site stats
पहिलो हाफमा स्पेनलाई सहज अग्रता
पहिलो हाफमा स्पेनलाई सहज अग्रता

काठमाडौं । फिफा विश्वकप समूह 'ई'को खेलमा बुधबार कोस्टा रिकाविरुद्धको पहिलो हाफमा ३-० को सहज अग्रता बनाएको छ । 

कतारको अल थुमामा रंगशालामा जारी खेलको पहिलो हाफमा स्पेनका ड्यानी ओल्मो, मार्को असेन्सिओ र फेरान टोरेसले एक-एक गोल गरे । 

खेलको ११औँ मिनेटमा पेड्रीले सिर्जना गरेको मौकालाई सदुपयोग गर्दै ओल्मोले स्पेनलाई अग्रता दिलाए । 

20221123_2238411669223077.jpg

२१औँ मिनेटमा असेन्सियोले स्पेनको अग्रता दोब्बर पारे । जोर्डी अल्बाले गरेको क्रसमा पेनाल्टी बक्समा रहेका असेन्सियोको 'लेफ्ट फुटेड' प्रहारले जाली चुम्यो । 

यस्तै, ३१औँ मिनेटमा टोरेसले गोल गर्दै स्पेनको अग्रतालाई ३-० मा पुर्‍यए ।

कोस्टा रिकाका ओस्कार डुएर्टेले १८ यार्ड बक्सभित्र जोर्डी अल्बामाथि फाउल गरेपछि स्पेनले सोझै पेनाल्टी पाएको थियो । जसमा टोरेसले कुनै गल्ती गरेनन् ।

विश्वकपको समूह 'ई' मा स्पेन र कोस्टा रिकासँगै जर्मनी र जापान छन् ।

प्रकाशित मिति:बुधबार, मंसिर ७, २०७९  २२:४८
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल