site stats
नेदरल्यान्ड्सको विजयी सुरुआत
नेदरल्यान्ड्सको विजयी सुरुआत

 काठमाडौं । युवा खेलाडी कोडी गाक्पो र वैकल्पिक खेलाडी ड्याभी क्लासनले गरेको गोलमा नेदरल्यान्ड्सले सोमबार राति फिफा विश्वकप २०२२ मा सेनेगलमाथि २–० को विजय हासिल गरेको छ ।

२३ वर्षे फरवार्ड गाक्पोले खेल सकिन ६ मिनेट बाँकी हुँदा गरेको गोलबाट नेदरल्यान्ड्सले अग्रता लिएको थियो । पीएसभी आइन्डहोभनका फरवार्ड गाक्पोले फ्रांक डी योङको पासलाई हेडमार्फत पोस्टकाे दिशा दिएका हुन् । नेदरल्यान्ड्सले विपक्षी पोस्टको फ्रेममा गरेको प्रहार नै त्यही थियो ।

lcimg-f14808b0-5630-4a7c-a329-74a511b240101669051494.jpeg

इन्जुरी समयमा वैकिल्पक खेलाडी क्लासनले अर्को गोल थपेपछि नेदरल्यान्ड्सले महत्वपूर्ण तीन अंक पक्का गरेको हो । अर्का वैकल्पिक खेलाडी मेम्फिस डिपाएले हानेको प्रहार सेनेगलका गोलकिपर इडुवार्ड मेन्डीले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा पाएको बललाई क्लासनले पोस्टको दिशा दिएका थिए । क्लासन ७९औँ मिनेटमा स्नेभन बर्गविनको स्थानमा मैदान छिरेका थिए । 

जितसँगै तीन अंक जोडेको नेदरल्यान्ड्स समूह ‘ए’को शीर्ष स्थानमा रहन सफल भएको छ । पराजित सेनेगलमाथि भने समूहका बाँकी खेलमा दबाब बढेको छ । समूह ‘ए’को पहिलो खेलमा इक्वेडरले आयोजक कतारलाई २–० ले हराएको थियो । समान तीन अंक जोडेको इक्वेडर दोस्रो स्थानमा छ । सेनेगललाई अब अघिल्लो चरणमा स्थान बनाउनका लागि बाँकी खेल जित्नै पर्ने दबाब हुन्छ । 

lcimg-d706526b-e4db-461a-aa38-a5e844696d491669051495.jpeg

नेदरल्यान्ड्स २०१४ पछि पहिलोपटक विश्वकप खेलेको हो । लुइस भान हालको प्रशिक्षणमा रहेको नेदरल्यान्ड्स पछिल्लो १५ खेलमा अपराजित छ । ६२औँ मिनेटसम्म गोल नभएपछि नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान हालले मेम्फिस डिपाएलाई खेलाएका थिए । बार्सिलोनाका फरवार्ड डिपाए ह्यामस्ट्रिङ चोटबाट गुज्रिएका थिए । तर, भान हालले डिपाएर खेलाएर जोखिम मोलेका थिए । 

चौथो मिनेटमै नेदरल्यान्ड्सले पाएको गोलको अवसरलाई सदुपयोग गर्न सकेको थिएन । त्यस्तै १९औँ मिनेटमा नेदरल्यान्ड्सका डी योङले गोलको राम्रो अवसर खेर फालेका थिए ।

lcimg-48a56a50-f925-403f-b948-2fedf1b1ae521669051494.jpeg

३३औँ मिनेटमा सेनेगलका साबलेको प्रयासलाई नेदरल्यान्ड्सका गोलकिपरले विफल बनाए । नेदरल्यान्ड्सका २८ वर्षे गोलकिपर आन्द्रेस नोपर्टले आज अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरे । ७३औँ मिनेटमा इद्रिसा गाना गुइएले हानेको प्रहार नोपर्टले बचाएका थिए । नापोर्टले ६५औँ मिनेटमा पनि बौलाए डियाले हानेको प्रहार बचाएका थिए ।  

सेनेगलले चोटका कारण आफ्नो मुख्य खेलाडी सडियो मानेलाई गुमाएको थियो । मानेको अभाव आजको खेलमा पनि देखिएको थियो । सेनेगल पनि पछिल्लो पाँच खेलमा अपराजित थियो । सेनेगलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । 

प्रकाशित मिति:मंगलबार, मंसिर ६, २०७९  ००:०७
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल