1669078602.jpg)
काठमाडौं । खेलको निर्धारित समय सकिन ८ मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीमा कप्तान गारेथ बेलले कुनै गल्ती नगरेपछि फिफा विश्वकपमा सोमबार अमेरिकाविरुद्ध वेल्स हारबाट जोगिएको छ ।
कतारको अहमेद बिन अली रंगशालामा सोमबार सम्पन्न खेलको ८१औँ मिनेटसम्म अमेरिकाले वेल्सविरुद्ध १–० को अग्रता बनाएको थियो । तर, वाल्कर जिमेरम्यानले पेनाल्टी क्षेत्रभित्र बेललाई नै लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो । जसमा कप्तान बेलले कुनै गल्ती गरेनन् ।
त्यसअघि टिमोथी वेहले ३६औँ मिनेटमा गरेको गोलबाट अमेरिकाले अग्रता बनाएको थियो ।
बराबरीसँगै एक अंक जोडेको वेल्स समूह ‘बी’ को दोस्रो स्थानमा उक्लिएको छ । समान अंक जोडेको अमेरिका तेस्रो स्थानमा छ । समूहको शीर्ष स्थानमा भने तीन अंक जोडेको इंग्ल्यान्ड छ । यस्तै, अंकविहीन इरान पुछारमा छ ।
सोमबार नै भएको खेलमा इंग्ल्यान्डले इरानलाई ६–२ ले पराजित गरेको थियो ।