site stats
क्रोएसिया र मोरक्कोले पहिलो हाफमा खेले गोलरहित बराबरी
क्रोएसिया र मोरक्कोले पहिलो हाफमा खेले गोलरहित बराबरी

काठमाडौं । गत संस्करणको उपविजेता क्रोएसियाले बुधबार विश्वकपमा अफ्रिकन टिम मोरक्कोसँग पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ ।

कतार विश्वकपको समूह ‘एफ’मा रहेका क्रोएसिया र मोरक्को दुबैले गोलका केही राम्रा अवसरको सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमै मध्यान्तर भएको छ ।

आठौं मिनेटमा बायाँतर्फबाट मोरोक्कोका नोसेर माजरावीले गरेको प्रहार क्रोएसिया रक्षक डेजान लोभरेनले बचाएका थिए।

त्यस्तै मोरोक्कोका हाकिमि जियाचले १८औं मिनेटमा दिएको पास एन नेसिरीले नियन्त्रण गर्न नसक्दा मोरोक्कोले अग्रता लिने सुन्दर मौका गुमाएको थियो ।

क्रोएसियाका निकोला भ्लासिचले २२औं मिनेटमा गरेको प्रहार मोरक्कोका रक्षकलाई ठोक्किएर कर्नरमा परिणत भएको थियो।

प्रकाशित मिति:बुधबार, मंसिर ७, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल