site stats
चोटका बावजुद सन दक्षिण कोरियाको टिममा
चोटका बावजुद सन दक्षिण कोरियाको टिममा

काठमाडौं । चोटका बावजुद टोटनहमका फरवार्ड सन ह्युङ मिनलाई समेट्दै दक्षिण कोरियाले कतार विश्वकप–२०२२ का लागि राष्ट्रिय टोली घोषणा गरेको छ ।
विश्वकपका लागि सनले आफू तयार रहेको बताएपछि कोरियाले उनलाई २६ सदस्यीय राष्ट्रिय टिममा समेटेको हो । 

यसै महिनाको सुरुआतमा सनको आँखा वरपरको भागमा चोट लागेको थियो । तर, उनले बुधबार आफू विश्वकपका लागि तयार रहेको बताएका थिए । 

 

 

राष्ट्रिय टिममा समेटिए पनि प्रशिक्षक पाउलो बेन्टोले भने विश्वकपको पहिलो खेलमा उरुग्वेविरुद्ध सनले खेल्नेमा निश्चित नभइसकेको बताए ।

कोरियाको टिमः
गोलकिपरः किम सेउङ ग्यु (सल सबाब), जो हेइओन वु (उल्सान ह्युन्डाइ), सङ बुम केयुन (जेअनबक मोटोर्स)

 

रक्षकः किम मिन जाइ (नापोली), किम जिन सु (जेअनबक मोटोर्स), हङ चुल (डाइगु एफसी), किम मुन ह्वान (जेअनबक मोटोर्स), युन जङ ग्यु (एफसी सियोल), किम योङ ग्वोन (उल्सान ह्युन्डाइ), किम टाइ ह्वान (उल्सान ह्युन्डाइ), क्वोन युङ वन (गाम्बा ओसाका), चो यु मिन (डाइजोन सिटीजन)

मिडफिल्डरः जङ वु यङ (अल साद), ना साङ हो (एफसी सियोल), पाइक सेयुङ हो (जेअनबक मोटोर्स), सन जुन हो (सादोङ टाइसन), सङ मिन क्यु (जेअनबक मोटोर्स), क्वोन चाङ हुन (गिम्चेओन सङ्मु), लि जाइ सुङ (माइन्ज), ह्वाङ हि चान (वुल्भरह्याम्टन), ह्वाङ इन बेओम (ओलम्पिकोस), जेओङ वु येओङ (फ्रेइबर्ग), लि काङ इन (रियाल मायोर्का)

फरवार्डः ह्वाङ युई जो (ओलम्पिकोस), चो गुइ सुङ (जेअनबक मोटोर्स), सन ह्युङ मिन (टोटनहम)

प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९  १४:००
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल