site stats
फिफा विश्वकप–२०२२ स्पेनको टिममा अटेनन् लिभरपुलका थियागो
फिफा विश्वकप–२०२२ स्पेनको टिममा अटेनन् लिभरपुलका थियागो

काठमाडौं । स्पेनका मुख्य प्रशिक्षक लुइस इनरिकेले कतार विश्वकप–२०२२ का लागि शुक्रबार सार्वजनिक गरेको टिममा लिभरपुलका मिडफिल्डर थियागो एलकान्ट्रा र म्यानचेस्टर युनाइटेडका गोलकिपर डेबिड डी हिया परेनन् । 

इनरिकेको २६ सदस्सीय टिममा बार्सिलोनाका २० वर्षे फरवार्ड अंसु फातीले स्थान बनाएका छन् । फानीले २०२० मा १७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए । उनी स्पेनबाट सबैभन्दा कान्छो उमेरमा डेब्यू गर्ने खेलाडी हुन् । तर, पछिल्लो समय फाती चोटबाट गुज्रिएका कारण फिट हुनका लागि संघर्ष गरिरहेका छन् । 

 

 

स्पेनका टिहममा थियागो र डी हियासँगै अर्का अनुभवी खेलाडी मार्कोस एलेन्सो पनि टिममा परेका छैनन् । 

 

 

स्पेन टिम :
गोलकिपर : 
युनाई साइमन (एथलेटिक बिल्बाओ), रोबर्ट सान्चेज (ब्राइटन एन्ड होभ), डेभिड राया (ब्रेन्टफोर्ड)

रक्षापंक्ति : सेसर एजप्लिकुएटा (चेल्सी), ड्यानी कार्भाहाल (रियाल मड्रिड), इरिक गार्सिया (बार्सिलोना), ह्युगो गुइलामोन (भ्यालेन्सिया), पाउ टोरेस (भिल्लारियाल), एमेरिक लापोर्टे (म्यानचेस्टर सिटी), जोर्डी अल्बा (बार्सिलोना), जोसे गाया (भ्यालेन्सिया) 

मिडफिल्ड : सर्जियो बुस्केट (बार्सिलोना), रोड्रि हर्नान्डेज (म्यानचेस्टर सिटी), गाभि (बार्सिलोना), कार्लोस सोलर (पीएसजी), मार्कोस लोरेन्टे (एट्लेटिको मड्रिड), पेड्रि गोन्जालेज (बार्सिलोना), कोके (एट्लेटिको मड्रिड)

फरवार्ड : फेरान टोरेस (बार्सिलोना), निको विलियम्स (एथलेटिक बिल्बाओ), येरेमी पिनो (भिल्लारियाल), अल्भारो मोराटा (एट्लेटिको मड्रिड), मार्को असेन्सियो (रियाल मड्रिड), पाब्लो साराबिया (पीएसजी), ड्यानी ओल्मो (आरबी लाइपजिग), अंसु फाती (बार्सिलोना)

प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल