site stats
पहिलो हाफमा कतारविरुद्ध इक्वेडर २-० ले अघि
पहिलो हाफमा कतारविरुद्ध इक्वेडर २-० ले अघि

काठमाडौं । फिफा विश्वकप-२०२२ को उद्घाटन खेलको पहिलो हाफमा आयोजक कतारविरुद्ध इक्वेडरले २-० को अग्रता बनाएको छ । 

कतारको अल बायत रंगशालामा जारी खेलको पहिलो हाफमा इक्वेडरका लागि दुवै गोल कप्तान इनर भ्यालेन्सियाले गरे । 

खेलको १६औँ मिनेटमा कतारका गोलकिपर साद अल सिबले इक्वेडरका भ्यालेन्सियाले माथि फउल गरेपछि इक्वेडरले पेनाल्टी पाएको थियो । जसमा कप्तान भ्यालेन्सियाले कुनै गल्ती गरेनन् । उनी विश्वकपको २२औँ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने । 

यस्तै, ३१औँ मिनेटमा भ्यालेसियाले नै हेडर गोल गर्दै इक्वेडरको अग्रता दोब्बर पारे । 

त्यसअघि खेलको तेस्रो मिनेटमा नै इक्वेडरका भ्यालेन्सियाले नै गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भीआर) ले त्यसलाई अफसाइड दिएको थियाे । पहिलो हाफमा कतारले एउटा पनि गतिलो आक्रमण बुन्न सकेन ।

विश्वकपको इतिहासमा हालसम्म कुनैपनि आयोजक राष्ट्रले उद्घाटन खेलमा हार बेहोरेको छैन ।

प्रकाशित मिति:आइतबार, मंसिर ४, २०७९  २२:५७
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल