site stats
विश्वकपका लागि मोड्रिचको कप्तानीमा क्रोएसियाको टिम
विश्वकपका लागि मोड्रिचको कप्तानीमा क्रोएसियाको टिम

काठमाडौं । रियाल मड्रिडका मिडफिल्डर लुका मोड्रिचको कप्तानीमा साविक उपविजेता क्रोएसियाले कतार विश्वकप खेल्ने टोलीको घोषणा भएको छ । ३७ वर्षीय मोड्रिचको यो चौथो विश्वकप हो । उनले यसअघि २००६, २०१४ र २०१८ को विश्वकपमा क्रोएसियाको प्रतिनिधित्व गरेका थिए । २०१८ को विश्वकपको फाइनल पुगेको क्रोएसिया फ्रान्ससँग ४–२ ले पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो । विश्वकपमा यो नै क्रोएसियाको अहिलेसम्मकै उत्कृष्ट नतिजा हो ।

क्रोएसियाले विश्वकपका लागि घोषणा गरेको २६ सदस्यीय टिममा टोटनहमका इभान पेरिसिच र चेल्सीका मिडफिल्डर माटेओ कोभासिच पनि समेटिएका छन् ।

जाल्ट्को डालिचको प्रशिक्षणमा रहेको क्रोएसिया कतार विश्वकपको समूह ‘एफ’ मा छ । यो समूहमा क्रोएसियासँगै बेल्जियम, मोरोक्को र क्यानडा छन् ।

 

 

क्रोएसियाको टिमः
गोलकिपरः डोमिन्क लिभाकोभिच (डाइनामो जग्रेब), इभिका इभुसिच (एनके सिजेक), इभो ग्रभिच (एट्लेटिको मड्रिड)

रक्षक : डोमागोज भिडा (एइके एथेन्स), डेजान लोभ्रान (जेनिथ सेन्ट पिटर्सबर्ग), ब्रोना ब्यारिसिच (रेन्जर्स), जोसिप जुरानोभिच (सेल्टिक), जोस्को जिभागिएलो (आरबी लाइपजिग), बोर्ना सोसा (भिएफबी स्टुटगार्ट), जोसिप स्टानिसिच (बायर्न म्युनिख), मार्टिन एर्लिच (सासौलो), जोसिप सुटालो (डाइनोभ जग्रेब)

 

मिडफिल्डरः लुका मोड्रिच (केएल राहुन), माटेओ कोभासिच (चेल्सी), मार्सेलो ब्रोचोभिच (इन्टर मिलान), मारियो पासालिच (एटलान्टा), निकोलो भ्लासिच (टोरिनो), लोभ्रो माजेर (रेनेस), क्रिस्टिजन जाकिच (आइट्राच्ट फ्रयांकफर्ट), लुका सुसिच (आरबी साल्जबर्ग)

फरवार्डः इभान पेरिसिच (टोटनहम), एन्ड्रेज क्रामारिच (१८९९ हफहेम), ब्रुनो पेट्कोभिच (डाइनामो जग्रेब), मिस्लाभ आर्सिच (डाइनामो जग्रेब), एन्ट बुडीमीर (ओसासुना), मार्को लिभाजा (हाज्डुक स्पिट)

प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल