
काठमाडौं । बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवानडोस्कीको नेतृत्वमा पोल्यान्डले कतारमा हुने २०२२ विश्वकपका लागि टिम छनोट गरेको छ ।
३४ वर्षे लेवानडोवस्कीले रुसमा सम्पन्न २०१८ को विश्वकप पनि खेलेका थिए । त्यतिबेला पोल्याण्ड १२ वर्षपछि विश्वकपमा छनोट भएको थियो ।
एस्टन भिल्लाका रक्षक जान बेडनारेक र म्याटी क्यास तथा डर्बीबाट लोनामा बर्मिङ्घम सिटी आएका मिडफिल्डर क्रिस्टियन बिलिक पनि टिममा अटाएका छन् । इटालियन सिरी ‘ए’को शीर्ष टोली नेपोलीका पिओट जिलिनस्की र युभेन्टसका फरवार्ड अर्काडियस मिलिक पनि टिममा छन् ।
समूह ‘सी’मा रहेको पोल्याण्डले नोभेम्बर २२ मा मेक्सिको, २६ नोभेम्बरमा साउदी अरब र ३० नोभेम्बरमा अर्जेन्टिनाविरुद्ध खेल्नेछ ।
पोल्याण्ड टिमः
गोलकिपरः बार्टलोमिएज ड्रागोवस्की (स्पेजिया), लुकाज स्कोरुपस्की (बोलोग्ना), वोज्सिच स्जेस्नी (युभेन्टस)
रक्षापंक्तिः जान बेडनारेक (एस्टन भिल्ला), बार्टोज बेरेस्जिनस्की (साम्पडोरिया), म्याटी क्यास (एस्टन भिल्ला), कामिल ग्लिक (बेनेभेन्टो), रोबर्ट गुम्नी (एफसी औसबर्ग), आर्टुर जेड्रजेजिक (लेगिया वार्सा), जाकुब किविओर (स्पेजिया), माटेउज विटेस्का (क्लेरमान्ट), निकोला जालेवस्की (एएस रोमा)
मिडफिल्डः क्रिस्टियन बिएलिक (बर्मिङ्घम सिटी), प्रेमिस्लाव फ्रानकोस्की (लेन्स), कामिल ग्रोसिकी (पोगोन स्जेसिन), जाकुब कामिनस्की (भिएफएल उल्फ्सबर्ग), ग्र्जेगोर्ज क्रिचोविक (अल–शबाब), माइकल स्कोरास (लेच पोजनान), डामैन सेमानस्की (एईके एथेन्स), सेबास्टियन सेमानस्की (फियोनउड), पिओट जिलिनस्की (नेपोली), सेमोन जुर्कोवस्की (फियोरेन्टिना)
फरवार्डः रोबर्ट लेवानडोवस्की (बार्सिलोना), अर्काडियास मिलिक (युभेन्टस), क्रिजस्तोफ पिएटेक (सालेर्निटाना), कारोल स्विडरस्की (चार्लोट एफसी)