site stats
फिफा विश्वकपमा आज चार खेल हुँदै
फिफा विश्वकपमा आज चार खेल हुँदै

काठमाडौं । फिफा विश्वकपमा आज समूह ‘ई’ र ‘एफ’ का समान दुई खेल गरी चार खेलहरू हुँदैछन् । 

कतारको अल बायत रंगशालामा हुने आजको पहिलो खेलमा समूह ‘एफ’ मा रहेको साविक उपविजेताले मोरोक्कोको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुने दिनको दोस्रो खेलमा समूह ‘ई’ को जर्मनीले जापानविरुद्ध खेल्नेछ । खेल साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ । 

राति ९ः४५ बजेदेखि अल थुमामा रंगशालामा सुरु हुने आजको तेस्रो खेलमा समूह ई’ मा रहेको स्पेनले कोस्टा रिकाविरुद्ध खेल्नेछ । 

यस्तै, दिनको अन्तिम खेलमा राति १२ः४५ बजे बेल्जियमलाई क्यानडाले चुनौती प्रस्तुत गर्दै छ । यो खेल अहमेद बिन अली रंगशालामा हुनेछ ।

प्रकाशित मिति:बुधबार, मंसिर ७, २०७९  ०४:४५
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल