site stats
चोटका बाबजुद भरान फ्रान्सको टिममा
चोटका बाबजुद भरान फ्रान्सको टिममा

काठमाडौं । म्यानचेस्टर युनाइटेडका रक्षक राफेल भरानचोटका बाबजुद पनि सविक विजेता फ्रान्सको विश्वकप टोलीमा पर्न सफल भएका छन् । 

२९ वर्षे सेन्टर ब्याक भारानको २२ अक्टोबरमा युनाइटेडबाट चेल्सीविरुद्ध खेल्दा खुट्टामा चोट लागेको थियो । उक्त खेलमा युनाइटेड चेल्सीसँग १–१ को बराबरीमा रोकिएको थियो । खुट्टामा चोट लागेपछि भरान आँसु झार्दै मैदानबाट बाहिरिएका थिए । 

टोटनहमका गोलकिपर ह्युगो लोरिसले आफ्नो चौथो विश्वकप खेल्ने भएका छन् । त्यस्तै बालोन डी’अर अवार्ड विजेता रियाल मड्रिडका फरवार्ड करिम बेन्जेमा र पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्ट्राइकर काइलियन एमबाप्पे पनि फ्रान्सको टोलीमा छन् । त्यस्तै एसी मिलानका अनुभवी फरवार्ड ओलिभर जिरौड पनि टिममा छन् । 

 

 

आर्सनलका विलियम सालिबा र लिभरपुलका इब्राहिमा कोनाटेलाई प्रशिक्षक डिडियर डेसच्याम्प्सले आफ्नो टिममा बोलाएका छन् । जारी विश्वकपमा २६ खेलाडी समावेश गर्न पाइन्छ । तर, फ्रान्सका प्रशिक्षक डेसच्याम्प्सले २५ खेलाडीको नाम मात्र सार्वजनिक गरेका छन् । 

समूह ‘डी’मा रहेको फ्रान्सले २२ नोभेम्बरमा अष्ट्रेलियाविरुद्ध खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ । समूह ‘डी’मा फ्रान्सले डेनमार्क र ट्युनिसियासँग पनि प्रतिस्पर्धा गर्नेछ । 

 

युभेन्टसका मिडफिल्डर पाउल पोग्बा, चेल्सीका एन’गोलो कान्टे र म्यानचेस्टर युनाइटेडका स्ट्राइकर एन्टोनी मार्सियाल भने चोटका कारण टिममा परेका छै्रनन् । 

फ्रान्सको टिमः
गोलकिपरः अल्फोन्स एरोला (वेस्ट ह्याम), ह्युगो लोरिस (टोटनहम), स्टिभ मन्डान्डा (रेनेस)

रक्षापंक्तिः लुकास हर्नान्डेज (बायर्न म्युनिख), थियो हर्नान्डेज (एसी मिलान), प्रेसनेल किम्पेम्बे (पीएसजी), इब्राहिमा कोनाटे (लिभरपुल), जुलेस कौन्डे (बार्सिलोना), बेन्जामिन पाभार्ड (बायर्न म्युनिख), विलियम सालिबा (आर्सनल), डायोट उपमेकानो (बायर्न म्युनिख), राफेल भरान (म्यानचेस्टर युनाइटेड)

मिडफिल्डः एडुआर्डो कामाभिङ्गा (रियाल मड्रिड), युसुफ फोफाना (मोनाको), माटेओ गुएन्डोजी (मार्से), एड्रिन राबियोट (युभेन्टस), ओरेलियन चाउमेनी (रियाल मड्रिड), जोर्डन भेरेटाउट (मार्से)

फरवार्डः करिम बेन्जेमा (रियाल मड्रिड), किंग्सले कोम्यान (बायर्न म्युनिख), औसमाने डेम्बेले (बार्सिलोना), ओलिभर जिरौड (एसी मिलान), एन्टोइन ग्रिजम्यान (एट्लेटिको मड्रिड), काइलियन एमबाप्पे (पीएसजी), क्रिस्टोफर एनकुन्कु (लाइपजिग)

प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९  १२:२६
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल