गरेका थिए । दक्षिण अमेरिका र युरोपबाट समान ५ टिम थिए भने उत्तर अमेरिका दुई टिमले प्रतिस्पर्धा गरेका थिए ।
यस प्रतियोगितामा पुनः समूह विभाजन गरेर लिगकम नकआउट प्रणालीमा खेलाइएको थियो । कूल २२ खेल भएको प्रतियोगितामा उरुग्वेले ब्राजिललाई २–१ ले हराउँदै उपाधि जित्न सफल भयो ।
उरुग्वेले दोस्रोपटक उपाधि उचाल्यो । फाइनलमा उरुग्वेका सियफिनो भिलानो र घिज्जा पेरेराले गोल गरेका थिए ।
ब्राजिलका अल्बिनो फ्रिएकाले गोल गरेका थिए । उरुग्वे र ब्राजिलबीचको फाइनल हेर्नका लागि २ लाख समर्थक उपस्थित भएको बताइन्छ ।
तथापी आधिकारिक रुपमा एकलाख ७३ हजार ८५० समर्थक रंगशालामा उपस्थित थिए । स्वीडेनले स्पेनलाई ३–१ ले हराउँदै तेस्रो स्थान हासिल गर्यो ।
कुल ८८ गोल भएको विश्वकपमा ब्राजिलका एडेमिर मार्क्योस सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने । उनले ९ गोल गरेका थिए ।