
क्षमता : ४० हजार
स्थान : अल रायन, सेन्ट्रल दोहाबाट ७ किलोमिटर उत्तरपश्चिम
डिजाइनर : फेनविक इरिबेरेन आर्किटेक
–२२ नोभेम्बर, डेनमार्कविरुद्ध ट्युनेसिया
–२४ नोभेम्बर, उरुग्वेविरुद्ध दक्षिण कोरिया
–२६ नोभेम्बर, पोल्यान्डविरुद्ध साउदी अरेबिया
–२८ नोभेम्बर, दक्षिण कोरियाविरुद्ध घाना
–३० नोभेम्बर, ट्युनेसियाविरुद्ध फ्रान्स
–२ डिसेम्बर, दक्षिण कोरियाविरुद्ध पोर्चुगल
–६ डिसेम्बर, अन्तिम–१६– समूह ‘एफ’को विजेताविरुद्ध समूह ‘ई’को उपविजेता
– ९ डिसेम्बर, क्वार्टरफाइनल– खेल ५३ को विजेताविरुद्ध खेल ५४ को विजेता
यस रंगशालालाई हिराको जस्तै आकार दिइएको छ । हिरा जस्तो ज्यामितीय ढाँचामा रहेको यस रंगशालामा सूर्यको गतिसँगै आफ्नो रङ परिवर्तन भएको देखिन्छ ।
एजुकेशन सिटी रंगशाला एक असाधारण स्थल हो । यो अरब र बाहिरका विद्यार्थी र शिक्षाविद्हरूका लागि गतिशील सिकाइ केन्द्रको रूपमा रहेको छ ।
यसको नामले पनि त्यसलाई सम्बोधन गरिएको छ । यस रंगशाला रहेको स्थानलाई शिक्षा, सिकाइ र ज्ञानको जीवन्त केन्द्र मानिन्छ । रंगशालासँगै रहेका विश्वविद्यालयहरूले नयाँ विचारहरू, अत्याधुनिक अनुसन्धानका कथाहरू, दूरदर्शी प्रतिभा र नवीनता व्यक्त गर्दछ ।
हिराजस्तै यस रंगशालाको डिजाइनले गुणस्तर, स्थायित्वलाई प्रतिनिधित्व गर्दछ । र यो देशका लागि भविष्यको बहुमूल्य चीज बन्नेछ ।
यस रंगशालामा क्वार्टरफाइनलसहित आठ खेल हुनेछ । पछिल्लो समय यस रंगशशालामा एएफसी च्याम्पियन्स लिगको पश्चिम क्षेत्रका खेलहरु आयोजना गरेको थियो ।