अतिरिक्त शुल्कविरुद्धको रिटको सुनुवाइ न्यायाधीशद्वय श्रेष्ठ र शर्माको इजलासमा

काठमाडौं । फिफा विश्वकप २०२२ हेर्नका लागि ५०० रुपैयाँ अतिरिक्त शुल्क लिने मिडिया हबको निर्णय कार्यान्वयन गर्न मिल्ने/नमिल्ने विषयमा आइतबार न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र डा. मनोजकुमार शर्माको इजलासमा पेसी तोकिएको छ ।
अधिवक्ता किशोर पौडेललगायतले मिडिया हबको फिफा हेर्न अतिरिक्त शुल्क लाग्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश प्रकाशमान सिहं राउतको एकल इजलासले मिडिया हबको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरी ३० गतेका लागि पेसी तोकेको थियो ।
अदालतको सो आदेश खारेज गर्न माग गर्दै मिडिया हबका तर्फबाट बिहीबार निवेदन पेस गरिएको थियो । निवेदनमा अदालतको अल्पकालीन अन्तरिम आदेश खारेज गरी फिफाको ब्रोडकास्टसम्बन्धी काम कारबाही अगाडि बढाउन माग गरिएको छ।
प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९ १४:०२
प्रतिक्रिया दिनुहोस्
अंक तालिका