
काठमाडौं । ब्राजिलले १९६२ मा लगातार दुईपटक विश्वकपको उपाधि जिते पश्चात कुनै पनि टिमले लगातार उपाधि उचाल्न सकेका छैनन् ।
फ्रान्सलाई ६० वर्षअघि ब्राजिलले हासिल गरेको त्यो सफलता प्राप्त गर्ने कतार विश्वकप स्वर्णिम अवसर हुन सक्छ ।
फ्रान्स समूह ‘डी’मा छ । यस समूहमा फ्रान्सँगै एसियाको अष्ट्रेलिया, डेनमार्क र ट्युनिया छन् । डेनमार्कले फ्रान्सलाई बलियो चुनौती पेश गर्न सक्नेछ । डेनमार्क विश्वकपमा सदावहार ‘डार्क हर्स’ हो । त्यस्तै अष्ट्रेलिया र ट्युनिसिया पनि यस समूहका कमजोर प्रतिद्वन्द्वी होइनन् । हेरौँ कस्ता छन् समूह ‘डी’का टिमहरूः–
समूह ‘डी’
फ्रान्स
फिफा वरीयता– ४
विश्वकपमा सहभागिता– १६ पटक (१९३०, १९३४, १९३८, १९५४, १९५८, १९६६, १९७८, १९८२, १९८६, १९९८, २००२, २००६, २०१०, २०१४, २०१८, २०२२)
उत्कृष्ट प्रदर्शन– विजेता, १९९८, २०१८
खेल
मंसिर ६, मंगलबार फ्रान्सविरुद्ध अस्ट्रेलिया
मंसिर १०, शनिबार फ्रान्सविरुद्ध डेनमार्क
मंसिर १४, बुधबार फ्रान्सविरुद्ध ट्युनिसिया
साविक विजेता फ्रान्सको यो १६औँ विश्वकप हो । तर, हाल स्वभाविक लयका लागि संघर्षरत फ्रान्सले सन् २०२२÷२३ को युईएफए नेसन्स लिगका ६ मध्ये एक खेलमा मात्र जित निकालेको थियो । डिडिएर डेसच्याम्पको प्रशिक्षणमा रहेको फ्रान्सलाई विश्वकपअघि स्वभाविक लयमा फर्किनुपर्ने चुनौती छ ।
२०१८ को विश्वकपमा फ्रान्सले नकआउट चरणमा अर्जेन्टिना, उरुग्वे र बेल्जियमलाई हराएको थियो । र फाइनलमा क्रोएसियालाई ४–२ ले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो । त्यो फ्रान्सको दोस्रो उपाधि थियो । त्यसअघि फ्रान्सले आफैले आयोजना गरेको १९९८ मा पनि उपाधि जितेको थियो ।
१९९८ मा उपाधि जित्दाको कप्तान डेसच्याम्प अहिले फ्रान्सका प्रशिक्षक हुन् । डेसच्याम्पले जुलाई २०१२ देखी फ्रान्सको प्रशिक्षण सम्हाल्दै आएका छन् । उनकै प्रशिक्षणमा फ्रान्सले चार वर्षअघि उपाधि जितेको थियो ।
१९६२ मा ब्राजिलले लगातार दुई पटक विश्वकपको उपाधि जिते पश्चात कुनै पनि टिमले लगातार उपाधि उचाल्न सकेका छैन । फ्रान्सलाई ६० वर्षअघि ब्राजिलले हासिल गरेको त्यो सफलता प्राप्त गर्ने कतार विश्वकप स्वर्णिम अवसर हुन सक्छ ।
डेसच्याम्पले रुसमा सफलता हासिल गर्दा ४–२–३–१ को शैलीमा खेलाएका थिए । डेसच्याम्पले २०२२ मा ३–४–३ को शैली अपनाउने सम्भावना बलियो छ । जसमा उनले एन्टोइन ग्रिजमन, काइलियन एमबाप्पे र करिम बेन्जेमालाई खेलाउने सम्भावना छ ।
ह्युगो लोरिस, रक्षक रफाइल भरान, फरवार्ड काइलियन एमबाप्पे र बालोन डी‘अर विजेता करिम बेन्जेमा फ्रान्सका महत्वपूर्ण खेलाडी हुन् । तर, बेन्जेमा प्रतियोगिताको मुखमै आएर घाइते भए । त्यससँगै मिडफिल्डमा एन’गोलो कान्टे र पाउल पोग्बासँगै स्ट्राइकर एन्थोनी मार्सियाल टिममा नहुँदा फ्रान्सले केही असहजताको सामना गर्नुपर्ने देखिन्छ । काउन्टर अट्याकमा महारथ हासिल गरेको फ्रान्स विश्वकपको समूह ‘डी’मा छ । यो समूहमा डेनमार्क, अस्ट्रेलिया र ट्युनिसिया छन् ।
फ्रान्सको टिम–
गोलकिपर– अल्फोन्स एरोला (वेस्ट ह्याम), ह्युगो लोरिस (टोटनहम), स्टिभ मन्डान्डा (रेनेस)
रक्षापंक्ति– लुकास हर्नान्डेज (बायर्न म्युनिख), थियो हर्नान्डेज (एसी मिलान), प्रेसनेल किम्पेम्बे (पीएसजी), इब्राहिमा कोनाटे (लिभरपुल), जुलेस कौन्डे (बार्सिलोना), बेन्जामिन पाभार्ड (बायर्न म्युनिख), विलियम सालिबा (आर्सनल), डायोट उपमेकानो (बायर्न म्युनिख), राफेल भरान (म्यानचेस्टर युनाइटेड)
मिडफिल्ड– एडुआर्डो कामाभिङ्गा (रियाल मड्रिड), युसुफ फोफाना (मोनाको), माटेओ गुएन्डोजी (मार्से), एड्रिन राबियोट (युभेन्टस), ओरेलियन चाउमेनी (रियाल मड्रिड), जोर्डन भेरेटाउट (मार्से)
फरवार्ड– करिम बेन्जेमा (रियाल मड्रिड), किंग्सले कोम्यान (बायर्न म्युनिख), औसमाने डेम्बेले (बार्सिलोना), ओलिभर जिरौड (एसी मिलान), एन्टोइन ग्रिजम्यान (एट्लेटिको मड्रिड), काइलियन एमबाप्पे (पीएसजी), क्रिस्टोफर एनकुन्कु (लाइपजिग)
अस्ट्रेलिया
फिफा वरीयता– ३८
विश्वकपमा सहभागिता– ६ पटक (१९७४, २००६, २०१०, २०१४, २०१८, २०२२)
खेल–
मंसिर ६, मंगलबार अस्ट्रेलियाविरुद्ध फ्रान्स
मंसिर १०, शनिबार अस्ट्रेलियाविरुद्ध ट्युनिसिया
मंसिर १४, बुधबार अस्ट्रेलियाविरुद्ध डेनमार्क
एसियाली ‘पावर हाउस’ अस्ट्रेलियाको विश्वकपमा यो लगातार पाँचौ सहभागिता हो । विश्वकपका लागि महादेशीय छनोट खेलेको अस्ट्रेलियाले पेरुलाई पेनाल्टीमा ५–४ ले हराउँदै कतारको टिकट काटेको थियो ।
अष्ट्रेलियाका लागि साविक विजेता फ्रान्स र डेनमार्कजस्ता बलियो टिमसँगै ट्युनिसिया रहेको समूह ‘डी’ बाट अन्तिम–१६ मा स्थान बनाउँनु सबैभन्दा ठूलो चुनौती हुनेछ ।
२०१८ को विश्वकपमा पनि फ्रान्स, डेनमार्क र अस्ट्रेलिया एकै समूहमा परेका थिए । सन् २००६ को विश्वकपमा अन्तिम–१६ मा स्थान बनाएको अस्ट्रेलियाको त्यो नै अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो ।
विश्वकपमा हालसम्म अस्ट्रेलियाले १३ गोल गरेको छ । २९ वर्षीय फरवार्ड मार्टिन बोइल टिमको प्रभावकारी खेलाडी हुन् ।
स्कटल्यान्डमा जन्मिएका उनले स्कटल्यान्डको यु–१६ राष्ट्रिय टिमबाट समेत खेलेका थिए । तर, २०१८ मा अस्ट्रेलियाबाट डेब्यु गरेका उनले १९ खेलमा पाँच गोल गरेका छन् ।
‘सकरुस’ को उपनामले चिनिने अस्ट्रेलिया ग्राहम अर्नोल्डको प्रशिक्षणमा छ । ५९ वर्षे आर्नोल्ड अक्टोबर २०१८ देखी अस्ट्रेलियाको प्रशिक्षण सम्हालिरहेका छन् ।
अट्याकिङ् मिडफिल्डर अज्दिन रुस्टिक, विंगर अवेर मविल र मिडफिल्डर आरोन मुय विश्वकपमा अस्ट्रेलियाबाट प्रभाव पार्न सक्ने खेलाडी हुन् ।
अस्ट्रेलियाको टिम–
गोलकिपर– ड्यानी भुकोभिक (सेन्ट्रल कोएस्ट म्यारिनर्स), एन्ड्रयु रेडमेन (सिड्नी एफसी), म्याथ्यु र्यान (एफसी कोपेनहेगन)
रक्षापंक्ति– बाइली राइट (सन्डरल्यान्ड), ह्यारी साउटर (स्टोक सिटी), काइ रोलेस (हार्ट अफ मिडलोथियन), जोएल किंग (ओडेन्स), फ्रान कारासिच (ब्रेससिया कालसिओ), थोमस डेंग (अलबिरेक्स निगाटा), मिलोस डेगेनेक (कोलम्बस क््रयु), अजिज बेहिच (डुन्डी युनाइटेड), नाथानियल एट्किन्सन (हार्ट अफ मिडलोथियन)
मिडफिल्ड– आरोन मुय (सेल्टिक), रिले म्याकग्री (मिडलब्रो), ज्याक्सन इर्भिन (एफसी सेन्ट पाउली), अज्दिन रुस्टिक (हेलास भेरोना), क्यामरुन डेभलिन (हार्ट अफ मिडलोथियन), किएनु बाक्कस (सेन्ट मिरेन),
फरवार्ड– जेमी म्याक्लारेन (मेलबर्न सिटी), अवेर मविल (कार्डिज), म्याथ्यु लकी (मेलबर्न सिटी), गारांग कुओल (सेन्ट्रल कोएस्ट म्यारिनर्स), क्रेग गुडविन (एड्लेइड युनाइटेड), मिचेल डक (फागिएनो ओकायामा), जासन कमिंग्स (सेन्ट्रल कोएस्ट म्यारिनर्स), मार्टिन बोइल (हिबेरनियन),
डेनमार्क
फिफा वरीयता– १०
विश्वकपमा सहभागिता– ६ पटक (१९८६, १९९८, २००२, २०१०, २०१८, २०२२)
खेल
मंसिर ६, मंगलबार डेनमार्कविरुद्ध ट्युनिसिया
मंसिर १०, शनिबार डेनमार्कविरुद्ध फ्रान्स
मंसिर १४, बुधबार डेनमार्कविरुद्ध अस्ट्रेलिया
डेनमार्क विश्वकपमा अप्रत्यासित नतिजा निकाल्न सक्ने टिम हो ।
युरो २०२० मा मिडफिल्डर क्रिस्टियन एरिक्सन हृदयघातका कारण मैदानमा ढलेको घटनापछि डेनमार्कले थप चर्चा कमाएका थियो ।
युरोपियन च्याम्पियनसिपमा डेनमार्कले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । यसैकारण विश्वकपको ‘डार्क हर्स’ को रुपमा हेरिएको डेनमार्कले सदाबहार दाबेदार मानिएका टिमलाई पनि हराउने क्षमता राख्छ ।
लयमा रहेको डेनमार्क घरेलु टिम कतारपछि विश्वकपमा छनोट हुने दोस्रो टिम बनेको थियो । कास्पर जुलमन्डको प्रशिक्षणमा रहेको डेनमार्क साविक यसपटक विजेता फ्रान्स, ट्युनिसिया र अस्ट्रेलियासँगै विश्वकपको समूह ‘डी’ मा छ ।
“उनीहरुले हामीलाई विश्वकपको दाबेदार भन्नुमात्रै पनि सबैभन्दा राम्रो कुरा हो,” विश्वकपमा पाएको ‘डार्क हर्स’ को ‘ट्याग’बारे बोल्दै प्रशिक्षक जुलमन्डले भने, “हामी अरुभन्दा उत्कृष्ट छौ वा छैनौं भन्नेबारे थाहा छैन । तर, हामीलाई हामी राम्रो टिम हौं र जुनसुकै टिमसँग पनि प्रतिस्पर्धा गर्न सक्छौं भन्ने विश्वास छ ।”
हालसम्म ६ पटक छनोट भएको डेनमार्कले सन् १९९८ को विश्वकपमा क्वार्टरफाइलन सम्मको यात्रा तय गरेको थियो । यो नै डेनिस टिमको सबैभन्दा उत्कृष्ट नतिजा हो ।
३० वर्षीय मिडफिल्डर क्रिस्टियन एरिक्सन डेनमार्कका महत्वपूर्ण खेलाडी हुन् । इरिक्सन गत वर्ष सम्पन्न युरो २०२० मा फिनल्यान्डविरुद्ध खेलका क्रममा मैदानमै ढलेका थिए । मैदानमा उनको जीवन बचाउन प्राथमिक उपचार गरिएको थियो । उनलाई लगत्तै अस्पताल भर्ना गरिएको थियो ।
गएको जनवरीमा सम्पन्न युरो २०२२ मा इरिक्सनको ‘कार्डियक एरेस्ट’ भएको हो । टोटनहमका पूर्वमिडफिल्डर इरिक्सनको मुटुमा ‘इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) उपकरण (एक प्रकारको पेसमेकर) जडान गरिएको छ ।
डेनमार्कले प्रारम्भिक रूपमा २१ सदस्यीय टिमको घोषणा गरेको छ । विश्वकपमा योपटक २६ सदस्यीय टिम हुनेछ ।
बाँकी पाँच खेलाडी युरोपियन क्लब फुटबलको अन्तिम चरणका खेलपछि घोषणा गर्ने डेनमार्कले जनाएको छ ।
डेनमार्कले नोभेम्बर २२ मा ट्युनिसियाविरुद्धको खेलबाट विश्वकपको सुरुआत गर्नेछ । प्रतियोगिता नोभेम्बर २० मा सुरु हुनेछ । सहभागी सबै टिमले १३ नोभेम्बरभित्र टिमको अन्तिम सूची फिफामा बुझाउनुपर्नेछ ।
मिडफिल्डर पिएरी–एमिल होजबर्ग र डिफेन्डर सिमोन जाएर डेनमार्कबाट प्रभाव पार्न सक्ने खेलाडी हुन् ।
डेनमार्कको टिम–
गोलकिपर– कास्पर स्माइकल (नीस) र ओलिभर क्रिस्टेनसेन (हेर्था बर्लिन) ।
रक्षक– सिमोन केहर (एसी मिलान), योआकिम एन्डरसन (क्रिस्टल प्यालेस), योआकिम माहले (एटलान्टा), आन्द्रेस क्रिस्टेनसेन (बार्सिलोना), रासमुस क्रिस्टेनसेन (लिड्स), यन्स स्ट्राइगर लार्सन (ट्राब्जोन्सपोर), भिक्टर नेल्सन (गालाटासारे) र डेनियल वास (ब्रोन्डबाई)
मिडफिल्डर– थोमस डेलेनी (सेभिया), म्याथियास यन्सेन (ब्रेन्टफोर्ड), क्रिस्टियन इरिक्सन (म्यानचेस्टर युनाइटेड) र पियरे–इमिल होजबर्ग (टोटनहम)
फरवार्ड– एन्ड्रियास स्कोभ ओल्सेन (क्लब ब्रुग), जेस्पर लिन्डस्ट्रोम (इन्ट्राचट फ्रांकफर्ट), आन्र्देस कर्नेलियस (कोपेनहेगन), मार्टिन ब्रेथवेट (इस्पानियोल), कास्पर डोलबर्ग (सेभिया), मिकेल डम्सगार्ड (ब्रेन्टफोर्ड) र जोनास विन्ड (भिएफएल उल्फ्सबर्ग)
ट्युनिसिया
फिफा वरीयता– ३०
विश्वकपमा सहभागिता– ६ पटक (१९७८, १९९८, २००२, २००६, २०१८, २०२२)
खेल–
मंसिर ६, मंगलबार ट्युनिसियाविरुद्ध डेनमार्क
मंसिर १०, शनिबार, ट्युनिसियाविरुद्ध अस्ट्रेलिया
मंसिर १४, बुधबार ट्युनिसियाविरुद्ध फ्रान्स
सन् १९७८ मा पहिलो पटक विश्वकप खेलेको ट्युनिसियाले हालसम्म समूह चरण पार गर्न सकेको छैन ।
यसपटक पनि ट्युनिसिया साविक विजेता फ्रान्स र डेनमार्कसँगै बलियो समूहमा परेको छ । तर, २०१८ को विश्वकप खेलेको टिमभन्दा पूर्ण फरक यस टिमले जलिल काद्रीको ‘मास्टर माउन्ड’ प्रशिक्षणमा खेल्दैछ ।
४–३–३ को अट्याकिङ संरचनालाई अंगालेका काद्रीको प्रशिक्षणमा ट्युनिसियाले कतार विश्वकपमा उच्च आशा राखेको छ ।
ट्युनिसिया फिफा विश्वकपमा खेल जित्ने पहिलो अफ्रिकन टिम हो । अर्जेन्टिनामा सम्पन्न सन् १९९८ मा विश्वकपमा ट्युनिसियाले मेक्सिकोविरुद्ध ३–१ को नतिजा निकाल्दै ऐतिहासिक जित दर्ता गरेको थियो । ट्युनिसियाले विश्वकपमा हालसम्म १३ गोल गरेको छ ।
‘कार्थेज इगल्स’ को उपनामले परिचित ट्युनिसियाका मिडफिल्डर इल्यास सकहिरी महत्वपूर्ण खेलाडी हुन् ।
पछिल्लो समय राष्ट्रिय टिममा उदाएका हाननिबल मेजब्री ट्युनिसियाबाट आशा गरिएका अर्का खेलाडी हुन् । लोनमा बर्मिंघम सिटीबाट खेलिरहेका उनी म्यानचेस्टर युनाइटेडका खेलाडी हुन् । उनले त्यसअघि फ्रेन्च क्लब मोनाकोबाट खेलेका थिए ।