site stats
गोलकिपर ओचाअ नायक बन्दा हारबाट जोगियो मेक्सिको
गोलकिपर ओचाअ नायक बन्दा हारबाट जोगियो मेक्सिको

 काठमाडौं । गोलकिपर गुयर्मो ओचाअ नायक बनेपछि फिफा विश्वकपमा मंगलबार 'सी' का मेक्सिकोले पोल्यान्डसँगको सम्भावित हार टारेको छ । 

कतारको रंगशाला ९७४ मा सम्पन्न खेलको दोस्रो हाफमा पोल्यान्डले पाएको पेनाल्टी बचाउँदै ओचाअले मेक्सिकोको हार टारे । ओचाअले पेनाल्टी रोकेपछि खेल गोलरहित बराबरीमा टुंगियो ।

खेलको ५८औँ मिनेटमा लेवान्डोवस्कीलाई मेक्सिकोका खेलाडीले आफ्नो पेनाल्टी क्षेत्रभित्र लडाएपछि पोल्यान्डले भिडियो असिस्टेन्ट रेफ्री (भार) को सहयोगमा पेनाल्टी पाएको थियो ।

FB_IMG_16691387094751669141006.jpg

तर, गोलकिपर ओचाअले लेवान्डोवस्कीको प्रहार सही अनुमान लगाउदै विफल बनाएपछि पोल्यान्डले गोलको सुनौलो मौका गुमायो । ओचाअ कतार विश्वकपमा पेनाल्टी बचाउने पहिलो गोलकिपर बने । 

यो बराबरीसँगै एक अंक जोडेको मेक्सिको तालिकाको दोस्रो स्थानमा छ । समान अंक जोडेको पोल्यान्ड तालिकाको तेस्रो स्थानमा छ । एक खेलबाट तीन अंक जोडेको साउदी तालिकाको शीर्ष स्थानमा छ । अंकविहीन अर्जेन्टिना पुछारमा छ । 

समूहबाट शीर्ष दुई टिमले प्रि-क्वार्टरफाईनलमा स्थान बनाउने छन् ।

आजै भएको समूह 'सी' को पहिलो खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २-१ ले पराजित गरेको थियो । 

प्रकाशित मिति:बुधबार, मंसिर ७, २०७९  ००:०२
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल