
काठमाडौं । लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनालाई कतार विश्वकपमा प्रमुख उपाधि दाबेदार मानिएको थियो । तर मंगलबार भएको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग स्तब्ध बनेको छ ।
फिफा विश्वकपमा साउदी अरेबियासँग २–१ को अप्रत्यासित हार बेहोरेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले उक्त हार माफीको लायक पनि नभएको बताएका छन् ।
उनले आफूहरुले यसरी सुरुवात गर्छौँ भन्ने पनि नसोचेको बताएका छन् ।
हुन त अर्जेन्टिना विश्वकपमा सदाबहार दाबेदार हो । तर, यसपटक मेसीको अन्तिम विश्वकप भएकाले पनि अर्जेन्टिनालाई विशेष रुपमा हेरिएको थियो ।
अर्जेन्टिनाले १९८६ मा उपाधि जितेपछि कुनै पनि ठूलो प्रतियोगिताको उपाधि जित्न सकेको थिएन । तर, लामो समयपछि अर्जेन्टिनाले २०२१ मा कोपा अमेरिकाको उपाधि जितेको छ । दक्षिण अमेरिकाको उपाधि जितेपछि अर्जेन्टिनी टिममा विजयी मानसिकता बलियो बनेको छ । त्यसको फाइदा यसपटक अर्जेन्टिनालाई हुनेछ ।
अर्जेन्टिना समूह ‘सी’मा छ । यस समूहमा अर्जेन्टिनाले एसियाको साउदी अरब, उत्तर अमेरिकाको मेक्सिको र युरोपको पोल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । यस समूहमा रहेका अन्य टिम कस्ता छन् ?
समूह ‘सी’
अर्जेन्टिना
फिफा वरीयता : ४
विश्वकप सहभागिताः १८ पटक (१९३०, १९३४, १९५८, १९६२, १९६६, १९७४, १९७८, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२, २००६, २०१०, २०१४, २०१८, २०२२)
उत्कृष्ट नतिजा :
खेल :
मंसिर ६, मंगलबार अर्जेन्टिनाविरुद्ध साउदी अरब (अर्जेन्टिना पराजित)
मंसिर १०, शनिबार अर्जेन्टिनाविरुद्ध मेक्सिको
मंसिर १४, बुधबार अर्जेन्टिनाविरुद्ध पोल्यान्ड
कतारमा फिफा विश्वकपको २२औँ संस्करण हुँदै गर्दा अर्जेन्टिनाले हालसम्म विश्वकपको १८ संस्करण खेलेको छ ।
सन् १९७८ र १९८६ गरी दुई पटक विश्वकपको उपाधि जितेको अर्जेन्टिनाले १९३०, १९९० र २०१४ को फाइनल खेलेको थियो । २०२१ को कोपा अमेरिका विजेता अर्जेन्टिना यो विश्वकपको प्रमुख दाबेदार राष्ट्र हो ।
लियोनल स्कालोनीको प्रशिक्षण र लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना पछिल्लो ३५ खेलमा अपराजित छ । र अर्जेन्टिा यो लयलाई विश्वकपको अन्त्यसम्म कायम राख्न चाहन्छ । १६४ अन्तर्राष्ट्रिय खेलमा ९० गोल गरेका मेसी अर्जेन्टिनाबाट सबैभन्दा धेरै खेल खेल्ने र गोल गर्ने खेलाडी हुन् । मेसीकै कप्तानीमा अर्जेन्टिनाले सन् २०१४ को विश्वकपमा फाइनलसम्म यात्रा तय गरेको थियो । २०१८ देखि स्कालोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिना दक्षिण अमेरिकाबाट अपराजित रहँदै विश्वकपमा छनोट भएको हो ।
३५ वर्षीय मेसी अर्जेन्टिनाका प्रमुख खेलाडी हुन् । गोलकिपर इमिलियानो मार्टिनेज, स्ट्राइकर लौटारो मार्टिनेज र मिडफिल्डर रोड्रिगो डि पाउल अर्जेन्टिनाबाट विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी हुन् । यी तीनै खेलाडीले अर्जेन्टिनाबाट पहिलो पटक विश्वकप खेल्न लागेका हुन् । गोलकिपर इमिलियानो मार्टिनेजले ‘डेब्यु’ गरेयता अर्जेन्टिनाले हालसम्म कुनै पनि खेलमा हार बेहोरेको छैन । स्ट्राइकर मार्टिनेजले अर्जेन्टिनाबाट ४० खेल खेल्दा २१ गोल गरिसकेका छन् । मिडफिल्डर डी पाउल कोपा अमेरिकामा अर्जेन्टिनाको टिमबाट सबैभन्दा प्रभावकारी खेलाडी देखिएका थिए ।
अर्जेन्टिनाको टिम :
गोलकिपर : इमिलियानो मार्टिनेज (एस्टन भिल्ला), जेरोनिमो रुली –भियारियाल), फ्रान्को अर्मानी (रिभर प्लेट)
रक्षापंक्ति : नहुएल मोलिना (एट्लेटिको मड्रिड्र), गोन्जालो मोन्सियल (सेभिया), क्रिस्टियन रोमेरो (टोटनहम), निकोलस ओटामेन्टी (बेन्फिका), जर्मन पेजेला (रियाल बेटिस), लिसान्ड्रो मार्टिनेज (म्यानचेस्टर युनाइटेड), मार्कोस एकुना (सेभिया) निकोलस टाग्लियाफिगो (लियोन), जुआन फोथ (भियारियाल)
मिडफिल्ड : रोड्रिगो डी पाउल (एट्लेटिको मड्रिड), लिसान्ड्रो पाराडेज (युभेन्ट्स), एलेक्सिस माक एलिस्टर (ब्राइटन), गुइडो रोड्रिगेज (रियाल बेटिस), पापु गोमेज (सेभिया), एन्जो फर्नान्डेज (बेन्फिका), एक्जेकुयल पालासियोस (बायर्न लिभरकुजेन)
फरवार्ड : एन्जेल डी मारिया (युभेन्टस), लौटोरो मार्टिनेज (इन्टर मिलान), जुलियन अल्भारेज (म्यानचेस्टर सिटी), निकालेस गोन्जालेस (फियोरेन्टिना), जोएक्युन कोरिया (इन्टर मिलान), पाउलो डिबाला (रोमा), लियोनल मेसी (पीएसजी)
मेक्सिको
फिफा वरीयता : १३
विश्वकप सहभागिता : १७ पटक (१९३०, १९५०, १९५४, १९५८, १९६२, १९६६, १९७०, १९७८, १९८६, १९९४, १९९८, २००२, २००६, २०१०, २०१४, २०१८, २०२२)
खेल
मसिंर ६, मंगलबार मेक्सिकोविरुद्ध पोल्यान्ड
मंसिर १०, शनिबार मेक्सिकोविरुद्ध अर्जेन्टिना
मसिंर १४, बुधबार मेक्सिकोविरुद्ध साउदी अरब
विश्वकपको आगामी संस्करणका लागि सह–आयोजक चुनिएको मेक्सिको हालसम्म १७ पटक विश्वकपमा छनोट भएको छ । सन् १९७० र १९८६ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुग्नु मेक्सिकोको अहिलेसम्मकै उत्कृष्ट नतिजा हो ।
तर, विश्वकपमा ‘अन्डरडग’ को रुपमा परिचय बनाएको मेक्सिको कुनै पनि टिमलाई हराउने क्षमता राख्छ । सन् ११९४ यता मेक्सिकोले सबै संस्करणको अन्तिम १६ मा स्थान सफल भएको छ ।
२०१८ मा साविक विजेता जर्मनीलाई स्तब्ध बनाएको मेक्सिको प्री–क्वार्टरफाइलनमा ब्राजिलसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । यसपटक मेक्सिको समूह ‘सी’मा छ । यस समूहमा मेक्सिकोले अर्जेन्टिना, साउदी अरब र पोल्यान्डविरुद्ध खेल्नेछ ।
‘एल ट्री’ उपनामले परिचित मेक्सिको अर्जेन्टिनी प्रशिक्षक जेरार्डो मार्टिनोको प्रशिक्षणमा छ । अर्जेन्टिना र स्पेनिस क्लब बार्सिलोनाको प्रशिक्षण सम्हालिसकेका मार्टिनोले सन् २०१९ देखि मेक्सिकन टिम हेरिरहेका छन् । ३७ वर्षीय गोलकिपर गुएर्मो ओचोआ मेक्सिकोका प्रमुख खेलाडी हुन् । विश्वकपमा ओचोआको प्रदर्शन सँधै असाधारण रहँदै आएको छ । ओचोआले तेस्रो रोजाईको गोलकिपरका रुपमा सन् २००६ को विश्वकपका लागि घोषित मेक्सिकन टिममा स्थान बनाएका थिए । तर, उनले २०१४ को विश्वकपमा मात्र ‘डेब्यु’ को मौका पाए । फरवार्ड लाइनमा ३१ वर्षीय राउल जिमेनेज र २७ वर्षीय हाइर्भिङ लोजानोसँगै २४ वर्षीय युवा मिडफिल्डर एडसन अल्भारेज मेक्सिकन टिमका प्रमुख खेलाडी हुन् ।
साउदी अरब
फिफा वरीययता– ५१
विश्वकप सहभागिताः ६ पटक (सन् १९९४, १९९८, २००२, २००६, २०१८ र २०२२)
खेल :
मंसिर ६, मंगलबार साउदी अरबविरुद्ध मेक्सिको
मंसिर १०, शनिबार साउदी अरबविरुद्ध पोल्यान्ड
मंसिर १४, बुधबार साउदी अरबविरुद्ध मेक्सिको
साउदी अरबको यो छैटौं विश्वकप हो । साउदी अरबले सन् १९९४ मा अमेरिकामा सम्पन्न विश्वकपमा पहिलो पटक खेलेको थियो । त्यो विश्वकपमा साउदी अरबले अन्तिम–१६ सम्मको यात्रा तय गरेको थियो । त्यो नै विश्वकपमा साउदी अरबको अहिलेसम्मकै उत्कृष्ट नतिजा हो ।
६ विश्वकपमा हालसम्म १६ खेल खेलेको साउदीले ११ गोल गरेको छ । ‘ग्रीन फाल्कोन्स’ को उपनामले परिचित साउदी अरबले कतार विश्वकपमा समूह ‘सी’को अर्जेन्टिना, मेक्सिको र पोल्यान्डजस्ता बलियो टिमविरुद्ध खेल्नेछ ।
साउदी अरब फ्रान्सेली प्रशिक्षक हर्भ रेनार्डको प्रशिक्षणमा छ । रेनार्ड सन् २०१९ मा साउदी अरबको प्रशिक्षकमा नियुक्त भएका थिए । त्यसअघि उनले २०१८ को विश्वकपमा मोरोक्कोको प्रशिक्षण सम्हालेका थिए । रेनार्डको प्रशिक्षणमा जाम्बियाले सन् २०१२ को ‘अफ्रिका कप अप नेसन्स’को उपाधि जितेको थियो ।
विंगर सलिम अल डव्सरी साउदी अरबका सबैभन्दा महत्वपूर्ण खेलाडी हुन् । अल हिलालबाट व्यवसायिक फुटबल खेल्ने उनले सन् २०१७–१८ एक सिजन लोनम भियारियालबाट पनि खेलेका थिए । उनले २०१८ को विश्वकप पनि खेलेका थिए । जहाँ समूह चरणको अन्तिम खेलमा इजिप्टलाई २–१ ले पराजित गर्दा उनले नै अन्तिम समयमा निर्णायक गोल गरेका थिए । २२ वर्षीय युवा स्ट्राइकर फिरास अल बुरैकन साउदी अरबका अर्का आशा गरिएका खेलाडी हुन् ।
पोल्यान्ड
फिफा वरीयता : २६
विश्वकप सहभागिता : ९ (१९३८, १९७४, १९७८, १९८२, १९८६, २००२, २००६, २०१८, २०२२)
खेल :
मसिंर ६, मंगलबार पोल्यान्डविरुद्ध मेक्सिको
मंसिर १०, शनिबार पोल्यान्डविरुद्ध साउदी अरब
मंसिर १४, बुधबार पोल्यान्डविरुद्ध अर्जेन्टिना
विश्वकपको युरोपियन छनोटमा पोल्यान्डले १० खेलबाट २० अंक जोड्दै कतार विश्वकपको टिकट काटेको थियो ।
समूहमा बलियो टिम इङ्ल्यान्ड समूह विजेता बन्दा पोल्यान्डले उपविजेतामा चित्त बुझाएको थियो । पोल्यान्डले पहिलो प्लेअफमा रुस प्रतिद्वन्दी पाएको थियो ।
तर, युक्रेनमाथिको आक्रामणका कारण रुस फिफाबाट प्रतिबन्धमा परेपछि पोल्यान्डले सोझै प्लेअफको फाइनल राउन्ड खेलेको थियो । जहाँ रोवर्ट लेवानडोवस्कीको टिमले स्वीडेनलाई २–० ले पराजित गर्दै कतार विश्वकपमा स्थान पक्का गरेको थियो ।
प्लेअफकै दौरान प्रशिक्षक पाउलो सोउसा ब्राजिलियन क्लब फ्लेमिङ्गो गएपछि चेस्ल मिच्नभिच पोल्यान्डको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । विश्वकपमा पोल्यान्डको यो नवौँ सहभागिता हो ।
पोल्यान्ड फ्रान्समा सन् १९३८ मा भएको विश्वकपमा पहिलो पटक खेलेको थियो । १९७४ र १९८२ को विश्वकपमा तेस्रो भएको पोल्यान्डको त्यो नै अहिलेसम्मको उत्कृष्ट नतिजा हो ।
३४ वर्षीय कप्तान रोवर्ट लेवानडोवस्की पोल्यान्डका प्रमुख खेलाडी हुन् । हाल बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेको लेवानडोवस्कीले त्यसअघि जर्मन क्लब बायर्न म्युनिख र बोरुसिया डर्टमन्डबाट खेलेका थिए । राष्ट्रिय टिमबाट १३४ खेल खेलेका लेवानडोवस्कीले ७६ गोल गरेका छन् । २८ वर्षीय पिओटर जिलिनस्की पोल्यान्डका अर्का प्रमुख खेलाडी हुन् । उनी सन् २०१६ देखि इटालियन क्लब नापोलीबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् ।
पोल्यान्ड टिम :
गोलकिपर : बार्टलोमिएज ड्रागोवस्की (स्पेजिया), लुकाज स्कोरुपस्की (बोलोग्ना), वोज्सिच स्जेस्नी (युभेन्टस)
रक्षापंक्तिः जान बेडनारेक (एस्टन भिल्ला), बार्टोज बेरेस्जिनस्की (साम्पडोरिया), म्याटी क्यास (एस्टन भिल्ला), कामिल ग्लिक (बेनेभेन्टो), रोबर्ट गुम्नी (एफसी औसबर्ग), आर्टुर जेड्रजेजिक (लेगिया वार्सा), जाकुब किविओर (स्पेजिया), माटेउज विटेस्का (क्लेरमान्ट), निकोला जालेवस्की (एएस रोमा)
मिडफिल्डः क्रिस्टियन बिएलिक (बर्मिङ्घम सिटी), प्रेमिस्लाव फ्रानकोस्की (लेन्स), कामिल ग्रोसिकी (पोगोन स्जेसिन), जाकुब कामिनस्की (भिएफएल उल्फ्सबर्ग), ग्र्जेगोर्ज क्रिचोविक (अल–शबाब), माइकल स्कोरास (लेच पोजनान), डामैन सेमानस्की (एईके एथेन्स), सेबास्टियन सेमानस्की (फियोनउड), पिओट जिलिनस्की (नेपोली), सेमोन जुर्कोवस्की (फियोरेन्टिना)
फरवार्डः रोबर्ट लेवानडोवस्की (बार्सिलोना), अर्काडियास मिलिक (युभेन्टस), क्रिजस्तोफ पिएटेक (सालेर्निटाना), कारोल स्विडरस्की (चार्लोट एफसी)