site stats
समूह ‘एफ’बाट को पुग्ला नकआउट चरण ? 
समूह ‘एफ’बाट को पुग्ला नकआउट चरण ? 

 काठमाडौं । विश्वकपको यो समूहमा साविक उपविजेता क्रोएसिया र तेस्रो स्थानमा रहेको बेल्जियमसँगै दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा रहँदै कतारमा स्थान पक्का गरेको क्यानडा र अफ्रिकी छनोटको समूह ‘आई’बाट शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भएको मोरक्को छन् ।

साविक उपविजेता क्रोएसियाले यसअघि सबैलाई चकित पार्दै फाइनलसम्मको यात्रा तय गरेकाले यसपटक पनि यो टिमबाट समर्थकको आशा उच्च छ । गत संस्करणमा अर्जेन्टिना, इंग्ल्यान्डसँगै फुटबलमा आफ्नो अलग पहिचान बनाइसकेका टिमलाई हराएर क्रोएसियाले विश्व फुटबलमा आफ्नो पहिचान स्थापित गरिसकेको छ । ज्लाट्को ड्यालिचको प्रशिक्षणमा रहेको क्रोएसियाको कप्तानी यसपटक पनि लुका मोड्रिचले नै गर्दैछन् ।

‘गोल्डेन जेनेरेशन’ को उत्तरार्धमा रहेको बेल्जियम यस पटक विश्वकपमा ठूलो लक्ष्यसहित आएको छ । ‘गोल्डेन जेनेरेशन’ को ट्याग पाए पनि बेल्जियमले हालसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा कुनै उपाधि जित्न सकेको छैन । रुसमा भएको गत संस्करणमा तेस्रो हुनु नै यो टिमको हालसम्मकै उत्कृष्ट नतिजा बनेको छ । एक हिसाबले बेल्जियमले टिमअनुरुपको जुन छवि बनाएको छ, त्यसलाई न्याय गर्न भने सकेको छैन । रोबर्टो मार्टिनेजको प्रशिक्षणमा रहेको बेल्जियमलाई यो समूहबाट नकआउट चरणमा पुग्न सक्ने टिमको रुपमा हेरिएको छ । 

सन् १९८६ पछि विश्वकपमा छनोट भएको क्यानडा यो विश्वकपलाई यादगार बनाउँन चाहन्छ । ३६ वर्षपछि विश्वकपमा छनोट भएको क्यानडालाई समूहबाट अन्तिम १६ को यात्रा तय गर्न साविक उपविजेता क्रोएसिया र तेस्रो स्थानमा रहेको बेल्जियमको कठिन चुनौती छ । तर, जोन हेर्डमनको प्रशिक्षणमा रहेको क्यानडा बलियो टिमको ट्याग पाएका देशलाई पनि हराउँने क्षमता राख्छ ।

अफ्रिकी राष्ट्र मोरोक्कोले विश्वकपको गत संस्करणमा स्पेनलाई २–२ को बराबरीमा रोकेको थियो । यसले पनि मोरोक्को विश्व फुटबलमा नाम कमाएका राष्ट्रहरुलाई कडा चुनौती प्रस्तुत गर्न सक्छ भन्ने देखाउँछ । गत संस्करणमा पहिलो चरणबाट बाहिरिएको मोरोक्को यसपटक भने नकआउट चरणको लक्ष्यमा हुनेछ । मोरोक्कोले पछिल्लो पटक सन् १९८६ को विश्वकपमा नकआउट चरण खेलेको थियो । तर, वालिद रेग्रागुईको प्रशिक्षणमा रहेको मोरोक्को कतार विश्वकपमा नकआउट चरणको लामो खडेरी तोड्न चाहन्छ ।

समूह ‘एफ’
बेल्जियम 

belgium (2)1669213080.jpg
फिफा वरीयता– २ 
विश्वकपमा सहभागिताः १४ पटक (१९३०, १९३४, १९३८, १९५४, १९७०, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२, २०१४, २०१८, २०२२)
उत्कृष्ट नतिजाः तेस्रो स्थान (२०१८)
खेलः
मंसिर ७, बुधबार        बेल्जियमविरुद्ध क्यानडा
मंसिर ११, आइतबार    बेल्जियमविरुद्ध मोरोक्को
मंसिर १५, बिहीबार        बेल्जियमविरुद्ध क्रोएसिया

‘गोल्डेन जेनेरेशन’ को उत्तरार्धमा रहेको बेल्जियम अरब भुमीमा पहिलो विश्वकप उपाधि जित्ने अभियानमा छ । सन् १९२० को ओलम्पिकमा स्वर्ण पदक जितेको बेल्जियमले त्यसयता प्रमुख अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । बेल्जियम २०१८ को विश्वकपमा तेस्रो भएको थियो । जहाँ बेल्जियमले विश्वकपको सर्वाधिक सफल टिम ब्राजिललाई क्वार्टरफाइनलमा २–१ ले पराजित गरेको थियो । यो नै बेल्जियमको अहिलेसम्मको उत्कृष्ट नतिजा हो । त्यसअघि सन् १९८६ मा अर्जेन्टिनाले उपाधि जित्दा बेल्जियम चौथो भएको थियो । 

सन् २०१६ देखि रोबर्टो मार्टिनेजको प्रशिक्षणमा रहेको बेल्जियम साविक उपविजेता क्रोएसिया, मोरक्को र क्यानडासँगै समूह ‘एफ’ मा छ । विश्वकपको छनोटमा अपराजित रहँदै कतारको टिकट काटेको बेल्जियम युएइएफए नेसन्स लिगको अन्तिम चारमा भने पुग्न सकेन । तर, पनि मार्टिनेजको टिम जुनसुकै टिमलाई पनि हराउँने सामथ्र्य राख्छ । 
‘मिड मोन्सटर’ को उपनाम पाएका म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना बेल्जियमका महत्वपूर्ण खेलाडी हुन् । रियाल मड्रिडबाट खेल्ने गोलकिपर थिवाउट कोर्तुवा, इडेन हाजार्ड र २१ वर्षका चाल्र्स डे काटलियर खेलमा प्रभाव पार्ने सक्ने खेलाडी हुन् । 

बेल्जियमको टिम–
गोलकिपर– थिबाउट कोर्टुवा, साइमन मिग्नोलेट, कोएन कास्टिल्स
रक्षापंक्ति– जन भेर्टोङ्गन, टोबी एल्डरवेरेल्ड, लिएन्डर डेन्डोनकर, जेनो डेबास्ट, आर्थर थिएट, वाउट फेस
मिडफिल्ड– हान्स भानाकेन, एक्सेल विट्सेल, युरी टिलेमान्स, अमाडोउ ओनाना, केभिन डी ब्रुयना, यानिक कारास्को, थोर्गान हाजार्ड, टिमोथी कास्टाग्ने, थोमस मुनियर ।

फरवार्ड– रोमेलु लुकाकु, मिची बत्सुएई, लोइस ओपेन्डा, चाल्र्स डी केटेलर, इडेन हाजार्ड, जेरेमी डोकु, द्रिइस मर्टेन्स, लिएन्ड्रो ट्रोसार्ड ।

क्यानडा
canada1669213117.jpg

फिफा वरीयता– ४१
विश्वकपमा सहभागिता– २ पटक (१९८६, २०२२)
खेलः
मंसिर ७, क्यानडाविरुद्ध बेल्जियम
मंसिर ११, क्यानडाविरुद्ध क्रोएसिया
मंसिर १५, क्यानडाविरुद्ध मोरक्को 

विश्वकपमा ३६ वर्षपछि छनोट भएको क्यानडाको यो दोस्रो विश्वकप हो । क्यानडाले यसअघि सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप खेलेको थियो । र, विश्वकपको आगामी संस्करणको आयोजनाअधिकार पाएको क्यानडा आयोजकको हैसियतमा स्वतः छनोट भइसकेको छ । 

विश्वकपको पहिलो सहभागितामा समूूह चरणबाट बाहिरिएको क्यानडालाई यसपटक पनि समूह चरण पार गर्न निकै कठिन छ । समूहमा साविक उपविजेता क्रोएसिया र तेस्रो स्थानहासिल गरेको बेल्जियमसँगै अफ्रिकी ‘पावर हाउस’ मोरोक्कोजस्ता बलिया राष्ट्रलाई हराउँन क्यानडालाई पक्कै पनि सहज छैन । 

इङ्लिस प्रशिक्षक जोन हेन्डरमनको प्रशिक्षणमा रहेको क्यानडाले काउन्टर अट्याक शैलीलाई अंगालेको छ । रक्षक अल्फान्सो ड्याभिस क्यानडाका प्रमुख खेलाडी हुन् । ड्याभिसले जर्मन क्लब बायर्न म्युनिखबाट युरोपियन फुटबलमा आफ्नो बेग्लै छवि बनाएका छन् । २२ वर्षीय युवा फरवार्ड जोनाथन डेविड क्यानडाबाट खेलमा प्रभाव पार्न सक्ने अर्का महत्वपूर्ण खेलाडी हुन् । उनी फ्रेन्च क्लब लिलबाट व्यवसायिक फुटबल खेल्छन् ।

क्यानडाको टिमः 

गोलकिपरः जेम्स पेन्टेमिस, मिलान बोर्जन, डेने सेन्ट क्लेयर

रक्षापंक्तिः स्यामुएल अडेकुग्बे, जोएल वाटरम्यान, एलिस्टेयर जोनस्टन, रिची लारिया, कमल मिलर, स्टिभन भिटोरिया, डेरेक कर्नेलियस

मिडफिल्डः लियाम फ्रेजर, इस्माइल कोन, मार्क–एन्थोनी काए, डेभिड वोदरस्पृुन, जोनाथन ओसोरियो, एटिबा हचिन्सन, स्टेफन युस्टाक्वियो, सामुएल पिएट

फरवार्डः ताजोन बुचानन, लियाम मिलर, लुकास काभालिनी, इके उग्बो, जुनियर होइलेट, जोनाथन डेभिड, काइल लारिन, अल्फोन्सो डेभिस

क्रोएसिया

croatia1669213181.jpg
फिफा वरीयता– १२
विश्वकपमा सहभागिता– ५ पटक (१९९८, २००२, २०१४, २०१८, २०२२)
मंसिर ७, बुधबार        क्रोएसियाविरुद्ध मोरोक्को
मंसिर ११, आइतबार    क्रोएसियाविरुद्ध क्यानडा
मंसिर १५, बिहीबार        क्रोएसियाविरुद्ध बेल्जियम

हालसम्मपाँच पटक विश्वकप फुटबल खेलेको क्रोएसिया गत संस्करणको उपविजेता टिम हो । र, लुका मोड्रिचको कप्तानीमा रहेको क्रोएसियाको विश्वकपमा यो नै हालसम्मको उत्कृष्ट नतिजा हो । विश्वकपमा क्रोएसियाको इतिहास लामो छैन । सन् १९९८ मा स्वतन्त्र राष्ट्रको रुपमा सहभागिता जनाएको क्रोएसियाको त्यसअघि युगोस्लाभिया भित्र पर्दथ्यो । सन् १९९१ मा टुक्रिनुअघि युगोस्लाभियाले आठ पटक फिफा विश्वकप खेलेको थियो ।

युइएफए नेसन्स लिगको अन्तिम चारमा स्थान बनाएकाले पनि क्रोएसियाबाट समर्थकको आशा धेरै छ । जहाँ ज्लाट्को ड्यालिचको टिमले नेदरल्यान्ड्स, इटाली र स्पेनमध्ये एक टिमसँग खेल्नेछ । तर, बेल्जियम जस्तो बलियो टिमसँगै समूह ‘एफ’मा परेको क्रोएसियासामू मोरोक्को र क्यानडाको पनि चुनौती छ । सन् २०१७ मा प्रशिक्षकमा नियुक्त भएयता क्रोएसियाले ड्यालिचको प्रशिक्षणमा ६२ अन्तर्राष्ट्रिय खेल खेल्दा ३१ मा जित, १४ मा बराबर र १७ मा हार बेहोरेको छ । 
मिडफिल्डर र टिमका कप्तान समेत रहेको मोड्रिच नै क्रोएसियाका महत्वपूर्ण खेलाडी मध्येका एक हुन् । स्पेनिस क्लब रियाल मड्रिडका प्रमुख खेलाडी मोड्रिचको सम्भवतः यो अन्तिम विश्वकप पनि हो । उनकै कप्तानीमा क्रोएसियाले २०१८ मा फाइनल सम्मको यात्रा तय गरेको थियो । मोड्रिच प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि चुनिएका थिए । रक्षक जोस्को जिभार्डियल क्रोएसियाबाट प्रभाव पार्न सक्ने अर्का महत्वपूर्ण खेलाडी हुन् ।

क्रोएसियाको टिमः
गोलकिपरः डोमिन्क लिभाकोभिच (डाइनामो जग्रेब), इभिका इभुसिच (एनके सिजेक), इभो ग्रभिच (एट्लेटिको मड्रीड)
रक्षकः डोमागोज भिडा (एइके एथेन्स), डेजान लोभ्रान (जेनिथ सेन्ट पिटर्सबर्ग), ब्रोना ब्यारिसिच (रेन्जर्स), जोसिप जुरानोभिच (सेलिटक), जोस्को जिभागिएलो (आरबी लाइपजिग), बोर्ना सोसा (भिएफबी स्टुटगार्ट), जोसिप स्टानिसिच (बायर्न म्युनिख), मार्टिन एर्लिच (सासौलो), जोसिप सुटालो (डाइनोभ जग्रेब)
मिडफिल्डः लुका मोड«िच (केएल राहुन), माटेओ कोभासिच (चेल्सी), मार्सेलो ब्रोचोभिच (इन्टर मिलान), मारियो पासालिच (एटलान्टा), निकोलो भ्लासिच (टोरिनो), लोभ्रो माजेर (रेनेस), क्रिस्टिजन जाकिच (आइट्राच्ट फ्रयांकफर्ट), लुका सुसिच (आरबी साल्जबर्ग)
फरवार्डः इभान पेरिसिच (टोटनहम), एन्ड्रेज क्रामारिच (१८९९ हफहेम), ब्रुनो पेट्कोभिच (डाइनामो जग्रेब), मिस्लाभ आर्सिच (डाइनामो जग्रेब), एन्ट बुडीमीर (ओसासुना), मार्को लिभाजा (हाज्डुक स्पिट)

मोरक्को 

morocco1669213235.jpg
फिफा वरीयताः २२
विश्वकपमा सहभागिता– ६ (सन् १९७०, १९८६, १९९४, १९९८, २०१८, २०२२)
खेलः
मंसिर ७, बुधबार        मोरक्कोविरुद्ध क्रोएसिया
मंसिर ११, आइतबार    मोरक्कोविरुद्ध बेल्जियम
मंसिर १५, बिहीबार        मोरक्कोविरुद्ध क्यानडा

अफ्रिकी ‘पावर हाउस’ मोरक्को लगातार दोस्रो पटक विश्वकपका लागि छनोट भएको हो । फ्रान्सबाट स्वतन्त्र भएपछि सन् १९७० मा मेक्सिकोमा भएको विश्वकपमा मोरोक्को पहिलो पटक छनोट भएको थियो । मेक्सिकोमै सन् १९८६ मा भएको विश्वकपको अन्तिम–१६ सम्म पुग्नु नै मोरोक्कोको विश्वकपमा अहिलेसम्मैकै राम्रो नतिजा हो । त्यसयता कतार विश्वकप मोरोक्कोको छैटौं विश्वकप हो । 

विश्वकपमा मोरोक्को वालिद रेग्रागुईको प्रशिक्षणमा छ । सन् २०१२–१३ मा मोरोक्कोको सहायक प्रशिक्षणका रुपमा काम गरेका वालिदले यसै वर्ष टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएका हुन् । ‘एट्लास लायन्स’ उपनामले परिचित मोरोक्कोले विश्वकप छनोटको दोस्रो चरणमा सबै ६ खेलमा नै जितसहित तेस्रो चरणमा पुगेको थियो । 

जहाँ रेग्रागुईको टिमले कंगो डीआरमाथि ५–२ को सहज जितसँग कतारको टिकट काटेको थियो । रेग्रागुईअघि मोरोक्को भाहिद हलिलहोड्जिचको प्रशिक्षणमा थियो । हलिलहोड्जिचले टिममा चेल्सीका स्टार हाकिम जियाच र बायर्न म्युनिखका नाउसेर मज्राओयुजस्ता खेलाडीलाई नसमेटेपछि समर्थक र मिडियाबाट उनले चर्को आलोचना र दबाब खेप्नु परेको थियो । यही दबाबका कारण उनले मोरोक्कोको प्रशिक्षण छोडेपछि रेग्रागुईले यो जिम्मेवारी पाएका थिए । पेरिस सेन्ट जर्मन (पिएसजी) बाट व्यवसायिक फुटबल खेल्ने रक्षक अच्रफ आकिमी मोरोक्कोका प्रमुख खेलाडी हुन् । हाकिमीसँगै अट्याकिङ मिडफिल्डर सोफियानो बोउफल मोरोक्कोबाट उच्च आशा गरिएको अर्को प्रमुख खेलाडी हुन् ।

मोरक्को टिमः 

गोलकिपरः यासिन बोउनोउ (सेभिया), मुनिर मोहमेदी (अल वेहदा), अहमेद रेडा टाग्नाओटी (वादाद कासाबब्लान्का)
रक्षापंक्तिः आच्रफ हाकिमी (पीएसजी), नाउसेर मज्राओयु (बायर्न म्युनिख), नयेफ अग्युर्ड (वेस्ट ह्याम), बड बेनाउन (कतार एससी), रोमेन साइस (बेसिकटास), याह्या एतिहाद अल्लाह (वादाद कासाबब्लान्का), जावद एल यामिक (भायाडोलिड), आच्रफ डारी (ब्रेस्ट)

मिडफिल्डः सोफ्यान अम्राबट (फियोरेन्टिना), अब्देलहमिद साबिरी (साम्पडोरिया), सलिम अमाल्लाह (स्टान्डर्ड लिज), अजेदिन ओयुनाही (एन्जर्स), बिलाल एल खाननोउस (जेन्क), याह्या जाब्रेन (वादाद कासाबब्लान्का) 

फरवार्डः हाकिम जियाच (चेल्सी), एमिन ह्यारिट (मार्से), अब्दे एजालजोउली (ओसासुना), जाकारिया ओउख्लाल (टोउलस), सोफियन बोउफल (एन्जर्स), इलियास चाइर (क्युपीआर), युसुफ एन–नेसिरी (सेभिया), वालिद चेदिरा (बारी), अब्देरजाक हमेद अल्लाह (अल इतिहाद)

 

प्रकाशित मिति:बुधबार, मंसिर ७, २०७९  २०:०९
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल