site stats
स्टेडियम ९७४

दर्शक क्षमता : ४०,००

स्थान : सेन्ट्रल दोहाबाट १० किलोमिटर पूर्व

डिजाइनर : फेनविक इरिबारेन 

–२२ नोभेम्बर मेक्सिकोविरुद्ध पोल्यान्ड

–२४ नोभेम्बर पोर्चुगलविरुद्ध घाना

–२६ नोभेम्बर फ्रान्सविरुद्ध डेनमार्क

–२८ नोभेम्बर ब्राजिलविरुद्ध स्विट्रल्यान्ड

–३० नोभेम्बर पोल्यान्डविरुद्ध अर्जेन्टिना

–२ डिसेम्बर सर्वियाविरुद्ध स्विट्जरल्यान्ड

–५ डिसेम्बर अन्तिम–१६ समूह ‘जी’को विजेताविरुद्ध समूह ‘एच’को उपविजेता

यो रंगशाला स्ट्यान्डर्ड सर्टिफाइड सिपिङ कन्टेनर र मोडुलर स्टिल सामाग्रीको प्रयोग गरेर बनाइएको हो । त्यसकारण यस रंगशालाले पहिलो खेल आयोजना गर्नु अघि नैै इतिहास रचिसकेको छ । यो पूर्ण रुपमा अलग अलग गर्न योग्य पहिलो रंगशाला हो । 

यो रंगशाला कतारको यूनिक स्थानमा रहेको छ । जुन स्थानले कतारको विश्वव्यापी व्यापार र समुद्री यात्राको लामो समयदेखि चलिरहेको परम्परालाई झल्काउँछ ।

रंगशालाको नाम ९७४ राखिएको छ । जुन कतारको लागि अन्तर्राष्ट्रिय डायलिङ कोड मात्र होइन, यो निर्माणमा प्रयोग भएको ढुवानी कन्टेनरहरूको सही संख्या पनि हो ।

बन्दरगाह क्षेत्रमा अवस्थित र दोहाको तटीय सहरको दृश्यसहित समर्थकले स्टेडियम ९७४ मा अरबी खाडीबाट भित्रिने चिसो हावाको अनुभव समेत गर्नेछन् ।

प्रतियोगिता सम्पन्न भएपछि रंगशालामा प्रयोग भएका कन्टेनर र सुपर–स्ट्रक्चर पुनः प्रयोग गर्न सकिने जनाइएको छ ।

समून्द्री तट नजिक बनाइएको यो विशाल संरचनाले विकासको अनुपम नमुना पनि पेश गरेको छ । विकासमा प्रयोग गरिएको यो नयाँ अवधारणाले स्टेडियम ९७४ को भौतिक उपस्थिति अस्थायी हुन सक्छ तर यसको विरासत अनन्त रहनेछ । 

प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल