site stats
फिफा विश्वकप २०२२ : अमेरिकाको विश्वकप टिम घोषणा
फिफा विश्वकप २०२२ : अमेरिकाको विश्वकप टिम घोषणा

काठमाडौं । अमेरिकाका मुख्य प्रशिक्षक ग्रेग बेर्हाल्टरले कतारमा आयोजना हुने फिफा विश्वकपका लागि २६ सदस्सीय टिमको घोषणा गरेका छन् । चेल्सीका क्रिस्टियन पुलिसिक, युभेन्टसका वेस्टन म्याकेनी, लिड्स युनाइटेडका ब्रेन्डन आरोनसन टिममा अटाएका छन् । एसी मिलानका सर्जियो डेष्ट पनि टिममा परेका छन् । म्यानचेस्टर सिटीका गोलकिपर ज्याक स्टेफन भने बेर्हाल्टरको टिममा अटाएका छैनन् । 

१९ वर्षे फरवार्ड रिकार्डो पेपी टिममा छैनन् । त्यस्तै पाउल एरिओला र जोर्डन पेफोक पनि टिम आटाएनन् । 

 

 

“यो टिम छनोट गर्ने काम सदैव कठिन हुन्छ । यस टिमलाई यहाँसम्म पुर्याउन योगदान गर्ने सबैलाई सम्मान गर्न चाहन्छौँ,” अमेरिकाका प्रशिक्षक बेर्हाल्टरले भने, “मलाई विश्वास छ, यो प्रतिभावान खेलाडीले भरिएको टिम हो । र, चुनौतीको सामना गर्न तयार छ ।”

अमेरिका २०१८ को विश्वकपमा छनोट हुन असफल भएको थियो । २०१४ मा विश्वकपमा खेलेका डिआन्द्रे यड्लिन मात्र यस पटकको टिममा परेका छन् । बाँकी सबै नयाँ अनुहार छन् । अमेरिका समूह ‘बी’मा परेको छ । समूह ‘बी’मा अमेरिकाले वेल्स, इङ्ल्यान्ड र इरानविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

 

अमेरिकाको टिमः 
गोलकिपरः इथान होर्वाथ (लुटन टाउन), सेन जोन्सन (न्युयोर्क सिटी एफसी), म्याट टर्नर (आर्सनल)

रक्षापंक्तिः क्यामरून कार्टर–विकर्स (सेल्टिक), सर्जियो डेष्ट (एसी मिलान), आरोन लङ (न्युयोर्क रेड बुल्स), शाक्वेल मुरे (नाशभिल एससी), टिम रेम (फुलहम), एन्टोनी रोबिन्सन (फुलहम), जो स्केली (बोरुसिया मोन्चेनग्लाडबच), डीआन्द्रे यड्लिन (इन्टर मियामी), वाल्कर जीमरम्यान (नाशभिल एससी)

मिडफिल्डः ब्रेन्डन आरोनसन (लिड्स युनाइटेड), केलिन अकोस्टा (लस एन्जलस एफसी), टेलर एडम्स (लिड्स युनाइटेड), लुका डे ला टोरे (सेल्टा भिगो), वेस्टन म्याकेनी (युभेन्टस), युनुस मुसाह (भ्यालेन्सिया), क्रिस्टियन रोल्डन (सेटल साउन्डर्स)

फरवार्डः जेसस फेरेरा (एफसी ड्यालस), जोर्डन मोरिस (सेटल साउन्डर्स), क्रिस्टियन पुलिसिक (चेल्सी), जियोभानी रेना (बोरुसिया डर्टमन्ड), जोस सार्जेन्ट (नर्विच सिटी), टिम वेह (लिल), हाजी राइट (एन्टालएस्पर)

प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९  १२:२८
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल