site stats
पहिलो हाफमा पोर्चुगललाई रोक्न घाना सफल
पहिलो हाफमा पोर्चुगललाई रोक्न घाना सफल

काठमाडौं । फिफा विश्वकप अन्तर्गत बिहीबार जारी समूह  'एच' को खेलमा घानाले पहिलो हाफमा पोर्चुगललाई गोलरहित बराबरीमा रोक्न सफल भएको छ । 

कतारको रंगशाला ९७४ मा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही मौका बनाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । 

'ग्रुप अफ डेथ' को रूपमा चित्रण गरिएको यो समूहमा पोर्चुगल र घानासँगै उरुग्वे र दक्षिण कोरिया छन् । 

यसअघि आजै भएको समूहको पहिलो खेलमा दक्षिण कोरिया र उरुग्वे गोलरहित बराबरीमा रोकिएका थिए । समूहबाट शीर्ष स्थानमा रहने दुई टिमले प्रि-क्वार्टरफाईनलमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति:बिहीबार, मंसिर ८, २०७९  २२:४२
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल