site stats
दक्षिण कोरियासँग बराबरीमा रोकियो उरुग्वे
दक्षिण कोरियासँग बराबरीमा रोकियो उरुग्वे

 काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह 'एच' को खेलमा बिहीबार दुईपटकको विश्वविजेता उरुग्वे दक्षिणी कोरियासँग गोलरहित बराबरीमा रोकिएको छ ।

कतारको एजुकेसन सिटी रंगशालामा सम्पन्न खेलका दौरान दुई प्रहार पोस्टमा लागेर फर्किनु नै उरुग्वेको बराबरीको प्रमुख कारण बन्यो ।

खेलमा दुवै टिमले गोलका केही मौका बनाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।

20221124_2051251669303531.jpg

खेलको ३५औँ मिनेटमा मुन ह्वान किमले गरेको क्रसमा १८ यार्ड बक्सभित्र रहेका युई जो ह्वाङले गरेको प्रहार पोस्टको थोरै माथिबाट बाहिरिँदा दक्षिण कोरियाले अग्रताको सुनौलो मौका गुमायो । 

४४औँ मिनेटमा डियागो गोडिनको हेडर सेकेन्ड बारमा लागेर फर्किएपछि उरुग्वे अग्रता लिनबाट चुक्यो । 

७८औँ मिनेटमा दक्षिण कोरियाका गुई सङ चोले बक्सबाहिरबाट गरेको प्रहार टार्गेटमा रहन सकेन । 

८२औँ मिनेटमा एडिन्सन काभानीले बनाएको अवसरमा डार्विन नुनेजको पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

९०औँ मिनेटमा फेडेरिको भालभर्डेले १८ यार्ड बक्सबाहिरबाट गरेको प्रहार बारमा लागेर आउट जाँदा उरुग्वेले अग्रता लिन सकेन । 

20221124_2051281669303531.jpg

त्यसको अर्को मिनेटमा दक्षिण कोरियाका सन ह्युङ मिनले गरेको प्रहार पोस्टको नजिकैबाट बाहिरियो । 

बराबरीसँगै दुवै टिमले एक-एक अंक बाडे । यो समूहमा उरुग्वे र दक्षिण कोरियासँगै पोर्चुगल र घाना छन् । समूहबाट शीर्ष दुई टिम अन्तिम १६ मा पुग्नेछन् ।

आजै हुने अर्को खेलमा राति ९:४५ बजे रंगशाला समूह 'एच’ मा रहेको पोर्चुगलले घानाविरुद्ध खेल्दै छ। यो खेल रंगशाला ९४७ मा हुनेछ ।

यस्तै, दिनको अन्तिम खेलमा राति १२:४५ बजे समूह 'जी' को सर्बियाले ब्राजिलसामु चुनौती प्रस्तुत गर्दै छ ।

प्रकाशित मिति:बिहीबार, मंसिर ८, २०७९  २१:१३
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल