site stats
फिफा विश्वकप २०२२ : रोनाल्डोको नेतृत्वमा पोर्चुगलको विश्वकप टिम
फिफा विश्वकप २०२२ : रोनाल्डोको नेतृत्वमा पोर्चुगलको विश्वकप टिम

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले जारी सिजन इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडको पहिलो रोजाईमा पर्न संघर्ष गरिरहेका छन् । तर, २०२२ को विश्वकपका लागि पोर्चुगलको २६ सदस्यीय टोलीमा भने उनी अटाएका छन् ।

३७ वर्षिय रोनाल्डोले यो सिजन युनाइटेडबाट १० खेल पहिलो रोजाईमा खेलेका छन्  भने कुल १६ खेल खेलेका छन् । रोनाल्डो तीन गोल मात्र गरेका छन् ।

“टिममा बोलाएका सबै खेलाडी जित्न र पोर्चुगललाई विश्व च्याम्पियन बनाउने भोक लिएर आएका छन् । रोनाल्डो पनि त्यहीमध्येका एक हुन्,’’ पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भने ।

 

 

पोर्चुगलको टिममा प्रिमियर लिगको क्लबबाट खेल्ने १० खेलाडी छन् । रोनाल्डोका क्लब सहयात्री ब्रुनो फर्नान्डेज र डियोगो डालोट, म्यानचेस्टर सिटीका जोओ कान्सेलो, रुबेन डियस र बर्नार्डो सिल्भा, फुलहमका जोओ पाल्हिन्हा र उल्भरह्याम्पटनका जोसे सा, रुबेन नेभेस र म्याथ्युस न्युन्स छन् । 

 

यद्यपि, उल्भरह्याम्पटनका अनुभवी मिडफिल्डर जोओ माउटिन्हो र गोन्कालो गुएडेस टिममा अटाएनन् । पेरिस सेन्ट–जर्मेन (पीएसजी)का मिडफिल्डर रेनाटो सान्चेस पनि टिममा पर्न सकेनन् । 

चोटका कारण लिभरपुल फरवार्ड डिओगो जोटा टिममा छैनन् भने एफसी पोर्टोका ३९ वर्षे पेपे भने टिममा अटाएका छन् । 

समूह ‘एच’मा रहेको पोर्चुगलले विश्वकप अभियान २४ नोभेम्बरमा घानाविरुद्ध खेलेर सुरु गर्नेछ । पोर्चुगलले समूह चरणमा २८ नोभेम्बरमा उरुग्वे र २ डिसेम्बरमा दक्षिण कोरियाविरुद्ध खेल्नेछ । 

पोर्चुगल टिमः 

गोलकिपरः डिओगो कोस्टा (पोर्टो), रुई प्याट्रिसियो (एएस रोमा), जोसे सा (उल्भरह्याप्टन)

रक्षापंक्तिः जोओ क्यान्सेलो (म्यानचेस्टर सिटी), डिओगो डालोट (म्यानचेस्टर युनाइटेड), रुबेन डियास (म्यानचेस्टर सिटी), राफेल गुरेइरो (बोरुसिया डर्टमन्ड), नुनो मेन्डेस (पीएसजी), पेपे (पोर्टो), डानिलो परेरा (पीएसजी), एन्टोनियो सिल्भा (बेनफिका)

मिडफिल्डः विलियम कार्भाल्हो (रियाल बेटिस), ब्रुनो फर्नान्डेस (म्यानचेस्टर युनाइटेड), जोओ मारियो (बेनफिका), रुबेन नेभेस (उल्भरह्याम्प्टन), म्याथियस नुनेस (उल्भरह्याम्प्टन), ओटाभियो (पोर्टो), जोओ पाल्हिन्हा (फुलहम), बर्नार्डो सिल्भा (म्यानचेस्टर सिटी), भिटिन्हा (पीएसजी)

फरवार्डः जोओ फेलिक्स (एट्लेटिको म्याड्रिड), रिकार्डो होर्टा (एससी ब्रागा), राफेल लिओ (एसी मिलान), गोन्कालो रामोस (बेनफिका), क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), आन्द्रे सिल्भा (आरबी लाइपजिग)

प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९  १२:४९
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल