site stats
कतार बन्यो विश्वकपको इतिहासमा उद्घाटन खेल हार्ने पहिलो आयोजक राष्ट्र
कतार बन्यो विश्वकपको इतिहासमा उद्घाटन खेल हार्ने पहिलो आयोजक राष्ट्र

काठमाडौं । कतार फिफा विश्वकपको इतिहासमा उद्घाटन खेलमै पराजित हुने पहिलो आयोजक राष्ट्र बनेको छ । कतार विश्वकपअन्तर्गत समूह 'ए' को खेलमा आइतबार इक्वेडरसँग २–० स्तब्ध बन्यो ।

विश्वकपको ९२ वर्षे इतिहासमा हालसम्म कुनैपनि आयोजक राष्ट्रले उद्घाटन खेलमा हार बेहोरेको थिएनन् ।

यसअघि सन् २०१० मा दक्षिण अफ्रिकाले मेक्सिकोसँग १–१ को बराबरी खेल्नु नै आयोजकको सबैभन्दा खराब नतिजा थियो । 

कतारको अल बायत रंगशालामा इक्वेडरलाई जित दिलाउन दुवै गोल कप्तान इनर भ्यालेन्सियाले गरे । 

20221120_2352541668968326.jpg

खेलको १६ औँ मिनेटमा कतारका गोलकिपर साद अल सिबले भ्यालेन्सियामाथि फाउल गरेपछि इक्वेडरले पेनाल्टी पाएको थियो । जसमा कप्तान भ्यालेन्सियाले कुनै गल्ती गरेनन् । उनी विश्वकपको २२ औँ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने । 

यस्तै, ३१ औँ मिनेटमा भ्यालेसियाले नै हेडर गोल गर्दै इक्वेडरको अग्रता दोब्बर पारे । 

त्यसअघि खेलको तेस्रो मिनेटमा नै इक्वेडरका भ्यालेन्सियाले नै गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भार) ले त्यसलाई अफसाइड दिएको थियो ।

जितसँगै तीन अंक जोडेको इक्वेडर समूह 'ए' को शीर्ष स्थानमा उक्लिएको छ । यो समूहमा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स छन् ।

WC Qatar (2)1668968326.jpg

विश्वकपमा भोली (सोमबार) तीन खेल हुदैछन् । जहाँ पहिलो खेलमा साझ ०६:४५ बजे समूह 'बी' का इंग्ल्यान्ड र इरान भिड्नेछन् । यस्तै दोस्रो खेलमा राति ०९:४५ बजे समूह 'ए'का सेनेगल र नेदरल्यान्ड्स खेल्दा राति १२:४५ बजे समूह 'बी' कै अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति:सोमबार, मंसिर ५, २०७९  ००:०६
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल