site stats
चोटका कारण विश्वकपबाट बाहिरिए फ्रान्सका रक्षक लुकास हर्नान्डेज
चोटका कारण विश्वकपबाट बाहिरिए फ्रान्सका रक्षक लुकास हर्नान्डेज

काठमाडौं । रक्षक लुकास हर्नान्डेज घुँडाको चोटका कारण विश्वकपबाट बाहिरिएपछि फ्रान्सलाई अर्को ठूलो झट्का लागेको छ । विश्वकपको आफ्नो पहिलो खेलमा मंगलबार अस्ट्रेलियालाई ४–१ ले पराजित गर्दा चोटिल बनेका हर्नान्डेजले विश्वकपको बाँकी खेल गुमाउने फ्रान्स फुटबल फेडेरेसनले बुधबार पुष्टि गरेको हो ।

हर्नान्डेजको लिगामेन्टमा चोट लागेको छ । अस्ट्रेलियाका म्याथ्यु लेकीले क्रस गर्नुअघि बलमा बिट भएका हर्नान्डेज केहीबेर मैदानमा लडेका थिए । यसपछि उनी मैदानबाट बाहिरिए । 

लेकीको सोही क्रसमा क्रेग गुडविनले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए । तर, फ्रान्सका ओलिभर जिरौडले दुई, किलियन एमबाप्पे र एड्रियन राबिओटले एक एक गोल गरेपछि फ्रान्सले ४–१ को जित निकालेको थियो ।

विश्वकपमा घाइते भएका हर्नान्डेज फ्रान्सका तेस्रो चर्चित खेलाडी हुन् । यसअघि, कतारमै प्रशिक्षण गरिरहँदा घाइते भएपछि स्ट्राइकर करिम बेन्जेमा र क्रिस्टोफर एन्कुकुले पनि विश्वकप गुमाउने पक्का भएको थियो । 

त्यसअघि, मिडफिल्डर पाउल पोग्बा र एन्गोलो कान्टेले चोटकै कारण फ्रान्सको राष्ट्रिय टिममा स्थान बनाउन सकेका थिएनन् । 

प्रकाशित मिति:बुधबार, मंसिर ७, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल