site stats
काभानी र स्वारेजसहित उरुग्वेको विश्वकप टिम
काभानी र स्वारेजसहित उरुग्वेको विश्वकप टिम

काठमाडौं । चोटबाट हालैमात्र फर्किएका फरवार्ड एडिन्सन काभानीलाई समेट्दै उरुग्वेले कतार विश्वकप–२०२२ का लागि टोली घोषणा गरेको छ । 

भेट्रान फरवार्ड काभानी चौथोपटक विश्वकपका लागि घोषित टिममा समेटिएका हुन् । म्यानचेस्टर युनाइटेडबाट फुकुवा भएपछि स्पेनिस क्लब भ्यालेन्सियामा अनुबन्धित भएका काभानी बार्सिलोनाविरुद्धको खेलमा घाइते भएका थिए । उनको कुर्कुच्चामा चोट लागेको थियो ।

उरुग्वेको टिममा लिभरपुलका फरवार्ड डार्विन नुनेज, रियाल मड्रिडका फेडेरिको भाल्भर्डे र टोटनहमका रोड्रिगो बेन्टान्कुर समेटिएका छन् । यस्तै, ३५ वर्षीय लुइस स्वारेज पनि अलोन्सोको टिममा अटाएका छन् ।

 

 

डिएगो अलोन्सको प्रशिक्षणमा रहेको उरुग्वे विश्वकपको समूह ‘एच’ मा छ । समूहमा उरुग्वेसँगै पोर्चुगल, घाना र दक्षिण कोरिया छन् । उरुग्वेले नोभेम्बर २४ मा दक्षिण कोरियाविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

 

विश्वकपका लागि घोषित उरुग्वेको टिम :

 

 

गोलकिपर : सर्जियो रोचेट, फर्नान्डो मुस्लेरा, सेबास्टियन सोसा

डिफेन्डर : डिएगो गोडिन्म जोसेमा गिमेनेज, रोनाल्ड अराउहो, सेबास्टियन कोएटस, मार्टिन कासेरस, मथियस ओलिभेरा, माटियस भिना, गुयर्मो भरेला, जस लुइस रोड्रिगेज

मिडफिल्डर : म्यानुयल उगार्टो, फेडेरिको भाल्भर्डे, रोड्रिगो बेन्टान्कुर, माटियस भेसिनो, लुकास टोरेइरा, निको डे ला क्रुज, जर्जियन डे अरास्केटा

फरवार्ड : लुइस स्वारेज, एडिन्सन काभानी, डार्विन नुनेज, म्याक्सी गोमेज, फाकुन्डो पेलिस्ट्री, अगस्टिन कानाबियो, फाकुन्डो टोरेस

प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९  १३:४५
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल