site stats
फिफा विश्वकप २०२२ : सेनेगलको पहिलो जित 
फिफा विश्वकप २०२२ : सेनेगलको पहिलो जित 

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा शुक्रबार सेनेगलले पहिलो जित निकालेको छ । अल थुमामा रंगशालामा भएको समूह ‘ए’को खेलमा सेनेगलले आयोजक कतारलाई ३–१ ले पराजित गर्यो । 

सेनेगलको जितमा बोउलाय डिया, फामारा डाइधियो र बम्बा डिएन्गाले गोल गरे । कतारका मोहम्मद मुन्तारीले एक गोल फर्काए । 

खेलको ४१ औँ मिनेटमा बोउलाय डियाले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए । ४८ औँ मिनेटमा डाइधियोले गोल गर्दै सेनेगलको अग्रतालाई २–० मा पुर्यायो ।

खेलको ७८ औँ मिनेटमा मुन्तारीले गोल गर्दै कतारलाई २–१ को अवस्थामा ल्याएका थिए । विश्वकपमा कतारको यो पहिलो गोल हो । तर, ८४ औँ मिनेटमा सेनेगलका डिएन्गाले गोल गर्दै ३–१ को जित निश्चित गरे ।

खेलको पहिलो हाफमा सात मिनेट र दोस्रो हाफमा ६ मिनेटको इन्जुरी टाइम थपिएको थियो ।

जितसँगै दुई खेलबाट तीन अंक जोडेको सेनेगल समूह ‘ए’को तेस्रो स्थानमा उक्लिएको छ । समान खेल खेल्दा पनि अंकविहीन कतार समूहको पुछारमा छ । समूहबाट शीर्ष स्थानमा रहने दुई टिमले प्रि–क्वार्टरफाईनलमा स्थान बनाउनेछन् ।

यसअघि, पहिलो खेलमा कतार इक्वेडरसँग २–० ले पराजित भएको थियो । यस्तै, सेनेगल पनि पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–० ले नै पराजित भएको थियो । 

प्रकाशित मिति:शुक्रबार, मंसिर ९, २०७९  २१:२४
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल