पहिलो हाफमा नेदरल्यान्ड्स १–० ले अघि

काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत शुक्रबार समूह ‘ए’को खेलमा इक्वेडरविरुद्धको पहिलो हाफमा नेदरल्यान्ड्सले १–० को अग्रता बनाएको छ ।
कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलको छैटौँ मिनेटमा कोडी गक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा इक्वेडरका पर्विस इस्तुपिनानले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (भार) ले त्यसलाई अफसाइड दिएको थियो ।
समूह चरणमा दुवैको यो दोस्रो खेल हो । दुवै टिमले समूहको पहिलो खेलमा जित निकालेका थिए ।
यसअघि पहिलो खेलमा नेदरल्यान्ड्सले सेनेगललाई २–० ले पराजित गरेको थियो । यस्तै, इक्वेडरले पनि पहिलो खेलमा कतारलाई २–० ले नै पराजित गरेको थियो ।
समूहबाट शीर्ष दुई टिमले अन्तिम–१६ मा प्रवेश गर्नेछन् । यो समूहमा नेदरल्यान्ड्स र इक्वेडरसँगै कतार र सेनेगल छन् ।
प्रकाशित मिति:शुक्रबार, मंसिर ९, २०७९ २२:४९
प्रतिक्रिया दिनुहोस्
अंक तालिका