site stats
नेदरल्यान्ड्स र सेनेगलले पहिलो हाफ गोलरहित बराबरी खेले
नेदरल्यान्ड्स र सेनेगलले पहिलो हाफ गोलरहित बराबरी खेले

काठमाडौं । गोलका केही राम्रो अवसरलाई सदुपयोग गर्न नसक्दा नेदरल्यान्ड्सले सोमबार राति फिफा विश्वकपमा सेनेगलविरुद्धको पहिलो हाफ गोलरहित बराबरी खेलेको छ । 

lcimg-d706526b-e4db-461a-aa38-a5e844696d491669051437.jpeg

चौथो मिनेटमै नेदरल्यान्ड्सले पाएको अवसरलाई सदुपयोग गर्न सकेन । त्यस्तै १९औँ मिनेटमा नेदरल्यान्ड्सका फ्रांक डी योङले गोलको राम्रो अवसर खेर फाले । ३३औँ मिनेटमा सेनेगलका साबलेको प्रयासलाई नेदरल्यान्ड्सका गोलकिपरले विफल बनाए । 

lcimg-48a56a50-f925-403f-b948-2fedf1b1ae521669051436.jpeg

नेदरल्यान्ड्सका २८ वर्षे गोलकिपर आन्द्रेस नोपर्टले आज अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरे । नेदरल्यान्ड्स २०१४ पछि पहिलोपटक विश्वकप खेल्दैछ । 

सेनेगलले चोटका कारण आफ्नो मुख्य खेलाडी सडियो मानेलाई गुमाएको थियो । मानेको अभाव आजको खेलमा पनि देखियो । 

प्रकाशित मिति:सोमबार, मंसिर ५, २०७९  २३:०९
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल