site stats
ब्राजिलले लगातार दोस्रो उपाधि जितेको त्यो विश्वकप
ब्राजिलले लगातार दोस्रो उपाधि जितेको त्यो विश्वकप

सातौं विश्वकप (३० मे देखि १७ जुन १९६२, चिली)

तीन महादेशका १६ टिमको सहभागिता 

विजेता : ब्राजिल

 

 

काठमाडौं । अघिल्लोपटक नै बनाइएको एउटै महादेशले लगातार विश्वकप आयोजना गर्न नपाउने नियमका कारण यसपटक विश्वकप यरोपभन्दा बाहिर जाने पक्का थियो । 

युरोपमा नहुँदा अमेरिकी महाद्वीपका राष्ट्र स्वाभाविक रुपमा आयोजकका दाबेदार थिए । 

 

अर्जेन्टिनाले पहिलेदेखि दाबी गरेका कारण उसको सम्भावना थियो । तर, चिली अप्रत्यासित रुपमा अर्जेन्टिनालाई पछि पार्दै विश्वकपको आयोजनाको अधिकार प्राप्त गर्यो । 

अफ्रिका र एसियाका देशहरू छनोट प्रतियोगितामा सहभागी भए पनि युरोप र अमेरिकी महाद्वीपका राष्ट्रमात्र विश्वकपमा छनोट भए । 

चिली आयोजक र ब्राजिल विजेताकोे हैसियतमा स्वतः विश्वकपमा छनोट भए । 

बाँकी १४ मध्ये आठ युरोप, तीन दक्षिण अमेरिका, तीन स्थान अफ्रिका, एसिया, उत्तर अमेरिका तथा मध्य अमेरिका र क्यारेवियन राष्ट्रका लागि छुट्टयाइएको थियो । 

अन्त्यमा युरोपबाट १०, दक्षिण अमेरिकाबाट पाँच, उत्तर अमेरिकाबाट एक राष्ट्र छनोट भएर आए । बुल्गेरिया र कोलम्बियाको पहिलोपटक विश्वकपमा स्थान पक्का गरे ।

यसपटक समूह चरणमा दुई टिमको अंक बराबरी भए गोलअन्तरको आधारमा निर्णय हुने भएको थियो । 

कम गोल खाने टिम अगाडि जान्थ्यो । जसले गर्दा रक्षात्मक रणनीतिले प्रधानता पाएको थियो ।  अघिल्लो विश्वकपबाट उदाएका पेले घाइते भए पनि ब्राजिल उपाधि रक्षा गर्न सफल भयो । 

पेले बेन्चमा ब्रालिका गारिन्चा चम्किए । साथै यस विश्वकपमा फ्रांक पुस्कास पनि उदाए ।  तर, पुस्कासले स्पेनबाट खेलेका थिए । तर, उनले राष्ट्रियता परिवर्तन गरेर हंगेरीबाट खेले । पुस्कास हंगेरीमै जन्मिएका थिए । 

पेले समूह चरणको दोस्रो खेल चेकोस्लोभाकियाविरुद्ध खेल्दा घाइते भएका थिए ।  उक्त खेलमा ब्राजिलले गोलरहित बराबरी खेलेको थियो । 

1962 World Cup1668507674.jpg

समूहविजेता बन्दै क्वार्टरफाइनलमा स्थान बनाएको ब्राजिलले फाइनलमा चेकोस्लोभाकियालाई नै ३–१ ले हराउँदै उपाधि रक्षा गरेको थियो । 

इटाली र चिलीबीचको खेल तनावपूर्ण बन्यो । जुन अझै पनि विश्व फुटबलमा ‘ला बाटला दी सान्टियागो’ काण्डले चर्चित छ । 

इटालीका दुई खेलाडी मारियो डेबिड र जर्जियो फेरिनीले रातो कार्डको सामना गरेका थिए । 

डेबिडले रातो कार्डको सामना गरेपछि पनि मैदान छाड्न नमानेपछि पुलिस आएर उनलाई बाहिर ल्याउनु परेको थियो । 
अन्ततः चिलीले उक्त खेल २–० ले जितेको थियो ।  प्रतियोगितामा कुल ३२ खेल भए । जसमा ८९ गोल भएको थियो । 
चिलीले युगोस्लाभियालाई १–० ले हराउँदै तेस्रो स्थान हालिस गर्यो । 

प्रतियोगितामा ६ खेलाडीले समान चार गोल गरे । जसमा ब्राजिलका माने गरिन्चा, भाभा, चिलीका लियोनल सान्चेज हंगरीका फ्लोरियन अल्बर्ट, सोभियत युनियनका भ्यालेन्टिन इभानोभ र युगोस्लाभियाका ड्राजन जर्कोभिच थिए । 

प्रकाशित मिति:बुधबार, कात्तिक ३०, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल