मेक्सिको र पोल्यान्डबीचको पहिलो हाफ गोलरहित बराबर

काठमाडौं । फिफा विश्वकपमा मंगलबार जारी समूह 'सी' का मेक्सिको र पोल्यान्डबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
कतारको रंगशाला ९७४ मा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलको मौका बनाएपनि त्यसलाई सदुपयोग गर्न भने असफल रहे ।
यो समूहमा मेक्सिको र पोल्यान्डबाहेक अर्जेन्टिना र साउदी अरेबिया पनि छन् । समूहबाट शीर्ष दुई टिमले प्रि-क्वार्टरफाईनलमा स्थान बनाउने छन् ।
आजै भएको समूह 'सी' को पहिलो खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २-१ ले पराजित गरेको थियो ।
प्रकाशित मिति:मंगलबार, मंसिर ६, २०७९ २२:४१
प्रतिक्रिया दिनुहोस्
अंक तालिका