site stats
कतारविरुद्ध पहिलो हाफमा सेनेगल १–० ले अघि 
कतारविरुद्ध पहिलो हाफमा सेनेगल १–० ले अघि 

काठमाडौं । फिफा विश्वकपअन्तर्गत शुक्रबार जारी समूह ‘ए’ को खेलमा सेनेगलले पहिलो हाफमा आयोजक कतारविरुद्ध १–० को अग्रता बनाएको छ । 

कतारको अल थुमामा रंगशालामा जारी खेलको ४१ औँ मिनेटमा बोउलाय डियाले गोल गर्दै सेनेगललाई अग्रता दिलाए । पहिलो हाफमा सात मिनेट इन्जुरी टाइम थपिएको थियो ।

दुवै टिमको यो समूह चरणको यो दोस्रो खेल हो । पहिलो खेलमा पराजित दुवै टिम पहिलो जितको खोजीमा छन् ।

यसअघि, पहिलो खेलमा कतार इक्वेडरसंग २–० ले पराजित भएको थियो । यस्तै, सेनेगल पनि पहिलो खेलमा नेदरल्यान्ड्ससंग २–० ले नै पराजित भएको थियो । 

समूहबाट शीर्ष स्थानमा रहने दुई टिमले प्री–क्वार्टरफाइनलमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति:शुक्रबार, मंसिर ९, २०७९  २०:०९
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल