
काठमाडौं । फरवार्डद्वय निकोलस गोन्जालेज र जोआक्विन कोरिआ चोटका कारण विश्वकपबाट बाहिरिएपछि अर्जेन्टिनाले टिममा एन्जल कोरिआ र थियागो अल्माडालाई टोलीमा समावेश गरेको छ ।
फियोरेन्टिनाका गोन्जालेजले प्रशिक्षणका दौरान मांसपेसीमा चोट बोकेपछि उनी विश्वकप गुमाउने भएको अर्जेन्टिना फुटबल संघले जनाएको हो । यस्तै, इन्टर मिलानका जोआक्विन कोरिआ अज्ञात चोटका कारण विश्वकपबाट बाहिरिएका हुन् ।
यी दुईको स्थानमा बोलाइएका २७ वर्षीय एन्जल कोरिआले राष्ट्रिय टिमबाट २१ खेल खेल्दा चार गोल गरेका छन् । अर्जेन्टिनाले सन् २०२१ को कोपा अमेरिका जित्दा उनी टिमका महत्वपूर्ण खेलाडी थिए ।
यस्तै, २१ वर्षीय अल्माडाले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट एक खेल खेलेका छन् ।
कतारमा मंसिर चार गतेदेखि सुरु हुने विश्वकपको समूह ‘सी’ मा छ । अर्जेन्टिनाले मंसिर ६ गते साउदी अरेबियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।