site stats
फिफा विश्वकप २०२२ यसपटक पनि अर्जेन्टिनाको केन्द्रमा मेसी
फिफा विश्वकप २०२२ यसपटक पनि अर्जेन्टिनाको केन्द्रमा मेसी

काठमाडौं । उमेर ढल्किदै गए पनि विश्वकै सर्वोत्कृष्ट खेलाडी लियोनल मेसीले आफ्नो पाँचौँ र सम्भवतः अन्तिम विश्वकपमा अर्जेन्टिनाको नेत्तृत्व सम्हाल्दैछन् । 

र, मेसीको नेत्तृत्वमा अर्जेन्टिनालाई तेस्रोपटक विश्वकपको उपाधि जित्ने राम्रो मौका पनि छ । 

“हामी विश्वकपमा ठूलो वा दाबेदार टिम हो वा होइन भन्नेबारे मलाई थाहा छैन । तर, इतिहासलाई फर्केर हेर्दा अर्जेन्टिना सधै प्रमुख दाबेदारमध्येको एक हो,” हालैको एक अन्तर्वातामा मेसीको भनाई यस्तो थियो ।

मेसीले पछिल्लो २८ वर्षदेखि उपाधिविहीन दक्षिण अमेरिकी देशलाई सन् २०२१ मा कोपा अमेरिकाको उपाधि दिलाउन सहयोग गरे । 

जुन राष्ट्रिय टिमबाट मेसीले जितेको पहिलो प्रमुख अन्तर्राष्ट्रिय उपाधिसमेत थियो ।

मेसीको नेत्तृत्वमा अर्जेन्टिनाको यो टिमले लगातार ३५ खेलमा अपराजित रहेर कीर्तिमान समेत बनाएको छ । र, अपराजित यात्रा अझै जारी छ । 

२० नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकपमा अर्जेन्टिनाले तेस्रो दिन २२ नोभेम्बरमा साउदी अरेबियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । 

यसको चार दिनपछि अर्जेन्टिनाले मेक्सिकोविरुद्ध र ३० नोभेम्बरमा पोल्यान्डविरुद्ध समूह चरणको अन्तिम खेल खेल्नेछ ।

द आर्किटेक्ट

299261467_501012028149464_8739461320615107174_n1668409166.jpgचार वर्षअघि अर्जेन्टिनाको प्रशिक्षण सम्हाल्दा लियोनल स्कालोनी सफल हुनेछन् भनेर निकै कम समर्थकको मात्र विश्वास थियो । 

प्रशिक्षण क्षेत्रमा पर्याप्त अनुभव नबटुल्दै स्कालोनी अर्जेन्टिनाको प्रशिक्षकमा नियुक्त भएका थिए ।  उनले त्यसअघि मायोर्काको युवा टिम सम्हालेका थिए ।

जर्ज साम्पाओलीले सेभियाको प्रशिक्षण सम्हाल्दा स्कालोनी सहायक प्रशिक्षक थिए ।  त्यसपछि उनले सोझै अर्जेन्टिनाको जिम्मेवारी सम्हालेका हुन् ।

स्कालोनीको प्रशिक्षणमा अर्जेन्टिना २८ वर्षपछि उपाधि जित्यो ।  र, गत जुनमा युरोपियन च्याम्पियन इटालीलाई वेम्बली रंगशालामा ३–० ले हराउँदै ‘फिनालिसा’को पनि उपाधि उचाल्यो । 

स्कालोनीले टिमका नयाँ प्रतिभालाई मौका दिए । 

गोलकिपर इमिलियानो मार्टिनेज, रक्षक क्रिस्टियन रोमेरो र मिडफिल्डमा लिएन्ड्रो पाराडेज र रोड्रिगो डी पाउल जस्ता प्रतिभालाई स्कालोनीले विश्व माझ चर्चित गराए । 

उनले यी युवा खेलाडीलाई मेसी, निकोलस ओटामेन्डी र एन्जेल डी मारियाजस्ता अनुभवि खेलाडी एकिकृत बनाए ।
४४ वर्षीय स्कालोनीले अर्जेन्टिनाको टिममा ‘मेसी निर्भरता’ पनि हटाए । 

अहिले अर्जेन्टिनाको टिम मैदानभित्र र बाहिर रहँदा पनि एकजुट देखिन्छ ।  यसको बलियो उदाहरण, अर्जेन्टिनाले सन् २०२० को सुरुआतदेखि हालसम्म हार बेहोरेको छैन ।

“आज विश्व फुटबलमा ७० देखी ८० प्रतिशत बल पोजिशन राख्ने कुनै पनि टिम छैनन्........ । कुनै बेला यस्तो समय पनि आउँछ जहाँ टिम पछि हट्नुपर्छ, काम गर्नुपर्छ । र पनि टिम कठिन समयमा भएको महसुस हुन्छ,” अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भन्छन्, “यस टिमको राम्रो पक्ष भनेको उनीहरूलाई खराब परिस्थितबाट कसरी गुज्रनुपर्छ भन्ने राम्रो ज्ञान छ ।”

स्टार

308464334_614765433356461_8032471121302390531_n1668409166.jpgअझै पनि विश्वकप जित्नु मेसीको प्रमुख लक्ष्य हो । र यो विश्वकप जित्नु अर्जेन्टिनाका लागि अझ विशेष बन्न सक्नेछ । 

कारण सन् २०२० मा ६० वर्षको उमेरमा निधन भएका अर्जेन्टिनाका सर्वकालीन महान खेलाडी डियागो म्याराडोनाप्रति सबैभन्दा उच्च श्रद्धाञ्जली बन्नसक्छ ।

“म अहिले राष्ट्रिय टिमबाट खेल्दाको हरेक पलमा रमाइरहेको छु । राष्ट्रिय टिमसँग मेरो असाधारण पलहरु छन् । तर, हामीले लगातार तीन फाइनलमा हार बेहोर्यौं । अनि त्यसपछि सुरु भयो आलोचना,” सन् २०१४ को विश्वकप फाइनल तथा २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनलमा लगातार हार्दाको क्षण सम्झदैं मेसीले भने, “त्यसकारण राष्ट्रिय टिमबाट केही जित्नु हामी सबैका लािग प्रमुख लक्ष्य बनेको थियो । त्यसो हुन नसक्दा मलाई फाइनलमा हार्ने खेलाडीको ट्याग लाग्ने थियो ।”

सातपटक बालोन डी’अर अवार्ड जितेका मेसी डी पाउल, पाराडेज र जियोभानी लो सेल्सोसँगै खेल्नेछन् । 

यी तीनै खेलाडीले करियरको सुरुआतमा मेसीकै पोजिसनमा खेल्ने गरेका थिए ।  त्यसकारण पनि मेसीलाई मिडफिल्ड र पेनाल्टी क्षेत्रमा मौका सिर्जना गर्नुपर्ने दबाबपूर्ण अवस्थाबाट मुक्त गराउने देखिन्छ । 

मेसी अर्जेन्टिनाबाट सबैभन्दा धेरै खेल खेल्ने र गोल गर्ने खेलाडी हुन् ।  उनले अर्जेन्टिनाबाट १६५ खेलमा ९० गोल गरिसकेका छन् । मेसीले त्यसमध्ये २५ गोल त स्कालोनीको प्रशिक्षणमा गरेका छन् ।

शंका

एट्लेटिको मड्रिडका डी पाउलसहित राष्ट्रिय टिमको पहिलो रोजाईमा निरन्तर रहने केही खेलाडी अहिले आफ्नो स्वभाविक लयमा देखिएका छैनन् । 

रोमेरो र लो सेल्सोजस्ता प्रमुख खेलाडीलाई चोटले सताएको छ ।  यदी मेसी र लौटारो मार्टिनेज घाइते वा मैदानमा जम्न सकेनन् भने अर्जेन्टिनालाई गोलका लागि डी मारिया, र निकोलस गोन्जालेस जस्ता खेलाडीमा पूर्ण निर्भर रहनु पर्ने हुनसक्छ ।

प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९  १२:३७
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल