site stats
छनोट प्रतियोगिता खेलाइएको पहिलो विश्वकप
छनोट प्रतियोगिता खेलाइएको पहिलो विश्वकप

 दोस्रो विश्वकप (सन् १९३४ मे २७– जुन १०, इटाली)

चार महादेशका १६ टिम छनोट

विजेता :– इटाली 

काठमाडौं । दोस्रो विश्वकप इटालीले आयोजना गरेको थियो । 

लामो समयको छलफलपछि अन्ततः फिफा कार्यसमितिले ९ अक्टोबर १९३२ मा इटालीलाई आयोजना गर्न दिने निर्णय गरेको थियो । 

र, यस विश्वकपमा छनोट प्रतियोगिता गरेर टिम समावेश गरिएको थियो । ३६ टोलीले छनोट प्रतियोगिता खेलेका थिए । त्यसबाट १६ टिम छनोट गरिएको थियो । 

तथापी १९३० को आयोजक तथा विजेता टोली उरुग्वेले इटालीको विश्वकप बहिस्कार गरिदिएको थियो ।  कारण आफुले आयोजना गरेको विश्वकपमा धेरै युरोपियन टिम सहभागी नहुनु । 

जसका कारण विश्वकपमा साविक विजेता सहभागी नभएको एकमात्र संस्करण बन्यो ।  इङ्ल्यान्डले फिफामा सहभागी नहुने भन्दै प्रतियोगितामा भाग लिएन । 

जबकि फिफाले इङ्ल्यान्ड र स्कटल्यान्डलाई छनोट नखेली सिधै प्रतियोगिता खेल्ने प्रस्ताव गरेको थियो । तर, इङ्ल्यान्डले त्यसलाई स्विकार गरेन । 

इङ्ल्यान्डका तत्कालीन फुटबल संघका एक सदस्य चार्ल सटक्लिफले विश्वकपलाई ‘जोक’ संज्ञा दिएका थिए । 

र, उनले इङल्यान्ड, स्कटल्यान्ड, वेल्स र आयरल्यान्डबीच विश्वकपभन्दा राम्रो र स्तरीय प्रतियोगिता गर्ने बताएका थिए । 

इटाली आयोजक राष्ट्र भएर पनि छनोट प्रतियोगिता खेल्नु परेको थियो ।  आयोजक राष्ट्रले छनोट प्रतियोगिता खेल्नु परेको यो एकमात्र विश्वकप बन्यो । 

र, युरोपा आयोजना भएको पनि यो पहिलो विश्वकप हो ।  चिली र पेरुले नाम फिर्ता लिएपछि अर्जेन्टिना र ब्राजिल स्वतः छनोट भएका थिए । 

१६ मध्य १२ टिम युरोपका छुट्याइएको थियो ।  दक्षिण अफ्रिकाबाट दुई, उत्तर अमेरिकाबाट एक र अफ्रिका वा एसियाबाट एक टिम छनोट हुने थियो । 

ब्राजिल, अर्जेन्टिना, अमेरिका र इजिप्ट युरोप बाहिरबाट विश्वकपमा पहिलोपटक छनोट हुने टिम बने । 

युरोपबाट अष्ट्रिया, बेल्जियम, चेकोस्लोभाकिया, फ्रान्स, जर्मनी, हंगेरी, इटाली, नेदरल्यान्ड्स, रोमानिया, स्पेन, स्विडेन र स्विट्जरल्यान्ड विश्वकपका लागि छनोट भएका थिए । 

पहिलो विश्वकप खेलेका ६ टिम अर्जेन्टिना, ब्राजिल, फ्रान्स, रोमानिया, बेल्जियम, अमेरिकालेमात्र दोस्रो विश्वकपमा स्थान बनाएका थिए । 

अष्ट्रिया, चेकोस्लोभाकिया, इजिप्ट, जर्मनी, हंगेरी, इटाली, नेदरल्यान्ड्स, स्पेन, स्वीडेन, स्वीट्जरल्यान्डका लागि यो पहिलो विश्वकप थियो । 

यस विश्वकप नकआउट पद्धतिमा खेलाइएको थियो । 

निर्धारित ९० मिनेटको समयमा खेल बराबरी भए थप ३० मिनेट खेलाउने र थपिएको समयमा पनि खेल बराबरीमा सकिए, अर्को दिन पुनः खेलाउने निमय थियो । 

इटाली, स्पेन, अष्ट्रिया, हंगेरी, चेकोस्लोभाकिया, स्विट्जरल्यान्ड, जर्मनी र स्विडेनले पहिलो खेल जितेका थिए । फाइनलमा इटाली र चेकोस्लोभाकियाबीच प्रतिस्पर्धा भएको थियो । 

त्यतिबेला इटालीमा नेशनल फासिस्ट पार्टीका बेनिटो मुसिलिनीले शासन गरेका थिए ।  उनले इटालीमा इटालियन क्लबहरूको लिग सिरी ‘ए’ पनि सुरु गरिसकेका थिए । 

उनले खेलको नतिजामा पनि प्रभाव पारेको बताइन्छ ।  अष्ट्रियाविरुद्धको पहिलो खेलअघि मुसिलिनीले स्विडेनका रेफ्री इभान एकलिन्डसँग ‘डिनर’ गरेका थिए भन्ने भनाई छ । 

साथै उनले फाइनल खेलमा पनि बेल्जियमका रेफ्रीलाई हटाएर एकलिन्डलाई राखेको भनिन्छ । 

कुल १७ खेल भएको यस विश्वकपमा आयोजक इटालीले चेकोस्लोभाकियालाई २–१ ले उपाधि जितेको थियो । फाइनलमा इटालीका राइमुन्डो ओर्सी र एन्गेलो साभियाआले गोल गरेका थिए । 

चेकोस्लोभाकियाका एन्टोनियो पुकले गोल गरेका थिए । जर्मनीले अष्ट्रियालाई ३–२ ले हराउँदै तेस्रो स्थान हासिल गर्यो । 1934_fifa_worldcup1668154277.jpg

चेकोस्लोभाकियाका ओड्रिच नेजाड्ली सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने । उनले ५¬ गोल गरेका थिए । 

क्वार्टरफाइनलमा हंगेरी र अष्ट्रियाबीचको खेल विवादस्पद बन्यो ।  हंगेरीका खेलाडीले आफुहरूलाई हराइएको भन्दै रेफ्रीलाई घेरेका थिए । 

त्यस्तै इटाली र स्पेनबीचको खेल पनि तनावपूर्ण रह्यो ।  दुई टिमबीच पटक पटक झडप भएको थियो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल थपिएको समयमा गएको थियो । 

थप समयमा इटाली विजयी भएको थियो ।  उरुग्वेमा सम्पन्न पहिलो विश्वकपमा सबै टिमले ५–३–२ फर्मेसन अपनाएका थिए । 

तर, इटालीमा भने दुई फरक फर्मेसनमा टिमहरूले खेलेका थिए ।  इटालीका प्रशिक्षक भितोरियो पोज्जोले ३–२–३–२ को फर्मेसनमा खेलाएका थिए । जुन सफल पनि भयो । 
 

 

प्रकाशित मिति:शुक्रबार, कात्तिक २५, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल