मेसीको गोलमा अर्जेन्टिनालाई अग्रता

काठमाडौं । फिफा विश्वकपमा मंगलबार समूह ‘सी’को खेलमा साउदी अरेबियाविरुद्धको पहिलो हाफमा अर्जेन्टिनाले १–० को अग्रता बनाएको छ ।
कतारस्थित लुसैल रंगशालामा जारी खेलको सातौँ मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
पाँचौ मिनेटमा साउदीका रक्षकले अर्जेन्टिनाका लियान्ड्रो पाराडेजलाई लडाएपछि अर्जेन्टिनाले खेलको सातौँ मिनेटमा भिडियो असिस्टेन्ट रेफ्री (भार)को सहयोगमा पेनाल्टी पाएको थियो । जसमा कप्तान लियोनल मेसीले कुनै गल्ति गरेनन् ।
यसबाहेक अर्जेन्टिनाले पहिलो हाफमा तीन गोल गरे पनि रेफ्रीले सबैलाई अफसाइडको इशारा गरेका थिए । पहिलो हाफमा पाँच मिनेट इन्जुरी टाइम थपिएको थियो ।
विश्वकपमा साउदी अरेबियाले पहिलोपटक अर्जेन्टिनाविरुद्ध खेलेको हो । विश्वकपको समूह ‘सी’मा अर्जेन्टिना र साउदी अरेबियासँगै पोल्यान्ड र मेक्सिको छन् ।
प्रकाशित मिति:मंगलबार, मंसिर ६, २०७९ १६:४३
प्रतिक्रिया दिनुहोस्
अंक तालिका