
काठमाडौं । फिफा वरीयतालाई आधार मान्ने हो भने विश्वकपका आठ समूहमध्ये ‘बी’लाई ‘ग्रुप अफ डेथ’का रुपमा मान्न सकिन्छ । कारण– यस समूहका टिमको फिफा वरीयता औसत अन्य समूहको भन्दा बढी छ ।
विश्व भू–राजनीतिमा अमेरिका र इरान तथा इरान र बेलायतबीचको टकरावका कारण पनि यस समूहलाई विश्वकपमा विशेष रुपमा हेरिएको छ ।
विशेष गरी अमेरिका र इरानबीचको खेललाई ‘मदर अफ अल गेम्स–२’को रुपमा चित्रित गरिएको थियो ।
१९९८ को विश्वकपमा पनि इरान र अमेरिका एकै समूहमा परेका थिए । त्यतिबेला इरानले अमेरिकालाई २–१ ले हराएको थियो ।
र, उक्त खेल ‘मदर अफ अल गेम्स’का नामले चर्चित छ ।
एकपटक विश्वकपको उपाधि जितिसकेको इङ्ल्यान्ड समूहबाट अन्तिम–१६ पुग्ने सम्भावित टिममध्ये सबैभन्दा बलियो दाबेदार हो ।
गारेथ साउथगेटको प्रशिक्षणमा रहेको इङ्ल्यान्डले विश्वकपको युरोपियन छनोटमा समूह ‘आई’बाट विजेता बन्दै कतारमा हुने फुटबल महाकुम्भमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
पछिल्लो संस्करण सेमिफाइनलसम्मको यात्रा तय गरेकाले पनि यसपटक इङ्लिस टिमबाट उच्च आशा गरिएको छ ।
ग्रेग बर्हाल्टरको प्रशिक्षणमा रहेको अमेरिका उत्तर अमेरिकी छनोटबाट तेस्रो स्थानमा रहँदै कतार विश्वकपका लागि छनोट भएको थियो ।
एसियाली ‘पावर हाउस’ इरानले विश्वकपको एसियाली छनोटमा समूह ‘ए’ को उपाधि जित्दै कतारमा स्थान पक्का गरेको थियो ।
वेल्सले युरोपियन छनोटको प्लेअफको फाइनलमा युक्रेनलाई १–० ले पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो ।
समूह ‘बी’
इङ्ल्यान्ड
फिफा वरीयता : ५
विश्वकपमा सहभागिता : १७ पटक (१९५०, १९५४, १९५८, १९६२, १९६६, १९७०, १९८२, ११९८६, १९९०, १९९८, २००२, २००६, २०१०, २०१४, २०१८, २०२२)
उत्कृष्ट प्रदर्शन : विजेता (१९६६)
खेल :
मंसिर ५, सोमबार इङ्गल्यान्डविरुद्ध इरान
मंसिर ९, शुक्रबार इङ्गल्यान्डविरुद्ध अमेरिका
मंसिर १३, मंगलबार वेल्सविरुद्ध इङ्गल्यान्ड
१९५० मा पहिलोपटक विश्वकप खेलेको इङ्गल्यान्डले १९६६ मा उपाधि जितेको थियो ।
जुन विश्वकप इङ्गल्यान्ड आफैँले आयोजना गरेको थियो । ५६ वर्षअघिजस्तै नतिजा निकाल्ने लक्ष्यमा छ इङ्ल्यान्ड यसपटक ।
रुसमा सम्पन्न २०१८ को विश्वकपमा सेमिफाइनल खेलेको इङ्गल्यान्डले २०२० को युरोपियन च्याम्पियनसिपमा उपविजेता बनेको थियो ।
र, त्यही लयलाई अघि बढाउँदै इङ्ल्गयान्ड अहिले विश्वकपको उपाधि जित्ने लक्ष्यमा हुनेछ । रुसमा तेस्रो स्थानको लागि भएको खेलमा इङ्गल्यान्ड कोलम्बियासँग पराजित भएको थियो ।
गत संस्करणमा ‘गोल्डेन बुट’ जितेका ह्यारी केनले नेतृत्व गरेको इङ्गल्यान्ड टिममा युवा खेलाडीको वर्चश्च हुनेछ । इङ्गल्यान्डले विश्वकप छनोटमा अपराजित हुँदै कतारको टिकट पक्का गरेको थियो ।
इङ्ल्यान्डले छनोट प्रतियोगितामा ३९ गोल गरेको थियो । इङ्ल्यान्डको समूहमा हंगेरी, पोल्यान्ड जस्ता बलिया टिम थिए ।
तर, पछिल्लो समय युईएफए नेसन्स लिगमा भने इङ्गल्यान्डको प्रदर्शन सन्तोषनजक रहेन । त्यसकारण विश्वकपमा पनि इङ्गल्यान्डको प्रदर्शनलाई लिएर शंका गर्ने ठाँउ दिएको छ ।
हंगेरीसँग घरेलु मैदानमा ४–० ले हारेको इङ्गल्यान्ड इटालीसँग पनि १–० ले पराजित भएको थियो । नेसन्स लिग ‘ए’को समूह–३ मा इङ्गल्यान्ड पुछारमा रहेको थियो ।
सेप्टेम्बर २०१६ देखि इङ्गल्यान्ड गारेथ साउथगेटको प्रशिक्षणमा खेलिरहेको छ । साउथगेटले त्यसपछि पनि इङ्गल्यान्डको उमेर समूहमा प्रशिक्षण दिएका थिए ।
साउथगेटको प्रशिक्षणमा इङ्गल्यान्डले फरक फरक शैलीमा खेलेको छ । सुरुमा ३–५–२ मा खेलेको इङ्गल्यान्डले रुसमा ३–४–३ को शैलीमा खेलेको थियो ।
त्यसपछि साउथगेटले ४–३–३ टिमलाई परिवर्तन गरे । उनले फेरि टिमलाई ४–२–३–१ को शैलीमा पनि खेलाए ।
त्यसकारण कतारमा साउथगेटले पुनः नयाँ शैलीमा खेलाउने सम्भावना पनि उत्तिकै छ । पक्कै पनि केन इङ्गल्यान्डको केन्द्रबिन्दुमा रहने छन् ।
केनले जारी सिजन टोटनहमबाट लिगमा ११ गोल गरिसकेका छन् । व्यक्तिगत रुपमा हेर्दा इङ्गल्यान्डका सबै स्टार छन् ।
केनसँगै बुकायो साका, फिल फोडान, उत्कृष्ट लयमा छन् ।
इङ्गल्यान्ड समूह ‘बी’मा छ । समूह ‘बी’मा इङ्गल्यान्डले इरान, अमेरिका र बेलायतकै वेल्ससँग प्रतिस्पर्धा गर्नेछ ।
इङ्गल्यान्डको टिम :
गोलकिपर : जोर्डन पिकफोर्ड (एभर्टन), निक पोप (न्युक्यासल युनाइटेड), आरोन राम्सडेल (आर्सनल)
डिफेन्डर : ट्रेन्ट अलेजेन्ड्रर अर्नोल्ड (लिभरपुल), एरिक डायर (टोटनहम) कोनोर कोएडी (एभर्टन), ह्यारी मग्वाएर (म्यानचेस्टर युनाइटेड), लुक स (म्यानचेस्टर युनाइटेड), जोन स्टोन्स (म्यानचेस्टर सिटी), काइरन ट्रिपियर (न्युक्यासल युनाइटेड), काइल वाल्कर (म्यानचेस्टर सिटी), बेन ह्वाइट (आर्सनल)
मिडफिल्डर : जुड बेलिङ्घम (बोरुसिया डर्टमन्ड), कोनोर गालाघेर (चेल्सी), जोर्डन हेन्डरसन (लिभरपुल), मासन माउन्ट (चेल्सी), काल्भिन फिलिप्स (म्यानचेस्टर सिटी), डेक्लेन राइस (वेस्टह्याम)
फरवार्ड : फिल फोडेन (म्यानचेस्टर सिटी), ज्याक ग्रिलिस (म्यानचेस्टर सिटी), ह्यारी केन (टोटनहम), जेम्स म्याडिसन (लेस्टर सिटी), मार्कुस रासफोर्ड (म्यानचेस्टर युनाइटेड), बुकायो साका (आर्सनल), रहिम स्टर्लिङ (चेल्सी), कालम विल्सन (न्युक्यासल युनाइटेड)
इरान
फिफा वरीयता : २०
विश्वकपमा सहभागिता : ६ पटक (१९७८, १९९८, २००६, २०१४, २०१८, २०२२)
खेल :
मंसिर ५, सोमबार इङ्गल्यान्डविरुद्ध इरान
मंसिर ९, शुक्रबार वेल्सविरुद्ध इरान
मंसिर १३, मंगलबार इरानविरुद्ध अमेरिका
एसियाको पावर हाउस इरानको विश्वकपका यो छैटौँ सहभागिता हो । इरान पछिल्ला तीन संस्करणमा लगातार छनोट भएको छ ।
इरानको विश्वकपका इतिहासमा यो पहिलोपटक भएको हो । अर्जेन्टिनामा सम्पन्न १९७८ को विश्वकपका डेब्यू इरानले दोस्रो सहभागिताको लागि दुई दशक कुर्नु परेको थियो ।
फ्रान्समा सम्पन्न १९८८ को विश्वकपमा इरानले अमेरिकालाई २–१ ले हराएको थियो । त्यसको चर्चा विश्वभर भएको थियो । इरान र अमेरिकाबीच मैदानबाहिरको कुटनीतिक सम्बन्ध राम्रो छैन । त्यसकारण त्यो नतिजाले चर्चा कमाएको हो ।
यसपटक फेरि यी दुई टिम एकै समूहमा परेका छन् । जर्मनीमा सम्पन्न २००६, ब्राजिलमा सम्पन्न २०१४ र रुसमा सम्पन्न २०१८ को विश्वकपमा इरानले एक खेलमात्र जितेको छ ।
त्यो हो रुसमा इरानले समूह चरणको पहिलो खेलमा मोरोक्कोलाई १–० ले हराएको थियो । क्रिष्टियानो रोनाल्डोको पोर्चुगललाई इरानले १–१ को बराबरीमा रोकेको थियो ।
एक अंकले पछि पर्दा इरान तेस्रो स्थानमा सिमित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो । कतारमा इरान त्यो भन्दा राम्रो नतिजा निकाल्ने अभियानमा हुनेछ ।
कतार कार्लोस क्विरेजको प्रशिक्षणमा छ । पोर्चुगलका ६९ वर्षे क्विरेजले यसअघि अप्रिल २०११ देखी जनवरी २०१९ सम्म गरी ७ वर्ष इरानको प्रशिक्षण सम्मालेका थिए ।
क्विरेजको प्रशिक्षणमा इरान यसपटक कम्तिमा नकआउट चरण पुग्ने लक्ष्यमा छ । छिमेकी मुलुक कतारमा हुन लागेका कारण पनि इरानलाई त्यो वातावरणको लाभ हुनेछ ।
तर, इरानलाई समूह चरणमा सहज प्रतिद्वन्द्वी भने छैन । इरानले समूह ‘बी’ वेल्स, इङ्ल्यान्ड र अमेरिकाको सामना गर्नुपर्नेछ ।
इरानमा २४ वर्षे मिडफिल्डर ओमिद नुराफकन, रक्षक इहान हाजी सफी, फरवार्ड मेहेदी तेरेमी, सरकार अजमौन, अली घोलिजादे हेर्न लायक खेलाडी हुन् ।
इरान टिम
गोलकिपर : अलिरेजा बेइरानभान्ड, अमिर अबेदजादेह, सेयद होसेन होसेनी, पायम नियाजमान्ड ।
रक्षापंक्ति : इहसान हजसाफी, मोर्तेजा पौरालिगन्जी, रामिन रेजाईयन, मिलाद मोहम्मदी, होसेन कानानिजादेगन, शोजे खलिलजादेह, सादेघ मोहर्रामी, सादेघ मोहर्रामी, रौजबे चेश्मी, माजिद होसेनी, अबोलफजल जलाली ।
मिडफिल्ड : अहमद नुरोल्लाही, समन घोड्डोस, वाहिद अमिरी, सईद इजातोलाही, अलिरेजा जहानबख, मेहदी तोराबी, अली घोलिजादेह, अली घोलिजादेह, अली करिमी ।
फरवार्ड : करिम अन्सारिफार्ड, सरदार अजमोन, मेहदी तारेमी ।
अमेरिका
फिफा वरीयता : १६
विश्वकपमा सहभागिता : ११ पटक (१९३०, १९३४, १९५०, १९९०, १९९४, १९९८, २००२, २००६, २०१० २०१४, २०२२)
उत्कृष्ट नतिजा : तेस्रो स्थान (१९३०)
खेल :
मंसिर ५, सोमबार अमेरिकाविरुद्ध वेल्स
मंसिर ९, शुक्रबार इङ्गल्यान्डविरुद्ध अमेरिका
मंसिर १३, मंगलबार इरानविरुद्ध अमेरिका
अमेरिका रुसमा सम्पन्न २०१८ को विश्वकपमा छनोट हुन सकेन । त्यसअघिको संस्करणमा भने अमेरिकाको यात्रा रोमाञ्चक बनेको थियो ।
‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘जी’बाट अमेरिका उपविजेता बन्दै अन्तिम–१६ मा स्थान बनाएको थियो । अन्तिम–१६ मा अमेरिका बेल्जियमसँग थपिएको समयमा २–१ ले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।
२०१८ को विश्वकप भने अमेरिकाले टेलिभिजनमा हेरेर चित्त बुझाउनु पर्यो । यसपटक अमेरिका समूह ‘बी’मा छ । समूह ‘बी’मा अमेरिकाले इरान, इङ्ल्यान्ड र वेल्सविरुद्ध खेल्नेछ ।
यस समूहमा अमेरिका इरान तथा इङ्ल्यान्डको वेल्सबीचको खेललाई चासोका साथ हेरिएको छ । इरान र अमेरिकाबीचको खेललाई मैदानबाहिरको सम्बन्धका कारण विशेष रुपमा हेरिएको हो ।
दुई देशबीचको सम्बन्ध राम्रो छैन । त्यस्तै इङ्ल्यान्ड र वेल्स दुबै ग्रेट ब्रिटेनका टिम हुन् । १९३० मा अमेरिकाले तेस्रो स्थान हासिल गरेको थियो ।
अमेरिकाले विश्वकपमा हासिल गरेको त्यो नै सबैभन्दा ठूलो सफलता हो । जापान र दक्षिण कोरियामा सम्पन्न २००२ को विश्वकपमा अमेरिकाले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।
अमेरिका आफैले आयोजना गरेको १९९४, २०१०, २०१४ र १९३४ मा अमेरिकाले अन्तिम–१६ को यात्रा तय गरेको थियो ।
अमेरिका २०१८ देखि ग्रेग बेर्हाल्टरको प्रशिक्षणमा खेलिरहेको छ । ४९ वर्षे बेर्हाल्टरले टिमलाई ४–३–३ कै शैलीमा खेलाइरहेका छन् ।
अमेरिकामा चेल्सीका मिडफिल्डर क्रिष्टियन पुलिसिक मुख्य खेलाडी हुन् । त्यस्तै रक्षक सर्जियो डेष्ट पनि अमेरिकाका प्रमुख खेलाडी हुन् । तर, चोटका कारण डेष्टले विश्वकपमा खेल्नेमा शंका छ ।
अमेरिकाको टिम :
गोलकिपर : इथान होर्वाथ (लुटन टाउन), सेन जोन्सन (न्युयोर्क सिटी एफसी), म्याट टर्नर (आर्सनल)
रक्षापंक्ति : क्यामरून कार्टर–विकर्स (सेल्टिक), सर्जिनो डेष्ट (एसी मिलान), आरोन लङ (न्युयोर्क रेड बुल्स), शाक्वेल मुरे (नाशभिल एससी), टिम रेम (फुलहम), एन्टोनी रोबिन्सन (फुलहम), जो स्केली (बोरुसिया मोन्चेनग्लाडबच), डीआन्द्रे यड्लिन (इन्टर मियामी), वाल्कर जीमरम्यान (नाशभिल एससी)
मिडफिल्ड : ब्रेन्डन आरोनसन (लिड्स युनाइटेड), केलीन अकोस्टा (लस एन्जलस एफसी), टेलर एडम्स (लिड्स युनाइटेड), लुका डे ला टोरे (सेल्टा भिगो), वेस्टन म्याकेनी (युभेन्टस), युनुस मुसाह (भ्यालेन्सिया), क्रिस्टियन रोल्डन (सेटल साउन्डर्स)
फरवार्ड : जेसस फेरेरा (एफसी ड्यालस), जोर्डन मोरिस (सेटल साउन्डर्स), क्रिस्टियन पुलिसिक (चेल्सी), जियोभानी रेना (बोरुसिया डर्टमन्ड), जोस सार्जेन्ट (नर्विच सिटी), टिम वेह (लिल), हाजी राइट (एन्टालएस्पर)
वेल्स
फिफा वरीयता : १९
विश्वकपमा सहभागिता : २ पटक (१९५८, २०२२)
उत्कृष्ट नतिजा : क्वार्टरफाइनल (१९५९)
खेल :
मंसिर ५, सोमबार अमेरिकाविरुद्ध वेल्स
मंसिर ९, शुक्रबार वेल्सविरुद्ध इरान
मंसिर १३, मंगलबार वेल्सविरुद्ध इङ्ल्यान्ड
वेल्स ६ दशकपछि विश्वकपका फर्किएको हो । यसअघि वेल्सले १९५८ मा पहिलोपटक विश्वकप खेलेको थियो ।
त्यसपछि वेल्स कतार विश्वकपमा छनोट भएको हो ।
गराथ बेलको नेतृत्वमा रहेको वेल्सको टिमलाई ‘गोल्डेन जेनेरेसन’ पनि मानिन्छ ।
बेल तथा एरोन राम्से आफ्नो करियरलाई सुखद अन्त्य गर्ने लक्ष्यमा छन् । दुबै जना करियरको अन्त्यमा छन् ।
पहिलो सहभागितामै वेल्सले प्रभावशाली प्रदर्शन गरेको थियो । जसमा वेल्सले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।
वेल्सले २०१६ मा पहिलोपटक युरोपियन च्याम्पियनसिप खेलेको थियो । र, सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । युरो २०२० मा पनि वेल्सले अन्तिम १६ मा स्थान बनाएको थियो ।
यसपटक वेल्सले छनोट प्रतियोगिताको समूह ‘ई’मा रहेको थियो । उक्त समूहमा उपविजेता बनेपछि वेल्सले प्लेअफ चरण पार गर्नु परेको हो । प्लेअफमा वेल्सले अष्ट्रिया र युक्रेनलाई स्तब्ध बनाएको थियो ।
तर, पछिल्लो समय वेल्सको प्रदर्शन राम्रो हुन सकेको छैन । वेल्स युईएफए नेसन्स लिगमा जितविहीन रह्यो । समूह–४ मा रहेको वेल्सले ६ मध्ये ५ खेलमा पराजित भयो । एक खेल बराबरीमा टुंगायो ।
कतार विश्वकपको समूह ‘बी’मा रहेको वेल्स रोबर्ट पेजको प्रशिक्षणमा खेलिरहेको छ । ४८ वर्षे पेजले अप्रिल २०२१ बाट वेल्सको टिम हेर्न थालेका हुन् ।
बेल र राम्सेसँगै ब्रेनन जोनसन पनि वेल्सका हेर्न लायक खेलाडी हुन् । समूह ‘बी’मा रहेको वेल्सले यसपटक अमेरिका, इरान र इङ्गल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
वेल्सको टिम
गोलकिपर : वाइन हेनेसेसी (नटिंघम फरेस्ट), ड्यानी वार्ड (लेस्टर सिटी), एडम ड्याभिएस (स्टोक सिटी)
रक्षापंक्तिः नेको विलियम्स (नटिंघम फरेस्ट), वेन ड्याभिएस (टोटनहम), बेन काबांगो (स्वान्सी सिटी), जोए रोडोन (रेनेस), क्रिस मेफाम (बर्नमाउथ), इथन एम्पाडु (स्पेजिया), क्रिस गन्टर (एफसी विम्वल्डन), कोनोर रोवर्टस (वनर्ली), टम लकयर (लुटन टाउन)
मिडफिल्ड : आरोन राम्से (निस), जोए एलन (स्वान्सी सिटी), ह्यारी विल्सन (फुलहम), जोए मोरेल (पोर्टसमाउथ), ड्यालन लेविट (डुन्डी युनाइटेड), रुविन कोल्विल (कार्टिफ सिटी), जोन्नी विलियम्स (स्वीन्डन टाउन), म्याथ्यु स्मिथ (मिल्टन डन्स), सर्बा थोमस (हडर्सफिल्ड टाउन)
फरवार्ड : ग्यारेथ बेल (लस एन्जलस एफसी), डान जोम्स (फुलहम), किफर मुरे (बर्नमाउथ), मार्क ह्यारिस (कार्डिफ सिटी), ब्रेनान जोन्सन (नटिंघम फरेस्ट)