site stats
फिफा विश्वकप २०२२ : इरिक्सन डेनमार्कको टोलीमा समेटिएफिफा विश्वकप २०२२ : इरिक्सन डेनमार्कको टोलीमा समेटिए
फिफा विश्वकप २०२२ : इरिक्सन डेनमार्कको टोलीमा समेटिएफिफा विश्वकप २०२२ : इरिक्सन डेनमार्कको टोलीमा समेटिए

काठमाडौं । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर क्रिस्टियन इरिक्सन कतारमा हुने फिफा विश्वकप २०२२ का लागि डेनमार्कको प्रारम्भिक टोलीमा परेका छन् ।

३० वर्षीय इरिक्सन गत वर्ष सम्पन्न युरो २०२० मा फिनल्यान्डविरुद्ध खेलका क्रममा मैदानमै ढलेका थिए । मैदानमा उनको जीवन बचाउन प्राथमिक उपचार गरिएको थियो । उनलाई लगत्तै अस्पताल भर्ना गरिएको थियो ।

गएको जनवरीमा सम्पन्न युरो २०२२ मा इरिक्सनको ‘कार्डियक एरेस्ट’ भएको हो । टोटनहमका पूर्वमिडफिल्डर इरिक्सनको मुटुमा ‘इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) उपकरण (एक प्रकारको पेसमेकर) जडान गरिएको छ ।

डेनमार्कले प्रारम्भिक रूपमा २१ सदस्यीय टिमको घोषणा गरेको छ । विश्वकपमा योपटक २६ सदस्यीय टिम हुनेछ । बाँकी पाँच खेलाडी युरोपियन क्लब फुटबलको अन्तिम चरणका खेलपछि घोषणा गर्ने डेनमार्कले जनाएको छ ।

डेनमार्कले नोभेम्बर २२ मा ट्युनिसियाविरुद्धको खेलबाट विश्वकपको सुरुआत गर्नेछ । प्रतियोगिता नोभेम्बर २० मा सुरु हुनेछ । सहभागी सबै टिमले १३ नोभेम्बरभित्र टिमको अन्तिम सूची फिफामा बुझाउनुपर्नेछ ।

“धेरै चिजहरू हुन सक्छन्,’’ डेनमार्कका प्रशिक्षक कास्पर हजुल्मान्डले भने, “हाम्रा धेरै खेलाडीहरूको अझै दुई खेल बाँकी छन् । र, त्यसबाट धेरै कुरा परिवर्तन हुनसक्छ । बाँकी पाँच स्थानका लागि अझै १० देखि १२ खेलाडी प्रतिस्पर्धामा छन् ।’’

इरिक्सनले पार्केन रंगशालामा घरेलु समर्थकमाझ यो वर्ष हुने विश्वकपमा देशको लागि फेरि खेल्ने ‘एक लक्ष्य, एक सपना’ भएको बताएका थिए ।

आईसीडी राखिएका खेलाडीहरूले इटालियन सिरी ‘ए’मा खेल्न नसक्ने भएकाले इरिक्सनले इन्टर मिलानसँगको सम्झौता समयावधिअघि नै रद्द गरेका थिए । त्यसपछि उनले इंग्लिस प्रिमियर लिगको क्लब ब्रेन्टफोर्डसँग ६ महिनाको सम्झौता गरेका थिए ।

इरिक्सनले गएको मार्चमा नेदरल्यान्ड्सविरुद्ध मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेका थिए । उक्त खेलमा डेनमार्क ४–२ ले पराजित भएको थियो । इरिस्कन जारी सिजनको सुरुमै प्रिमियर लिगकै अर्को क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका थिए ।

इरिक्सनसँगै टोटनहमका मिडफिल्डर पियरे–इमिल होजबर्ग, लिड्स युनाइटेडका रक्षक रासमुस क्रिस्टेनसेन र ब्रेन्टफोर्डका म्याथियास जेनसेन पनि डेनमार्कको टिममा अटाएका छन् ।

समूह ‘डी’को पहिलो खेलमा ट्युनिसियाविरुद्ध खेलेपछि डेनमार्कले नोभेम्बर २६ मा साविक विजेता फ्रान्स र नोभेम्बर ३० मा अस्ट्रेलियाविरुद्ध खेल्नेछ ।

 

डेनमार्कको प्रारम्भिक टोली

गोलकिपर : कास्पर स्माइकल (नीस) र ओलिभर क्रिस्टेनसेन (हेर्था बर्लिन) ।

रक्षक : सिमोन केहर (एसी मिलान), योआकिम एन्डरसन (क्रिस्टल प्यालेस), योआकिम माहले (एटलान्टा), आन्द्रेस क्रिस्टेनसेन (बार्सिलोना), रासमुस क्रिस्टेनसेन (लिड्स), यन्स स्ट्राइगर लार्सन (ट्राब्जोन्सपोर), भिक्टर नेल्सन (गालाटासारे) र डेनियल वास (ब्रोन्डबाई) ।

मिडफिल्ड : थोमस डेलेनी (सेभिया), म्याथियास यन्सेन (ब्रेन्टफोर्ड), क्रिस्टियन इरिक्सन (म्यानचेस्टर युनाइटेड) र पियरे–इमिल होजबर्ग (टोटनहम) ।

फरवार्ड : एन्ड्रियास स्कोभ ओल्सेन (क्लब ब्रुग), जेस्पर लिन्डस्ट्रोम (इन्ट्राचट फ्रांकफर्ट), आन्र्देस कर्नेलियस (कोपेनहेगन), मार्टिन ब्रेथवेट (इस्पानियोल), कास्पर डोलबर्ग (सेभिया), मिकेल डम्सगार्ड (ब्रेन्टफोर्ड) र जोनास विन्ड (भिएफएल उल्फस्बर्ग) ।

प्रकाशित मिति:सोमबार, कात्तिक २८, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्
खेल तालिका र नतिजा
फाइनल
फाइनल
फाइनल
फाइनल
फाइनल