site stats
म्याथ्यु ‍र्‍यानको कप्तानीमा अस्ट्रेलियाको विश्वकप टिम घोषणा
म्याथ्यु ‍र्‍यानको कप्तानीमा अस्ट्रेलियाको विश्वकप टिम घोषणा

काठमाडौं । अस्ट्रेलियाले गोलकिपर म्याथ्यु ‍र्‍यानको कप्तानीमा कतार विश्वकप–२०२२ खेल्ने २६ सदस्यीय राष्ट्रिय टिम सार्वजनिक गरेको छ ।

विश्वकपको २२ औँ संस्करण कतारमा नोभेम्बर २० देखि सुरु हुँदै छ । विश्वकपको समूह ‘डी’ रहेको अस्ट्रेलियासँगै साविक विजेता फ्रान्स, डेनमार्क र ट्युनिसिया छन् । अस्ट्रेलियाले नोभेम्बर २३ मा फ्रान्सविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

 

 

अस्ट्रेलियाको टिम

गोलकिपर : ड्यानी भुकोभिक (सेन्ट्रल कोएस्ट म्यारिनर्स), एन्ड्रयु रेडमेन (सिड्नी एफसी), म्याथ्यु र्‍यान (गोलकिपर, कप्तान)

 

रक्षापंक्ति : बाइली राइट (सन्डरल्यान्ड एएफसी), ह्यारी साउटर (स्टोक सिटी), काइ रोलेस (हार्ट अफ मिडलोथियन), जोएल किङ (ओडेन्स बोल्डक्लब), फ्रान कारासिच (ब्रेससिया कालसिओ), थोमस डेंग (अलबिरेक्स निगाटा), मिलोस डेगेनेक (कोलम्बस क्र्यु), अजिज बेहिच (डुन्डी युनाइटेड), नाथानियल एट्किन्सन (हार्ट अफ मिडलोथियन) 

मिडफिल्डर : आरोन मुय (सेल्टिक), रिले म्याकग्री (मिडलस्बर्ग एफसी), ज्याक्सन इर्भिन (एफसी सेन्ट पाउली), अज्दिन रुस्टिक (हेलास भेरोना), क्यामरुन डेभ्लिन (हार्ट अफ मिडलोथियन), किएनु बाक्कस (सेन्ट मिरेन)

फरवार्ड : जेमी म्याक्लारेन (बेलबर्न सिटी), अवेर मविल (कार्डिज), म्याथ्यु लकी (मेलबर्न सिटी), गारांग कुओल (सेन्ट्रल कोएस्ट म्यारिनर्स), क्रेग गुडविन (एड्लेइड युनाइटेड), मिचेल डक (फागिएनो ओकायामा), जासन कमिंग्स (सेन्ट्रल कोएस्ट म्यारिनर्स), मार्टिन बोइल (हिबेरनियन)

प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल