
काठमाडौं । लेस्टर सिटीका फरवार्ड जेम्स म्याडिसनलाई समेट्दै इङ्ल्यान्डले कतार विश्वकप–२०२२ का लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।
नोभेम्बर २० देखि सुरु हुने विश्वकपका लागि मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले बिहीबार २६ सदस्यीय टोलीको घोषणा गरेका हुन् । टिममा काँधको चोटका कारण दुई महिना मैदानबाट बाहिरिएर हालैमात्र मैदान फर्किएका म्यान्चेस्टर सिटीका मिड्फिल्डर काल्भिन फिलिप्स र म्यानचेस्टर युनाइटेडमा लयका लागि संघर्षरत डिफेन्डर ह्यारी मग्वाएर पनि समेटिएका छन् ।
इङ्ल्यान्डले नोभेम्बर २१ मा इरानविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ । समूह 'बी' मा इङ्ल्यान्ड र इरानसँगै अमेरिका र वेल्स छन् ।
इङ्ल्यान्डको टिम :
गोलकिपर : जोर्डन पिकफोर्ड (एभर्टन), निक पोप (न्युक्यासल युनाइटेड), आरोन राम्सडेल (आर्सनल)
डिफेन्डर : ट्रेन्ट अलेजेन्ड्रर अर्नोल्ड (लिभरपुल), एरिक डायर (टोटनहम) कोनोर कोएडी (एभर्टन), ह्यारी मग्वाएर (म्यानचेस्टर युनाइटेड), लुक स (म्यानचेस्टर युनाइटेड), जोन स्टोनस (म्यानचेस्टर सिटी), काइरन ट्रिपियर (न्युक्यासल युनाइटेड), काइल वाल्कर (म्यानचेस्टर सिटी), बेन ह्वाइट (आर्सनल)
मिडफिल्डर : जुड बेलिङ्घम (बोरुसिया डर्टमन्ड), कोनोर गालाघेर (चेल्सी), जोर्डन हेन्डरसन (लिभरपुल), मासन माउन्ट (चेल्सी), काल्भिन फिलिप्स (म्यानचेस्टर सिटी), डेक्लेन राइस (वेस्टह्याम)
फरवार्ड : फिल फोडेन (म्यानचेस्टर सिटी), ज्याक ग्रिलिस (म्यानचेस्टर सिटी), ह्यारी केन (टोटनहम), जेम्स म्याडिसन (लेस्टर सिटी), मार्कुस रासफोर्ड (म्यानचेस्टर युनाइटेड), बुकायो साक (आर्सनल), रहिम स्टर्लिङ (चेल्सी), क्यालम विल्सन (न्युक्यासल युनाइटेड)