site stats
‘इख’ले जन्माएको फिफा विश्वकप
‘इख’ले जन्माएको फिफा विश्वकप

 पहिलो विश्वकप  (१३ देखि ३० जुलाई– १९३०, उरुग्वे) 

तीन महादेशका १३ टिम
 

विजेता :– उरुग्वे

काठमाडौं । इङल्यान्ड र स्कटल्यान्डबीच १८७२ मा ग्लासगोमा सम्पन्न खेललाई फुटबलको पहिलो अन्तर्राष्ट्रिय खेल मानिन्छ । 

त्यतिबेला ब्रिटेनभन्दा बाहिर खेलकुद कमै हुन्थे । १९०२ मा उरुग्वे र अर्जेन्टिनाबीचको खेललाई बेलायतबाहिर खेलिएको पहिलो खेल मानिएको छ । 

विश्व फुटबलको सर्वोच्च निकाय फिफा नै १९०४ मा स्थापना भएको थियो । त्यसपछि फुटबलले विस्तारै लोकप्रियता हासिल गर्न थाल्यो । 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले १९०० मै फुटबललाई ओलम्पिक गेम्सका रुपमा मान्यता दिएको थियो । 
र, १९०४ को ग्रीष्मकालीन ओलम्पिकमा समावेस पनि गर्‍यो । 

ओलम्पिकमा हुने प्रतिस्पर्धालाई नै विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता मानिन्थ्यो । 

तर, अमेरिकामा फुटबल लोकप्रिय नभएको भन्दै लस एन्जल्समा सम्पन्न १९३२ को ओलम्पिकमा समावेश नगर्ने योजना बनेपछि फिफाले आफ्नो छुट्टै प्रतियोगिता गर्ने निर्णय लिएको हो । 

अन्तत उक्त ओलम्पिकबाट फुटबल हटाइयो । त्यसको फलस्वरुप फिफा विश्वकको जन्म भयो । 

ओलम्पिकबाट फुटबललाई हटाइएपछि तत्कालीन फिफा अध्यक्ष जुलिस रिमेटले आफ्नै प्रतियोगिता अयाोजना गर्ने निर्णय लिएका थिए । त्यहीँबाट सुरु भएको हो, फिफा विश्वकप । 

पहिलो संस्करणमा छनोट प्रतियोगिता गरिएको थिएन ।  फिफाको निम्तोमा १३ देशले सहभागिता जनाएका थिए ।

दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, बोलिभिया, चिली, मेक्सिको, पाराग्वे, पेरु गरी सात टिमले सहभागी भएका थिए । 

1930 Worldcup1668153126.jpg

युरोपबाट बेल्जियम, फ्रान्स, रोमानिया र युगोस्लाभिया गरी चार टिमले प्रतिस्पर्धा गरेका थिए । 

र, उत्तर अमेरिकाबाट अमेरिका र मेक्सिको गरी दुई टिमले प्रतिस्पर्धा गरेका थिए । युरोप आर्थिक संकटबाट गुज्रिएको थियो । त्यसकारण युरोपबाट धेरै टिमले सहभागी भएनन् । 

एटलान्टिक महासागर पार गर्नका लागि युरोपियन राष्ट्रलाई धेरै खर्च गर्नुपर्ने थियो । 

त्यसकारण पनि युरोपमा बलियो भनिएका अष्ट्रिया, इङ्ल्यान्ड, हंगेरी, इटाली तथा स्पेनले उरुग्वे भ्रमण गरेनन् ।  

१३ टिमलाई चार समूहमा विभाजन गरिएको थियो ।समूह ‘ए’मा चार टिम थिए भने बाँकी तीन समूहमा समान तीन टिम राखिएको थियो । 

समूह ‘ए’मा अर्जेन्टिना, चिली, फ्रान्स र मेक्सिको थियो ।  समूह ‘बी’मा युगोस्लाभिया, ब्राजिल र बोलिभिया थिए । समूह ‘सी’मा उरुग्वे, रोमानिया र पेरु तथा समूह ‘डी’मा अमेरिका, पाराग्वे र बेल्जियम थिए । 

अर्जेन्टिना, युगोस्लाभिया, अर्जेन्टिना र अमेरिका समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएका थिए ।

दुई खेल समानान्तर रुपमा खेलाइएको थियो । फ्रान्स र मेक्सिको तथा अमेरिका र बेल्जियमले पहिलो खेलमा प्रतिस्पर्धा गरेका थिए । 

पहिलो गोल गर्ने कीर्तिमान भने फ्रान्सका लुसियन लाउरेन्टको नाममा रह्यो । उनले १९औँ मिनेटमा गोल गरेका थिए । 
त्यसको चार दिनपछि विश्वकपमा ह्याट्रिक भएको थियो । 

र ह्याट्रिक गर्ने खेलाडी थिए, अमेरिका बेर्ट पार्टनाउडले ।  पार्टनाउडले पाराग्वेविरुद्ध ह्याट्रिक गरेका थिए । 

तर, रोचक प्रसंग त के हो भने पार्टनाउडको ह्याट्रिकलाई फिफाले सन् २००६ मा मात्र मान्यता दिएको थियो । त्यसअघि अर्जेन्टिनाका स्टाबिलले ह्याट्रिकलाई पहिलो मानिएको थियो । 

कुल १८ खेल भएको प्रतियोगिताको फाइनलमा उरुग्वेले र अजेन्टिनाले प्रतिस्पर्धा गरेका थिए । 

उरुग्वेले युगोस्लाभियालाई तथा अर्जेन्टिनाले अमेरिकालाई समान ६–१ को स्कोरमा हराउँदै फाइनलमा स्थान बनाएका थिए । 

९३ हजार दर्शक उपस्थित फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई ४–२ ले हराउँदै उपाधि जितेको थियो । उरुग्वेले उपाधि जितेको भोलिपल्ट राष्ट्रिय बिदा घोषणा गरेको थियो । 

उरुग्वेबाट पाब्लो डोबारो, जस पेड्रो सिए, भिक्टोरियनो सान्तो इरिएर्ट र हेक्टोर कास्ट्रोले गोल गरे ।  अर्जेन्टिनाबाट कार्लोस डेसिडेरिया पेउसेले र गुएर्मो स्टाबिलले गोल गरेका थिए । 

अर्जेन्टिनाका स्टाबिल प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने । उनले ८ गोल गरेका थिए । प्रतियोगितामा कुल ७० गोल भएको थियो । 

१९२८ को ओलम्पिकको फुटबल फाइनलमा पनि अर्जेन्टिना र उरुग्वे प्रतिस्पर्धा गरेका थिए । ओलम्पिकमा पनि उरुग्वेले अर्जेन्टिनालाई २–१ ले हराउँदै स्वर्ण पदक जितेकोे थियो । 

प्रकाशित मिति:शुक्रबार, कात्तिक २५, २०७९  १३:३८
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल