site stats
सरसर्ती हेर्दा कतार विश्वकप २०२२, मेसी र रोनाल्डोका लागि अन्तिम मौका !
सरसर्ती हेर्दा कतार विश्वकप २०२२, मेसी र रोनाल्डोका लागि अन्तिम मौका !

 काठमाडौं । कतारमा हुन लागेको विश्वकप फुटबल धेरै अर्थमा विशेष हुने देखिएको छ । मध्यपूर्वी एसियामा हुन लागेको यो पहिलो विश्वकप हो ।

त्यस्तै नोभेम्बर–डिसेम्बरमा हुन लागेको पनि यो पहिलो विश्वकप हो । ‘अर्ध–स्वचालित’ अफसाइडको प्रयोग यस विश्वकपमा हुँदैछ । यस्ता थुप्रै कुराहरू विश्वकपमा पहिलोपटक हुँदैछन् । जसले यस विश्वकपलाई विशेष बनाउने छ ।

र, विशेष विश्वका दुई उत्कृष्ट खेलाडी लियोनल मेसी र क्रिष्टियानो रोनाल्डोका लागि पनि हुनेछ ।

किनकि दुबैका लागि यो उपाधि जित्ने अन्तिम मौका हुनेछ ।

कारण, अर्को संस्करणमा यी दुवैले खेल्न सक्नेछैनन् । त्यस्तै फ्रान्सका काइलियन एमबाप्पे पुनः विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा फर्किनेछन्, उपाधि रक्षा गर्ने अभियानका साथ । ब्राजिलले कीर्तिमानी छैटौं उपाधिका लागि चुनौती पेश गर्नेछ ।

यस्तै विविध कारण पनि सबैभन्दा उत्सुकतापूर्वक पूर्वानुमान गरिएको विश्वकपमध्येको एक हो, कतार विश्वकप ।

यसलाई मैदान बाहिरका कारणले पनि उत्तिकै चासोेका साथ हेरिएएको छ । कतारको एउटा कुनाको वरिपरि हुने विश्वकपको छनोट चरण समाप्त भएपछि सबैको उत्सुकता बढ्दो छ ।

२० नोभेम्बरबाट हुने विश्वकपमा ३२ टिमले २९ दिनसम्म ६४ खेल खेल्नेछन् । विश्वकप आयोजना गर्ने सबैभन्दा सानो देश कतारमा प्रतियोगिता सुरु हुँदा हेर्न लायक विषयहरू :–

शीर्ष टिम

ब्राजिल फिफा वरीयाताको शीर्ष टिम हो । ३९ वर्षे ड्यानियल आल्भेस टिममा पर्दा लिभरपुलका फरवार्ड रोबर्टो फिर्मिनो भने टिममा परेका छैनन् ।

नेइमार, गाब्रियल जिसस, भिनिसियस जुनियर, गाब्रियल मार्टिनेलीसँगै अन्य खेलाडीहरू पनि उच्च लयमा छन् ।

त्यसो हो भने, के ब्राजिल २००२ पछि पहिलो विश्वकप उपाधि नजिक छ ? बेल्जियम फिफा वरीयाताको दोस्रो स्थानमा रहेको टिम हो ।

neymar-argentina-ataque1668412595.jpeg

‘गोल्डेन जेनेरेसन’का खेलाडीहरू विस्तारै टिमबाट बाहिरिने क्रममा छन् । तर, केभिन डी ब्रुयनाको प्रदर्शनले बेल्जियमलाई मजबुद बनाएको छ ।

फिफा वरीयताको तेस्रो स्थानमा रहेको टिम हो, अर्जेन्टिना । डिएगो म्यारोडोनाको समयपछि अर्जेन्टिनाले विश्वकपको उपाधि जित्न सकेको छैन ।

नोभेम्बर २०२० मा म्यरोडोनाको निधन भइसक्यो । अर्जेन्टिनाले विश्वकप जितेमा म्यारोडोना युगपछि पहिलो उपाधि हुनेछ ।

र, अर्जेन्टिना मेसीको नेतृत्वमा थप निखारिएको पनि छ । मेसीलाई आफुलाई म्यारोडोनाकै स्थानमा उभ्याउन यो स्वर्णिम अवसर पनि हो । र अन्तिम पनि ।

फ्रान्स फिफा वरीयताको चौथो स्थानमा छ । फ्रान्स साविक विजेता पनि हो । र, फ्रान्समा अझै पनि उत्तिकै प्रतिभावान खेलाडीहरू छन् । पछिल्लो समय करिम बेन्जेमा र एमबाप्पेले उच्च लयमा छन् ।

जसले फ्रान्सको आक्रमणलाई बलियो बनाएको छ । तर, १९६२ मा ब्राजिलले बाहेक अन्यले विश्वकपमा उपाधि रक्षा गर्न सकेका छैनन् । त्यसकारण फ्रान्सलाई त्यो चुनौती पनि हुनेछ ।

फिफा वरीयताको पाँचौँ स्थानमा इङ्ल्यान्ड छ । २०१८ को विश्वकपमा इङ्ल्यान्डले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

त्यस्तै २०२१ को युरोपियन च्याम्पियनसिपमा फाइनल खेलेको थियो । तर, राम्रो टिम भएर पनि विश्वकपमा इङ्ल्यान्डको प्रदर्शन अपेक्षाकृत छैन ।

इङ्ल्यान्डले १९६६ मा विश्वकप उपाधि जितेको थियो । इङ्ल्यान्डले जितेको त्यही एकपटक हो ।

USA vs Iran1668412599.jpeg

बिग स्टार

अर्जेन्टिनाका लियोनल मेसी विश्वकपमा निर्विवाद ठूला स्टार हुन् ।

उनले सातपटक विश्वकप खेलिसकेका छन् । मेसी पुनः एकपटक विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा छाउने लगभग पक्का छ ।

र, कोपा अमेरिकाको उपाधि जितेका मेसीले अब सम्भवतः अन्तिमपटक विश्वकप उपाधिका लागि आफ्नो ३५ वर्षे खुट्टा चलाउनेछन् । जसले उनलाई महान् खेलाडीका रूपमा अझ बलियो बनाउनेछ ।

पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले युरोपियन च्याम्पियनसिपको उपाधि जितिसकेका छन् । तर, अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने रोनाल्डोले अहिलेसम्म विश्वकपको फाइनल खेलेका छैनन् ।

३७ वर्षे रोनाल्डो पनि करियरमा पहिलो विश्वकप उपाधि जित्न चाहन्छन् । फ्रान्सका एमबाप्पे गत संस्करणको विश्वकप खेल्दा १९ वर्षका थिए ।

एमबाप्पेले आफुलाई स्टार खेलाडीका रुपमा स्थापित पनि गरे । कतारमा फ्रान्सले उपाधि उचाल्यो भने एमबाप्पे पनि पेलेजस्तै पहिलो दुई विश्वकपको उपाधि जित्ने खेलाडी बन्नेछन् ।

बेल्जियमका केभिन डी ब्रुयना विश्वकै उत्कृष्ट मिडफिल्डरमध्येका एक हुन् । उनी जुनसकै बेला खेलको नतिजा बदल्न सक्ने क्षमता राख्छन् । डी ब्रुयना फिट रहन्छन् भन्नेमा बेल्जियमको चासो छ ।

ब्राजिलका नेइमार पेरिस–सेन्ट–जर्मेन (पीएसजी)मा एमबाप्पे र मेसीको छायामा पर्न लागेका छन् । तथापि, ब्राजिलका लागि नेइमार अझै पनि प्रमुख खेलाडी हुन् ।

Untitled-11668412598.jpg

कसरी हुन्छ

फुटबलको महाकुम्भ मेलाका लागि सबै टिमका समर्थक तयार छन् । विश्वकपमा प्रत्येक समूहमा चार टिम रहने गरी सहभागी ३२ टिमलाई आठ समूहमा विभाजन गरिएको छ ।

जसमध्ये समूह चरणका खेलहरु सकिँदा शीर्ष दुई स्थानमा रहने टिमले अन्तिम–१६ मा स्थान बनाउनेछन् । विश्वकपको समूह चरणमा एक दिनमा लगातार चार खेलहरु हुनेछन् ।

त्यसपछि एकै समयमा एक समूहका दुई खेल हुनेछन् । अनि, नकआउट चरणका खेलहरू सुरु हुनेछन् ।

यसमा नकआउट चरणका लागि आरामको कुनै समय छैन । समूह चरणका खेलहरु सकिएको भोलिपल्टदेखि नकआउट चरणका खेलहरू सुरु हुनेछन् ।

विश्वकपको एक महिनामा एक दिन डिसेम्बर सातमा मात्र कुनै खेल हुँदैन । जुन प्रतियोगिताको १७ औं दिन हुनेछ ।

हेर्नैपर्ने खेलहरु

विश्वकपको पहिलो दिन नोभेम्बर २० मा कतार र इक्वेडरबीचको खेलसँगै यो महाकुम्भ मेलाको उद्घाटन हुनेछ । अर्जेन्टिनाविरुद्ध मेक्सिकोको खेल नोभेम्बर २६ मा हुने छ ।

विश्वकपको दुई संस्करण आफ्नो नाममा बनाएको अर्जेन्टिना र विश्वकपमा सबै टिमलाई सधैँ कडा चुनौती प्रस्तुत गर्ने मेक्सिकोबीच कडा प्रतिस्पर्धा अनुमान गरिएको छ ।

जसमा मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनाको नजर जितसँगै अन्तिम १६ को यात्रामा हुनेछ ।

Messi1668412592.jpg

स्पेनविरुद्ध जर्मनीको खेल नोभेम्बर २७ मा हुनेछ । विश्वकपको समूह चरणका खेलहरुमा स्पेन र जर्मनीभन्दा ठूलो खेल पक्कै पनि अरु कुनै हुनेछैन ।

भर्खरैमात्र विश्वकपको उपाधि जितेका दुई राष्ट्र हुन् जर्मनी र स्पेन । यो विश्व फुटबल र युरोपिपयन फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका दुई ठूला राष्ट्रबीचको प्रतिस्पर्धा हुनेछ ।

इरान र अमेरिकाबीचको खेल नोभेम्बर २९ मा हुनेछ । यो खेललाई ‘द मदर अफ अल गेम्स, पार्ट २’ को रुपमा चित्रण गरिएको छ ।

सन् १९९८ जस्तै, यसपटक पनि यी दुई टिम राजनीतिक खिचातानीका बीच विश्वकपको समूह चरणमा प्रतिस्पर्धा गर्दैछन् ।

सन् १९८० देखि बिग्रिएको यी दुईबीचको कूटनीतिक सम्बन्ध अझै राम्रो बन्न सकेको छैन । घाना र उरुग्वेले डिसेम्बर २ मा प्रतिस्पर्धा गर्दैछन् ।

फुटबल समर्थकले सायदै जुलाई २, सन् २०१० को त्यो रात भुलेका होलान् । घाना र उरुग्वेले क्वार्टरफाइलनमा प्रतिस्पर्धा गरेका थिए ।

ronaldoo1668412597.jpg

निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि खेल थप समयमा लम्बिएको थियो । उरुग्वेका फरवार्ड लुईस स्वारेजले गोललाईनबाट घानाको प्रहारलाई गोलकिपरजस्तै हातले रोकिदिएका थिए ।

स्वारेजले हातले नरोकेको भए उक्त बल गोल हुने थियो र घाना अघिल्लो चरणमा प्रवेश गर्ने थियो । तर, स्वरेजले सीधै हातले रोकिदिए । स्वारेज रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिए । घानाले पेनाल्टीको अवसर पायो । तर, घानाका खेलाडीले हानेको प्रहार क्रसबारमा लागेर बाहिरियो ।

घानाका खेलाडीहरुले पेनाल्टी मिस गर्दा साइडलाइनमा रहेका स्वारेजको खुसी हेर्नलायक थियो ।

खेल पेनाल्टी सुटआउटमा पुग्यो । पेनाल्टी सुटआउटमा उरुग्वेले ४–२ को नतिजा निकाल्दै सेमिफाइनलमा स्थान बनायो । यसैकारण यो विश्वकपमा उरुग्वेलाई हराउनु घानाका लागि मिठो बदला हुन सक्छ ।

प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल