
काठमाडौं । घुँडाको चोटका कारण लामो समय मैदानबाट बाहिरिने अनुमान गरिएका फरवार्ड साडियो मानेलाई समेट्दै सेनेगलले कतार विश्वकप–२०२२ का लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।
माने बुधबार बायर्न म्युनिखले वेर्डर ब्रेमेनलाई ६–१ ले पराजित गर्दा घाइते भएका थिए । जसका कारण केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लामो समय मैदानबाट बाहिरिने देखिएकाले मानेले विश्वकप गुमाउने समेत जनाएका थिए ।
तर, सेनेगल फुटबल संघले शुक्रबार मानेसहित २६ सदस्यीय टिमको घोषणा गरेको हो । एलिओउ सिसेको प्रशिक्षणमा रहेको सेनेगल विश्वकपको समूह ‘ए’ मा छ । यस समूहमा सेनेगलसँगै घरेलु टिम कतार, इक्वेडर र नेदरल्यान्ड्स छन् ।
नोभेम्बर २० देखि सुरु हुने विश्वकपमा सेनेगलको पहिलो खेलमा नोभेम्बर २१ मा नेदरल्यान्ड्ससँग छ ।
विश्वकपका लागि घोषित सेनेगलको टिम :
गोलकिपर : एडुउर्डो मेन्डी, अल्फेड गोमिस, सेनी डिएन्ज
रक्षक : कालिडोउ कौलिबाली, एबडोउ डियालो, युसोउफ साबाली, फोडे बालो टोरे, पेप एबाउ सिसे, स्माइल जाकोब्स, फोर्मोस मेन्डी
मिडफिल्डर : गाना गुइए, चेक्होउ कोउयाटे, नाम्पेज मेन्डी, पेप गुइए, पेप माटार सार, मथ सिस, मोउस्टफा नेम, नोउम एन्डिय
फरवार्ड : साडियो माने, इस्माइला सार, बोउलाये डाइ, बम्बा डिएन्ज, फमारा डाइडहिऔ, निकोलस ज्याक्सन इलिमान एन्डिय