site stats
फिफा विश्वकप २०२२ : जोए एलनलाई समेट्दै वेल्सको टोली घोषणा
फिफा विश्वकप २०२२ : जोए एलनलाई समेट्दै वेल्सको टोली घोषणा

काठमाडौं । चोटका बावजुद मिडफिल्डर जोए एलनलाई समेट्दै वेल्सले कतार विश्वकप– २०२२ का लागि २६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ । स्वान्सी सिटीले हल सिटीमाथि ३–० ले पराजित गर्दा एलनको ह्याम्सस्ट्रिङमा चोट लागेको थियो ।

६४ वर्षपछि विश्वकप खेल्न गइरहेको वेल्सले ग्यारेथ बेलको कप्तानीमा विश्वकपका लागि टिमको घोषणा गरेको छ । रोवर्ट पेजको प्रशिक्षणमा रहेको वेल्स २० नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकपको समूह ‘बी’ मा छ । 

यो समूहमा वेल्ससँगै अमेरिका, इङ्ल्यान्ड, र इरान छन् । वेल्सले नोभेम्बर २१ मा अमेरिकासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

 

 

वेल्सको टिम
गोलकिपरः वाइन हेनेसेसी (नटिंघम फरेस्ट), ड्यानी वार्ड (लेस्टर सिटी), एडम ड्याभिएस (स्टोक सिटी)

 

रक्षक: नेको विलियम्स (नटिंघम फरेस्ट), वेन ड्याभिएस (टोटनहम), बेन काबांगो (स्वान्सी सिटी), जोए रोडोन (रेनेस), क्रिस मेफाम (बर्नमाउथ), इथन एम्पाडु (स्पेजिया), क्रिस गन्टर (एफसी विम्वल्डन), कोनोर रोवर्टस (वनर््ली), टम लकयर (लुटन टाउन)

मिडफिल्डरः आरोन राम्से (निस), जोए एलन (स्वान्सी सिटी), ह्यारी विल्सन (फुलहम), जोए मोरेल (पोर्टसमाउथ), ड्यालन लेविट (डुन्डी युनाइटेड), रुविन कोल्विल (कार्टिफ सिटी), जोन्नी विलियम्स (स्वीन्डन टाउन), म्याथ्यु स्मिथ (मिल्टन डन्स), सर्बा थोमस (हडर्सफिल्ड टाउन)

फरवार्डः ग्यारेथ बेल (लस एन्जलस एफसी), डान जोम्स (फुलहम), किफर मुरे (बर्नमाउथ), मार्क ह्यारिस (कार्डिफ सिटी), ब्रेनान जोन्सन (नटिंघम फरेस्ट)

प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल