site stats
ब्राइटनका तीन खेलाडी समेट्दै इक्वेडरको टोली घोषणा
ब्राइटनका तीन खेलाडी समेट्दै इक्वेडरको टोली घोषणा

काठमाडौं । इङ्लिस क्लब ब्राइटनका तीन खेलाडीलाई समेट्दै इक्वेडरले कतार विश्वकप–२०२२ का लागि राष्ट्रिय टोली घोषणा गरेको छ । रक्षक पर्भिस स्टुपिनानसँगै मिडफिल्डरद्वउ मोइसेस काइसेडो र जेरेमी सारर्मिन्टोलाई समेट्दै इक्वेडरले मंगलबार २६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको हो । 

सारर्मिन्टोले यसअघि इंग्ल्यान्डको युवा राष्ट्रिय टिमबाट खेलेका थिए । मुख्य प्रशिक्षक गुस्टाभो अल्मारोले विश्वकपका लागि टिमको कप्तानी एनर भ्यालेन्सिालाई सुम्पिएका छन् । इक्वेडरबाट ३५ गोल गरेका भ्यालेन्सिया राष्ट्रिय टोलीका उच्च गोलकर्ता हुन् ।

 

 

२० नोभेम्बरदेखि सुरु हुने विश्वकपको इक्वेडर समूह ‘ए’ मा छ । यो समूहमा घरेलु टिम कतार, सेनेगल र नेदरल्यान्ड्स छन् ।

इक्वेडरको टिमः
गोलकिपरः मोइसेस रमिरेज (इन्डिपेन्टेन्ट डेल भाले), एलेक्जान्डर डोमिन्गेउज (एलडीओ क्युइटो), हर्नान गालिन्डेज (औकास)

 

रक्षकः पिएरो हेन्कापिए (बायर्न लेभरकुजेन), रोवर्ट अर्बोलेडा (साओ पाउलो), पर्भिस स्टुपिनान (ब्राइटन), एन्गोलो प्रेसिएडो (जेन्क), ज्याक्सन पोरोजो (ट्रोयेस), जाभियर अरेएगा (सेटल साउन्डर्स), विलियम पाचो (रोयल एन्वेर्प)

मिडफिल्डरः कार्लोस ग्रुएजो (एफसी अग्सबर्गे), जोस सिफिएन्टे (लस एन्जलस एफसी), एलन फ्रान्स (टलेरेस), मोइसेस काइसेडो (ब्राइटन), जेग्सन मेन्डेज (लस एन्जलस एफसी), आर्टोन प्रेसिएडो (सान्टोस लगुना), गोन्जालो प्लाटा (रियाल भालाडोलिड), रोमारियो इबारा (सान्टोस लगुना)

फरवार्डः जोर्काइफ रेएस्को (न्युलिज ओल्ड ब्वाइज), केभिन रोड्रिगेज (इम्बाबुरा), मिचेल एस्ट्राडा (क्रुज एजुल), एनर भ्यालेन्सिया (फेनेरबह्चे)

प्रकाशित मिति:बुधबार, कात्तिक ३०, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल