site stats
अर्जेन्टिनाको हार माफीलायक छैन : मेसी
अर्जेन्टिनाको हार माफीलायक छैन : मेसी

काठमाडौं । फिफा विश्वकपमा साउदी अरेबियासँग २–१ को अप्रत्यासित हार बेहोरेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले उक्त हार ‘माफीको लायक’ नभएको बताएका छन् ।

अर्जेन्टिना कतार विश्वकपअन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा मंगलबार अप्रत्यासित रूपमा साउदी अरेबियासँग पराजित भएको थियो ।

खेलको पहिलो हाफमा प्राप्त पेनाल्टीमा गोल गर्दै मेसीले अर्जेन्टिनालाई अग्रता दिलाए पनि दोस्रो हाफमा अल सेहरी र अल ड्वसरीले गोल गर्दै साउदी अरेबियाको पुनरागमन जित निश्चित गराएका थिए ।

विश्वकपमा अर्जेन्टिना ३२ वर्षपछि समूह चरणको पहिलो खेलमा पराजित भएको हो । दुईपटकको विश्व विजेता अर्जेन्टिना पछिल्लोपटक सन् १९९० को इटाली विश्वकपमा क्यामरुनसँग समूह चरणको पहिलो खेलमा पराजित भएको थियो ।

“यसका लागि कुनै माफ छैन । यो नतिजा सबैका लागि कठिन थियो । हामीले यसरी सुरुआत गर्छाैँ भन्ने सोचेका थिएनाैँ । आगामी दिनमा हामी अझ ऐक्यबद्ध हुनेछाैँ । यो समूह निकै बलियो थियो । र, आज उनीहरूले यसलाई पुष्टि पनि गरे,” खेलपछि मेसीले भने । 

प्रकाशित मिति:मंगलबार, मंसिर ६, २०७९  २१:२७
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल