site stats
कतार विश्वकपमा फिफाले बढायो खेलाडी संख्या, २६ खेलाडी राख्न पाइने
कतार विश्वकपमा फिफाले बढायो खेलाडी संख्या, २६ खेलाडी राख्न पाइने

काठमाडौं । फुटबलको सर्वोच्च निकाय फिफाले कतारमा विश्वकप २०२२ मा टिमहरुले २६ खेलाडी राख्न पाउने निर्णय गरेको छ । फिफाले यसपटक टिममा तीन खेलाडी बढी राख्न पाउने निर्णय गरेको हो । 

कोभिड–१९ महामारीको प्रभाव तथा विगतभन्दा फरक समयमा प्रतियोगिता हुन लागेका कारण यसपटक खेलाडी राख्न पाउने संख्यामा वृद्धि गरिएको फिफाले जनाएको छ । फिफा विश्वकप यसपटक कतारमा नोभेम्बर २१ देखी १८ डिसेम्बरसम्म हुनेछ । 

“अन्तिम सूचीमा राख्न पाउने खेलाडी संख्या वृद्धि गरिएको छ । यसपटक कम्तिमा २३ र बढीमा २६ खेलाडी टिममा राख्न पाइनेछ,” फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “टिमको बेन्चमा २६ सदस्य (बढीमा १५ बैकल्पिक र ११ टिम अपिसियल)भन्दा धेरै बस्न पाइने छैन ।” 

कोभिड–१९ का कारण गत वर्ष यूईएफएले पनि युरोपियन च्याम्पियनसिपमा अहिले फिफाले गरेको जस्तै निर्णय गरेको थियो । इन्टरनेशनल फुटबल एसोसिएसन बोर्डले गत महिना पाँच खेलाडी परिवर्तन गर्न पाउने नियमका लागि ‘ग्रिन सिग्नल’ दिएको थियो । उक्त नियम कोभिड–१९ कारण हप्तामा दुई खेल खेल्नु परेपछि लागु गरिएकोे थियो । 

प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९  ११:३३
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल