site stats
पहिलो हाफमा डेनमार्कलाई रोक्न सफल ट्युनिसिया
पहिलो हाफमा डेनमार्कलाई रोक्न सफल ट्युनिसिया

काठमाडौं । फिफा विश्वकपमा मंगलबार समूह 'डी' को खेलमा ट्युनिसियाले डेनमार्कलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको छ । 

कतारको एजुकेसन सिटी रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा चार मिनेट इन्जुरी टाइम थपिएको थियो ।

यो समूहमा डेनमार्क र ट्युनिसियासँगै साबिक विजेता फ्रान्स र अस्ट्रेलिया छन् । समूहबाट शीर्ष स्थानमा रहने दुई टिमले अन्तिम-१६ मा स्थान बनाउनेछन् ।

प्रकाशित मिति:मंगलबार, मंसिर ६, २०७९  १९:४९
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल