
काठमाडौं । नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान हालले शुक्रबार चोटबाट ग्रसित बार्सिलोनाका फरवार्ड मेम्फिस डिपाए र युवा खेलाडी जाभी सिमोन्सलाई समेट्दै विश्वकपका लागि २६ सदस्यीय टोलीको घोषणा गरेका छन् ।
भान हालले अनुभवी गोलकिपर कास्पर क्लिेसनलाई भने टिमबाट बाहिर राखेका छन् ।
डिपाए २२ सेप्टेम्बरमा पोल्यान्डविरुद्धको नेदरल्यान्ड्स नेसन्स लिगको खेलमा घाइते भएपछि खेलेको छैनन् । उनले जारी सिजन बार्सिलोनाका लागि १५० मिनेटभन्दा कम समय खेलेका छन् ।
भान हालले १९ वर्षीय जाभी सिमोन्सलाई पनि टिममा समेटका छन् । जाभीले पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट पीएसभी आइन्डहोभनमा गएपछि १३ लिग खेलमा आठ गोल गरेका छन् ।
नेदरल्यान्ड्स टिम :
गोलकिपर : जस्टिन बिज्लो (फेयननुर्ड), एन्ड्रिज नोपर्ट (हीरेनवीन) रेम्को पासवीर (आयाक्स)
रक्षपंक्ति : भर्जिल भान डाइक (लिभरपुल), नाथन एके (म्यानचेस्टर सिटी), डेली ब्लाइन्ड (आयाक्स), जुरियन टिम्बर (आयाक्स), डेनजेल डम्फ्रिज (इन्टर), स्टेफान डी भ्रिज (इन्टर) म्याथिस डी लिग्ट (बायर्न म्युनिख), टेरेल मालासिया (म्यानचेस्टर युनाइटेड), जेरेमी फ्रिमपोङ (बायर लेभरकुसेन)
मिडफिल्ड : फ्रांक डी जोङ (बार्सिलोना), स्टिभन बर्घुइस (आयाक्स), डेभी क्लासेन (आयाक्स), टेउन कुपमेनर्स (एटलान्टा), कोडी गाक्पो (पीएसभी आइन्डहोभन), मार्टेन डी रुन (एटलान्टा), केनेथ टेलर (आयाक्स), जाभी सिमोन्स (पीएसजी आइन्डहोभन)
फरवार्ड : मेम्फिस डिपाए (बार्सिलोना), स्टिभन बर्गविजन (आयाक्स), भिन्सेन्ट जान्सेन (रोयल एन्टवर्प), लुक डी जोङ (पीएसभी आइन्डहोभन), नोए लाङ (क्लब ब्रुग), वोउट वेघोष्र्ट (बेसिकटास)