site stats
विश्व फुटबलकाे कुम्भमेला सुरु
विश्व फुटबलकाे कुम्भमेला सुरु

 काठमाडौं । कतार विश्वकपको उद्घाटन समारोह समाप्त भएको छ । सेन्ट्रल दोहाबाट ३५ किलोमिटर उत्तरमा रहेको अल खोर सिटीस्थित अल बायत रंगशालामा भव्यताका साथ उद्घाटन समारोह समाप्त भएको हो । 

उद्घाटन समारोहमा कतारका घानियन अल मुफ्ताहलाई नायकका रुपमा प्रस्तुत गरिएको थियो । उनी ‘काडल रिग्रेसन सिन्ड्रोम’का साथ जन्मिएका थिए । जसले मेरुदण्डको तल्लो भागलाई असर गर्छ । अल मुफ्ताहलाई ‘मिराकल ब्वाई’ भनेर पनि चिनिन्छ । त्यस्तै, अमेरिकी कलाकार मोर्गान फ्रीम्यान, कतारकै गायक फहाद अल कुबैसी र दक्षिण कोरियाका गायक जुङ कुकले प्रस्तुति दिएका थिए । 

त्यस्तै पुरानो विश्वकपका मस्कटहरू पनि एकसाथ प्रस्तुत गरिएको थियो । कतारका संस्कृति झल्काउने प्रस्तुतिका साथै कतारी फुटबलको विकास क्रमलाई पनि प्रस्तुत गरिएको थियो । साथै आतिसबाजी पनि गरिएको थियो । 

उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरले प्रतिस्पर्धा गर्दैछन् । कतारको यो पहिलो विश्वकप हो भने इक्वेडरले यसअघि तीनपटक खेलिसकेको छ । 

lcimg-48db9828-08b2-49b3-9b71-53f3e5135af21668960948.jpeglcimg-8bffcf83-23a1-491c-b774-c46eec00ca451668960946.jpeglcimg-7d4ad01d-31aa-4dec-a6b7-5d725e75bf411668960948.jpeglcimg-95991808-8c57-402f-9284-0b675a3763be (1)1668960947.jpeg316242708_6640424122640045_6641027032952548559_n1668960944.jpegFiBFNMPXwAMAPFx1668960942.jpeg316125392_6640439825971808_2206369269882098855_n1668960941.jpeg316277967_6640423102640147_2295581915118323851_n1668960941.jpeg316409843_6640374499311674_900738101247315293_n1668961076.jpeg316242762_6640433179305806_6193050847694276727_n1668961077.jpegFiBBkt-X0Acomid1668961076.jpeg316045670_6640316712650786_6277139971062620183_n1668961078.jpeg

प्रकाशित मिति:आइतबार, मंसिर ४, २०७९  २२:०८
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल